Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1067

अवैध घरेलु मदिरा नष्ट

वीरगंज, १८ पुस ।
जिल्ला प्रहरी कार्यालय, पर्साले बुधबार अवैध ७५ लिटर मदिरा नष्ट गरेको छ । प्रहरी चौकी परवानिपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार सांझ विभिन्न सवारी चेकजाँच गर्ने क्रममा वीरगंज महानगरपालिकाको वडा नं. २१, स्थित परवानीपुर चौकबाट मदिरा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएको अन्दाजी ७५ लिटर अवैध घरेलु मदिरा स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

पोखरिया नगरपालिकाको लमरिया र छिपहरमाई गाउँपालिकाकाे समभाैता खुला दिसामुक्त घोषणा

पर्सा : पोखरिया नगरपालिकाको वार्ड नं: २ लमरिया नगरपालिका को ८ औं खुल्ला दिसामुक्त घोषणा भएको छ । सोमबार एक भब्री कार्यक्रमका बिच खुल्ला दिसामुक्त वडा घोषणा तथा पूर्ण सरसफाई कार्यक्रमको शुभारम्भ भएको नगरपालिकाका आईटी अफिसर अरबिन्द दुबेले वताए ।

नगर प्रमुख दीप नारायण प्रसाद रौनियारले वडालाई खुल्ला दिसामुक्त घोषणा गर्दै साबुन पानीले हात धुई पुर्ण सरसफाइको सुभारम्भ गरेका थिए ।

नगर रौनियारको प्रमुख आथित्यमा भएको घोषणा सभामा नगर उप प्रमुख सलमा खातुन, प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, वार्ड अध्यक्ष सुरेन्द्र प्रसाद यादव, अजय कुमार , लक्ष्मण साह कानु, नन्द लाल प्रसाद, बंका राउत कुर्मी ज्यू, रामबाबु प्रसाद लगायतकाको सहभागिता रहेको थियो ।

यस्तै छिपहरमाई गाउँपालिकाको वडा नं. २ सम्भौता पनि खुल्ला दिसामुक्त घोषणा भएको छ । जिल्लाको ५६ औ खुल्ला दिसामुक्तको रुपमा साबिक गा.बि.स. समभौता खुल्ला दिसामुक्त घोषणा भएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले वताए । एक भब्य समाहरोहका बिच प्रदेश सांसद सिघासन कलवारले वडालाई खुल्ला दिसामुक्त घोषणा गरेका थिए ।

वीरगंजमा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम, धर्मेश वीरगंज आउँदै

वीरगंज : लामो अन्तरालपछी वीरगंजमा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हुन लागेको छ । शालिमारले प्रजेन्टस् गरेको धर्मेश लाईभ इन नेपाल कार्यक्रम वीरगंजमा आयोजना हुन लागेको आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ ।

सिटि डान्स एकेडेमी, सि आई ए पर्साको संयुक्त आयोजनामा समाजिक वातावरणमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम यही पौष २१ गते शनिवार वीरगंजको आदर्शनगर रंगशालामा आयोजना हुने कार्यक्रम संयोजक राजन रौनियारले जानकारी गराए ।

Dharmesh Live In nepal-kalikatimesकार्यक्रमका लागी भारत तथा अन्तराष्ट्रिय स्तरमा डान्सको माध्यमले ख्याती कमाएका भारतीय कलाकार धर्मेशको मुख्य आकर्षण रहने छ ।

कार्यक्रममा नेपालका डान्स प्लसमा टप ५ मा पर्न सफल ए स्क्वार चौधरी ब्रदर्श, यस्तै भ्वाईस अफ नेपालका विवेक परियार, मन्दिप खड्का, सदाम हुसेन, सुभम भुजेल र सिटि डान्स एकेडेमीका कलाकारहरुको बेजोड प्रस्तुती रहने संयोजक रौनियारले वताए ।

वीरगंजमा हालसम्म आयोजना भईरहेको कार्यक्रमहरु मध्ये यस कार्यक्रम पृथक किसिमले गरिने आयोजकको भनाई छ ।

अन्तराष्ट्रिय प्लेटफर्ममा अपनाईने सुरक्षाको चुनौति, दर्शक र भिआईपिको व्यवस्था समेत गरिएको आयोजक मध्येका सह संयोजक श्याम किसोरले बताए ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राईभेट सक्यूरीटी गार्ड सहित २ सय भन्दा बढी सुरक्षाकर्मीका साथै २५ वटा अत्याधुनिक सिसि क्यामरा जडान सहितको सुरक्षा प्रबन्ध मिलाएको आयोजकले जनाएको छ ।

