Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1066

विपद व्यपस्थापन बारे गैससहरु संग प्रजिअ भट्टाराईको छलफल

वीरगंज, २० पुस ।
पर्साका क्रियाशिल गैर सरकारी संस्थाहरु संग पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई बिहिबार विपद व्यवस्थापन सम्बन्धमा छलफल गर्नु भएको छ । गैसस महासंघ नेपाल पर्साको समन्वयमा जिल्ला प्रशासन कार्यालय, पर्सामा गैर सरकारी संस्थाहरुको बैठक बोलाई जिल्ला विपद व्यवस्थापनन समितिका अध्यक्ष समेत रहेको प्रजिअ भट्टाराई छलफल गर्नु भएको हो ।

बैठकमा बौल्दै प्रजिअ भट्टाराईले शितलहर सुरु हुनु भन्दा पहिला नै सजक गराउन हिसाबले भोली देखी नै काममा लाग्न बैठकमा सहभागि गैर सरकारी संस्थाका पदाधिकारीहरुलाई आग्रह समेत गर्नु भयो । प्रजिअ भट्टाराईले विपद व्यवस्थापनको लागि सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्ने र शितलहरको बारेमा सजक गराउनुको साथै सुचना प्रवाहमा सहयोग गर्नु पर्ने बताउनु भयो ।

बैठकमा सहभागि गैर सरकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुलाई संग संगै मिलेर काम गर्नु पर्ने बताउदै भट्टाराईले कहि कतै विपदको घटना भए सुचना प्रवाह समेत गर्नु पर्ने बताउनु भयो ।

bipad bewsthapan 2-kalikatimesबैठकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेम द्धवज साह, गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, रितेश त्रिपाठी, तबरेज अहमम्द, इब्राहिम देवान, सुरज पण्डित लगायतकाको उपस्थिती रहेको थियो ।

साईबर अपराध र अनुसन्धान सम्बन्धित पटेर्वासुगौलीमा प्रशिक्षण

मेघराज राय \जिराभवानी, १९ पुस  ।

पर्साको पटेर्वासुगौली गाउँपालिकाको वार्ड नंबर २ मा बिहिबार साईबर अपराध र अनुसन्धान सम्बन्धित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ  । पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा र  जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालको प्रमुख  आतिथ्यमा सम्पन्न भएको हो ।

मोबाइलबाट हुने साईबर क्राइम र अपराध नियन्त्रण कसरी गर्ने मुल उद्देश्य लिएर सो कार्यक्रम भएको पटेर्वासुगौली गाउँपालिका वार्ड नंबर २ का वार्ड अध्यक्ष बिजय गैरेले वताए । कार्यक्रममा स्वागत मन्तव्य पटेर्वासुगौली गाउँपालिकाकी उपप्रमुख ममता महतोले गरेकी थिइन ।

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, उपाध्यक्ष शान्तिमाया थिङ्ग, पोखरिया नगरपालिकाकी  उपमेयर शलमा खातुन, सखुवाप्रसौनी गाउँपालिकाका उपप्रमुख फुलमती देबी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख आशिष अधिकारी, पटेर्वासुगौली गाउँपालिकाका पाचै वार्डका वार्ड अध्यक्ष,  स्थानीय भद्रभलादमी युवा, स्थानीय पत्रकार लगायतको  उपस्थित रहेको  थियो  ।

वीरगंज महानगरपािलकाको कामकाज ठप्प पारी कर्मचारीहरु आन्दोलनमा

वीरगंज, १९ पुस ।

वीरगन्ज महानगरपालिका कर्मचारी बिहीबारदेखि कामकाज ठप्प पारेर अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् । कर्मचारी आन्दोलनमा उत्रिएका कारण बिहीबारदेखि महानगरपालिकाको काम ठप्प भएको छ । कर्मचारीको अनिश्चितकालिन आन्दोलनका कारण महानगरपालिकामा वारुण यन्त्र शाखाको काम बाहेक महानगरको फोहोर संकलन, कार्यालयका प्रशासनिक लगायतका सबै कामकाज ठप्प भएको हो ।

