Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

मेडिकल कलेजले लिएकाे अतिरिक्त शुल्क फिर्ता गर्न उपभोक्ता मंचको माग

spot_img
spot_img

वीरगन्ज । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजमा एमबिबिएस १८ औ ब्याचका प्रथम वर्षका विद्यार्थी आन्दोलन र आन्दोलन माथि सिनियरको नाममा भईरहेको दमन प्रति उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति प्रदेश नं २ को गम्भिर ध्यानाकर्षणÔ भएको जनाएको छ ।

मञ्चका अध्यक्ष के.सी .लामिछानेले विज्ञप्ति जारी गर्दै सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ । तर, नेशनल मेडिकल कलेजले एमबीबीएस १८ औं ब्याचको पहिलो वर्षका विद्यार्थीबाट ५ देखि ७ लाखसम्म अतिरिक्त शुल्क उठाएको देखिएकोले कलेजले सरकारले तोकेको भन्दा बढी रकम असुल गरेर कानूनी राज्यको उपहास गरेको जनाएका छन् ।

कलेजले विभिन्न बहानामा थप पैसा असुल्दै गर्दा राज्य तमासा हेरेर बसेको जनाउदै कलेजले बिद्यार्थी र अभिभावकसँग अतिरिक्त शुल्क उठाउनु उपभोक्त हित संरक्षण ऐनको बर्खिलाप रहेको मञ्चले जनाएको छ । कलेजले मनोमानी गर्ने र राज्य मुकदर्शक बनिरहेको प्रति मंचको गम्भिर आपत्ती रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । मंचले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नु पर्ने र सरकारले तोके भन्दा बढी शुल्क लिएर गैरकानूनी काम गरेकोले कलेजलाई कानूनी कारवाही हुनु पर्ने मंचको माँग रहेको छ ।

कानुनी राज्यमा गैरकानुनी क्रियाकलाप गर्ने उपभोक्ता हित विपरित काम गर्ने जो कोहि दण्डको भागीदार बन्नुपर्छ भन्ने मञ्चले जोडदार माग गरेको छ ।

आन्दोलनमा उत्रिएका बिद्यार्थीमाथि कलेज ब्यवस्थापनको तर्फबाट धाक धम्की दिएर त्रासको वतावरण बनाउने काम अविलम्ब रोक्न र स्थानीय प्रशासनलाई बिद्यार्थीहरुको सम्पूर्ण सुरक्षाको ब्यवस्था मिलाउन बिज्ञप्ति मार्फत मंचले अपिल समेत गरेको छ ।

सरकारले तोके भन्दा बढी शुल्क तिर्न बाध्य बिद्यार्थी तथा अभिभावकलाई आफूले तिरेको बिल सहित उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति प्रदेश २ मा सम्पर्क गर्न अनुरोध पनि गरेको छ । कलेजले अतिरिक्त शुल्क लिएर अभिभावको ढाड सेक्ने कामलाई संस्थाले कानूनी मार्गको अवलम्बन गरेर चुनौती दिने र उपभोक्ता अधिकारको संरक्षणमा भूमिका खेल्ने कुरा बिज्ञप्तिमाल जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...