अनाथ बालबालिकाहरुलाई सहयोग गर्न मनोरञ्जनात्मक कार्यक्रम

काठमाण्डौ : वेल विशेर्स नेपालको आयोजनामा अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले शनिबार काठमाण्डौमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा समाजको सहयोगमा भएको कार्यक्रममा विभिन्न रास्ट्रिय तथा स्थानीय कलाकारहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

prabhakr-kalikatimesकार्यक्रम संचालन संस्थाको प्रवक्ता निराजन कार्की गरेका थिए भने संस्थाकी सचिव आस्था गिरीले सहजीकरण गरेकि थिन । कार्यक्रममा नृत्य, स्टेन्ड अप कमेडी, कविता वाचन र गित प्रस्तुत गरिएको इन्जाला कार्कीले बताइन । कार्यक्रमको सहयोगी संस्थाहरुलाई र कलाकारहरुलाई आयोजक संस्थाका अध्यक्ष प्रभाकर साहले मायाको चिनो दिएर सम्मान गरेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै साहले अरु बाट सिधै सहयोग माग्नु भन्दा आफ्नो प्रतिभा देखाएर सहयोग लिएर अरुलाई सहयोग गर्नु नै आफुहरुको लक्ष्य रहेको बताए । संस्थाले ३ महिना पहिला पनि बानेश्वर स्थित नया नेपाल सहयोग केन्द्र अनाथालयमा पढाई लेखाईको सामग्री र खादय सामग्री सहयोग गरिसकेको छ ।

कार्यक्रममा इशान जोशी , सिर्जना रेसमी, प्रनेश गौतम, अशोक कृष्ण, प्रशान्त भट्टराई, आशिष गैरे,  जोस्ना नेम्बाङ, जेशन योन्जन र अमन जोशी लगायतका कलाकारहरुले प्रस्तुति दिएका थिए । कार्यक्रमबाट उठेको रकम ३ महिना अघि गरिएको बिभिन्न अनाथालयको सर्वेक्षणमा दैनिया अवस्था भएको अनाथालयको शिक्षा र अन्य सुधारको लागि प्रयोग गरिने आयोजक संस्थाको मनिष खड्काले जानकारी गराए ।

well-kalikatimes

रंगशालाको स्तर उन्नती गर्न मैले भन्दा पनि प्रदेश सरकारले गरेन : प्रदेश सांसद साह (भिडियो)

वीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउनु पर्ने माग गर्दै बनाइएको मानव साङ्लो सहभागि भएका प्रदेश सांसद राजेश्वर साहको भनाई । भिडियो : शम्भु कुमार सुमन

प्रादेशिक रंगशाला वीरगंजमा बनाउनु पर्ने माग गर्दै मानव साङ्लो

वीरगंज, १६ पुस ।
वीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक बनाउन माग गर्दै सोमबार मानव साङ्लो बनाइएको छ । नारायणी रंगशाला भित्र विहान ११ बजे देखी १२ बजे सम्म मानव साङ्लो बनाइएको हो । मानव साङ्लोमा प्रदेश सांसद सहित नेकपा, नेपाली कांग्रेस, राजपाका नेता, कार्यकर्ता, समाजिक अभियान्ता, विद्यार्थी, खेलाडीहरुको सहभागिता रहेको थियो ।

मानव साङ्लोमा सहभागि प्रदेश नं. २ का सांसद राजेश्वर साहले देश कै दोस्रो ठुलो नारायणी रंगशालालाई स्तर उन्नति लागि प्रदेश सभामा आफुले कुरा राख्दा पनि बेवास्ता गरिएको वताए । पर्सा कै मुख्य मन्त्री, बाराका मन्त्रीको उपस्थितीमा प्रदेश सभाको निति, तथा कार्यक्रममा रंगशालाको स्तर उन्नती गर्न आफुले माग गर्दा पनि बजेटमा नराखिएको वताए ।

