Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेवि संघद्वारा बढी शुल्क अशुल गर्ने गुरुकुल एकेडेमीमा तालाबन्दी

spot_img
spot_img

वीरगंज । नेपाल विद्यार्थी संघ पर्साले वीरगंजस्थित् गुरुकुल एकेडमीको प्रशासन शाखामा तालाबन्दी गरेको छ । विद्यालय प्रशासनले विद्यार्थीहरु संग निर्धारित शुल्क भन्दा बढि रकम असुल गरेको बिरोधमा तालाबन्दी गरिएको नेवि संघका नेता विवेक कलवारले वताए ।

वीरगंज महानगरपालिका वडा नं. १३ स्थित गुरुकुल एकेडमीले विद्यालयमा अध्यनरत कक्षा ९ र १० कक्षाका विद्यार्थीहरु संग परिक्षा आबेदन फारमका लागी परिक्षा बोर्डले तोकेको शुल्क भन्दा ३ गुणा बढि रकम असुस्ली गरेको, बैशाख देखि चैत सम्मको शिक्षण शुल्क, यातायात र अन्य शुल्क एकै पटक तिराउन लगाएको पाईएको छ ।

नेवि संघले केहि दिन अगाडी जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिका कार्यालयको शिक्षा शाखालाई विद्यालय माथि आवश्यक कारवाही गरि अतिरिक्त शुल्क फिर्ता गराउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएको थियो । संघको मागलाई वास्ता नगरे पछि बाध्य भएर तालाबन्दी गरिएको नेता कलवारले वताए ।

नेवि संघका नेता विकेश पटेलको नेतृत्वमा विद्यार्थी नेता प्रसान्त सिंह, प्रकाश रौनियार, दिपक पटेल(माया), मोनाजिर आलम, विशाल पटेल, बिबेक कलवार लगायतकाले तालाबन्दी गरेका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...