Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

प्लाष्टिक नियन्त्रण घाेषणा कार्यान्वयन गर्न महानगरलाई स्मरणपत्र

spot_img
spot_img

वीरगञ्ज । “हाम्रो वीरगञ्ज राम्रो वीरगञ्ज अभियान” मा आवद्ध अभियन्ताहरुले नगर प्रमुख सरावगीलाई स्मरणपत्र बुझाएका छन । “प्लाष्टिक नियन्त्रण र हर्न निषेध” क्षेत्र घोषणा गरेर कार्यान्वयन नगरेको भन्दै सरोकारवालाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई भेटेर स्मरणपत्र बुझाएका हुन।

अभियानले वीरगञ्जमा प्लाष्टिक झोलाको सट्टा कागज र कपडाको झोला प्रयोग र पुनः प्रयोग गर्न आग्रह गर्दैै आएको छ ।

स्मरण पत्रमा घोषणाको दिन फोहोर र कोलाहलबाट वीरगञ्जलाई मुक्ति दिन जथाभावी फोहोर फाल्ने र हर्न बजाउनेलाई सुरुमा कम्तीमा ५ हजार जरीवाना गर्ने र त्यसपश्चात सो रकमलाई बढाउँदै १ लाखसम्म लग्ने, साथै वीरगञ्ज महानगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधा रोक्नेसम्मको चेतावनी दिएर किन कार्यान्वयन नगरेको भनी प्रश्न गरिएको छ ।

बोर्ड बैठकले कसको लहडका कारण यस्तो निर्णय गरेको हो ? निर्णय गरेपछि घोषणा गर्दासम्मको बाँकी समयमा पूर्व तयारी किन गरिएन ? घोषणापछि त्यसको कार्यान्वयनलाई किन प्रभावकारी बनाउने प्रयास गरिएन ? जनसरोकारको यत्रो बिषयमा महानगर हल्का बन्न पाइन्छ ? नागरिक सरोकारका बिषयमा गरिएको निर्णयहरु पालना नगर्ने हो भने नागरिकको लागि अरु के काम हुन्छ र ? बोली दिने त्यो अनुसारको ब्यवहार नगर्ने गर्न पाइन्छ र ? भन्ने जस्ता प्रश्नहरु स्मरण पत्रमा उल्लेख छन ।

घोषणा भएको एक सातासम्म जनचेतना मुलक कार्यक्रम गर्ने, त्यसपछि दण्ड जरीवाना गर्ने घोषणा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले गरेका थिए । तर घोषणा भएको ११ महिना बित्दापनि घोषणा मै सीमित रहेकोले स्मरण पत्र बुझाइएको अभियानका संयोजक केसी लामिछानेले बताउनु भयो।

‘प्लाष्टिक जीवनको अभिन्न वस्तु भइसकेको छ, यसको उपयोग र उपभोग शून्य भन्न निकै कठिन छ । तर उपयोग र उपभोगपछि त्यसको उचित ब्यवस्थापन हुनुपर्छ,’ लामिछानेले भने, ‘हामीले प्लाष्टिकको झोला प्रयोग नगर्ने प्रतिवद्धता मात्रै होइन, पालना गरेका छौं । तर महानगरपालिका यस विषयमा जिम्मेवार देखिएन, त्यसैले स्मरणपत्र बुझाएका हौं । ’

फोहोर व्यवस्थानका लागि टोल समिति गठन गर्ने, प्रहरी समेत परिचालन गर्ने, उनीहरुलाई नै जरीवाना गर्ने अधिकारसहित रसिद दिने र असुली भएको जरिवानाको ३० प्रतिशत दिने निर्णय बोर्डले गरिसकेको महानगर प्रमुख बिजय सरावगीको भनाइ छ ।

पूर्व तयारी विना घोषणा भएको र कार्यान्वयनका लागि कर्मचारीको साथ नपाएको उहाँले बताउनु भयो । ‘तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालको पालामा घोषणा भयो, त्यसपछि उहाँको सरुवा भयो । कार्यान्वयनका लागि विद्यमान कर्मचारीको सपोर्ट भएन र नगर प्रहरी लगायत आवश्यक कर्मचारी नियुक्त गर्न पाएको छैन, महानगर प्रमुख सरावगीले भन्नु भयो संघ सरकारले पनि आवश्यक कर्मचारी पठाएको छैन । त्यसैले घोषणा कार्यान्वयनमा ल्याउन सकेको छैन ।’

स्मरणपत्र बुझाउन हाम्राे वीरगंज राम्राे वीरगंज अभियानका अधिवक्ता कमल माेहन पाेखरेल, युवा नेता राकेश यादव, अभियान्ता शिवनाथ यादव, जय नारायणा चाैधरी, राजन श्रीवास्तव, संचारकर्मी सुरेश विडारी लगायतका वीरगंज महानगरपालिकाकाे कार्यालय पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...