देश कै दोस्रो ठुलो रंगशाला जसको स्तर उन्नतीको लागि डि.पि.आर. समेत तयार भइसके ता पनि प्रदेश सरकारले जनकपुरमा बनाउन निर्णय गरेको वताए । प्रादेशिक रंगशाला जनकपुरमा बनाउन निर्णय प्रदेश सरकारले गरि सके ता पनि प्रदेश सरकारको काम नभई केन्द्र सरकारको काम भन्दै भ्रम फैलाउन काम गरेको वताए । प्रादेशिक रंगशाला जसरी पनि वीरगंजमा हुनु पर्ने र त्यसको लागि आफुले प्रदेश सभामा पनि कुरा उठाउने वताए ।

प्रदेश सरकारले जनकपुरमा प्रादेशिक रंगशाला बनाउने गरेको निर्णयको विरोधमा मानव साङ्लो प्रदर्शन गरिएको नेकपाका नेता बिचारी यादवले वताए । प्रदेश सरकारले वीरगंज संग विभेद गर्दै रंगशाला जनकपुरमा बनाउन निर्णय गरेको पुर्व सांसद समेत रहेका नेता यादवको भनाई थियो ।

प्रादेशिक राजधानी संग संगै प्रादेशिक रंगशाला पनि जनकपुर मै बनाउने प्रदेश सरकारको तयारी वीरगंज संगको विभेद पूर्ण कार्य रहेको उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल केडियाले वताए ।

प्रादेशिक रंगशालाको लागि वीरगंज उपयुक्त ठाउँ भएकोले जसरी पनि वीरगंज नै हुनु पर्ने र त्यस कै लागि मानव साङ्लोमा आएको फुटबल खेलाडी कृष्ण साक्यले वताए ।

मानव साङ्लोमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पूर्व मन्त्री सुरेन्द्र चौधरी, राजपाका महासचिव राजेशमान सिंह, सह महासचिव नेजामुदिन समानी, नेकपा नेता प्रभु हजरा, बसरुदिन अंसारी, युवा नेता ओमप्रकाश सरार्फ लगायतकाको सहभागिता रहेको थियो ।

ट्राफिक प्रहरी कार्यालय पथलैयाको चालू आर्थीक वर्षको पाँच महीनामा ६५ प्रतिशतले राजश्व वृद्धि

वीरगंज,१६ पुस ।
प्रदेश नं २ स्थित ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालू आर्थीक वर्षको पाँच महीनामा ६५ प्रतिशतले राजश्व वृद्धि गरेको छ । बारा जिल्ला स्थित ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा रु ६ करोड ७१ लाख ५१ हजार ५०० राजश्व उढेको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

उहाले भन्नि बढी राजश्व क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ गाडीका सवारी साधनलाई कारवाही गरी रु २ करोड २२ लाख ६८ हजार राजश्व असुल गर्न सफल भएका हो । क्षमताभन्दा बढी सामान बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन, सवारी दुर्घटना न्यूनीकरण गर्न सक्रिय रहेकाले चालू आवको पाँच महीनामा ६५ प्रतिशतले राजश्व वृद्धि गरिएको हो ।

बढ्दो जनसङ्ख्या, सवारी साधनको चाप र सडक सञ्जालको अवस्था चुनौती पूर्ण रहेकाले ट्राफिक प्रहरी कार्यालय पथलैयाले क्षमताभन्दा बढी सामान बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन, सवारी दुर्घटना न्यूनीकरण गर्न सक्रिय रहेको जानकारी दिनु भयो । त्यसअनुरुप ट्राफिक जनशक्ति नभए पनि दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरी उपरीक्षक बज्राचार्यको बताएइन ।

निजि जग्गालाई भूमाफियाले किर्ते कागज बनाएर आफ्नो नाममा दर्ता गराए

करोडौं रुपैयाँ पर्ने निजि जग्गालाई भूमाफियाले किर्ते कागज बनाएर आफ्नो नाममा दर्ता गरे पछि न्याय खोज दै मगर किर्ते प्रमाण बनाएर निजि जग्गालाई निजी सम्पत्ति भन्दै भू  माफियाले दाबी गर्न थालेपछि ७५ बर्षिय शिब बलायो मगरले संचारकर्मीहरू संग सहयोग मागर्दै हिडेका बरहथवा नगरपालिका सलाँही ५ अन्तर्गत पर्ने १९ कट्ठा ११ धुर जग्गा सामन्ती रामबाबु श्रेष्ठले अतिक्रमण गरेर राखेको हूनाले हाल जिल्ला अदालत सलाँमा मुद्दा बिचाराधिन रहेको आफ्नो बेदना पोख्दै केही माफिया नापी विभागकै कर्मचारीको मिलेमतोमा जग्गालाई आफ्नो नाममा पार्न सफल भएको आरोप लगाएका छन् ।

जग्गाको लालपुर्जा मगरसँग सुरक्षित हुँदाहुँदै भू(माफिया ‘न्याय चाइयो’ भन्दै अदालत धाउन थालेका छन् ।

पर्सा प्रहरीद्वारा एक क्वीन्टल ६० किलोग्राम चरेश सहित ट्रक र चालक पक्राउ

वीरगंज, १६ पौष ।
पर्सा प्रहरीले ठुलो परीमाणमा लागु औषध चरेश सहित ट्रक पक्राउ गरेको छ । मकवानपुर मनहरीबाट वीरगंज तर्फ आउदै गरेको ट्रक सहित चालकलाई आईतबार साझँ ७ बजेको समयमा एक क्वीन्टल ६० किलोग्राम चरेश सहित प्रहरीले पक्राउ गरेको हो ।

परवानीपुर देखी मिलनचौक जाने सड्क खण्डबाट ना.४ ख २९८५ नम्बरको ट्रकमा चरेश फेला परेकोले नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । सुचनाको आधारमा खटेको प्रहरी टोलीले ठुलो परीमाणमा चरेश सहित ट्रक र चालकलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकालले वताए ।

track-kalikatimesट्रकको बडि कयाबिनको बिच भागमा फल्स बटम बनाई राखी वीरगंज तर्फ ल्याउदै गरेको लागु औषध चरेश सहित मकवानपुर हेटौडा उपमहानगरपालिका १२ पदमपोखरीका २९ बर्षिय सागर बललाई पक्राउ गरीएको प्रहरी उपरिक्षक ढकालले वताए ।

जिल्ला प्रहरी कार्यालय, पर्साले सोमबार विहान पत्रकार सम्मेलन गरी पक्राउ गरिएको ट्रक, चरेश र चालकलाई सार्वजनिक गर्दै थप अनुसन्धान भईरहेको जनाएको छ ।

स्थानिय तह प्रदेश मातहत हुनु पर्छ : उपेन्द्र यादव

वीरगंज, १५ पुस ।
केन्द्रले कानुन वनाएर प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्छ भन्ने सहमती भएको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वताएका छन । नेपालको भविषय नै संघिय प्रणालीमा निहित रहेको वताउदै यादवले यसलाई जति सफल बनाईन्छ त्यति नेपाल बलियो भएर जाने वताए ।

त्यसको लागि संविधान संसोधन जरुरी रहेको यादवले वताए । वीरगंजको भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उप प्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले प्रदेश सरकार मातहत स्थानिय तहलाई लैजानु पर्ने वताए ।

प्रदेश सरकारले निति बनाउने तर लागु गर्ने कहां ? त्यसलो लागि ईकाइ कहाँ त उसले कहाँ काम गर्ने त्यसको लागि नै प्रदेश सरकार मातहत स्थानिय तह हुनु पर्ने यादवको भनाई थियो । स्थानिय निकाय प्रादेशिक क्षेत्रा अधिकार भित्र पर्ने र प्रदेशलाई प्रादेशिक मामिलाको विषयहरुमा अधिकार सम्पन्न बनाउनु पर्ने वताए ।

प्रदेशको केन्द्र माथीको परनिर्वहतालाई कम गर्दै आत्म निर्भर बनाउनु पर्ने भादवको धारणा थियो । अहिले स्वास्थ्य निति नै खराब रहेको बताउदै यादवले स्वास्थय अवस्था सुधारको लागि नयाँ स्वास्थ्य निति बनाउनु पर्ने वताए । अधारभुत स्वास्थ्य सेवा निशुल्क दिनु पर्ने र त्यसको लागि नयाँ निति बनाउने तयारीमा आफु रहेको वताए ।

उनले नरायणी उपक्षेत्रिय अस्पताललाई टरसरी अस्पताल अस्पताल बनाइने र जनकपुरमा प्रदेश स्तरको अस्पताल बनाइने वताए । संघिय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं. १ का सांसद प्रदिप यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीको समेत उपस्थिती रहेको थियो ।