स्थानीय तह कर्मचारी संघ नेपाल वीरगन्ज महानगरपालिका इकाइ र नेपाल नगरपालिका कर्मचारी एशोसिएसन वीरगन्ज महानगरपालिका इकाइ समितिको आह्वानमा महानगरपालिकामा अस्थायी, करार र ज्यालादारी गरी कार्यरत कर्मचारी कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।

अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीको वृतिविकास र बढुवा हुनुपर्ने, तहगत दरबन्दी लागू गर्नु पर्ने लगायतका माग आन्दोलनरत कर्मचारीको छ।

आफ्ना मागका बारेमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशाकीय अधिकृतलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीय तह कर्मचारी संघ नेपाल वीरगन्ज  इकाइ समितिका अध्यक्ष मुकेश गुप्ताले बताए ।

जगरनाथपुरमा निःशुल्क आँखा शिविर सम्पन्न

वीरगंज, १९ पुस ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. ३, बिजवनियामा बिहिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्री रामजानकी स्कूलमा भएको शिविरमा ३ सय ५५ जनाको आँखा परिक्षण गरिएको आयोजक संस्था दाइजो एंव समाजिक कुरिति बिरुद्धको जागरण मंच, पर्साका अध्यक्ष बृजेशवर प्रसाद चौधरीले वताए ।

जस मध्ये ६२ जनामा मोतियाबिंद फेला परेको चौधरीले जानकारी गराए । दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा दाइजो एंव समाजिक कुरिति बिरुद्धको जागरण मंचले शिविरको आयोजना गरेको थियो । वडाध्यक्ष रामनगिना यादवको अध्यक्षतामा भएको शिविरको उदघाटन जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ आफ्नो आँखा परिक्षण गराएर गरेका थिए ।

शिविरको उदघाटन समाहरोहमा सहरुम राउत गद्दी, कृष्ण मोहन प्रसाद यादव, महम्मद सामी आन्सारी, रामशकिल प्रसाद साह, अजय यादव, सालिम राउत, सिंहासन यादव, राजु चौधरी लगायतकाको सहभागिता रहेको थियो । डा. अरविन्द गुप्ता नेतृत्वको चिकित्सकहरुले आँखा परिक्षण गरेका थिए भने ८५ जनालाई निःशुल्क ड्रप समेत वितरण गरिएको अध्यक्ष चौधरीले वताए ।

फेरि घट्यो इन्धनको मूल्य

काठमाडौं , १८ पुस /

इन्धनको मूल्य फेरि घटेको छ । नेपााल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपेयाँ घटाएको हो ।

अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।

निगमकाअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा छ ।साभार-अनलाईन खबर

दलित विद्यार्थी सहित अभिभावकहरुलाई न्यानो कपडा

पर्सा, १८ पुस ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा न.-३ सोलकपुरमा रहेको दलित मुक्ति प्राथमिक विधालयमा जाडोको लागि न्यानो लुगा वितरण गरिएको छ । दलित अधिकार समाज, पर्सा, नेपालको आयोजना र बाल हित सेवा समाज काठमाडौको सहयोगमा दलित बालबालिकालाई स्विटर, टाउजर, टोपी जस्ता लुगा वितरण गरिको दलित समाजिक अभियान्ता शिक्षक मनोज रामले वताए ।

दलित बालबालिकाको शिक्षामा पहुँच अभियान अन्तर्गत न्यानो कपडा वितरण गरिएको रामले जानकारी गराए । विद्यालयको बाल बिकास केन्द्र , कक्षा १,२,३,४,५ का ९९ दलित विद्यार्थी र तिनीहरुको अभिभावकहरुलाई न्यानो कपडा वितरण गरिएको उनले जानकारी गराए । दलित बालबालिकाको शिक्षामा पहुँच हुनको लागि सहयोग , दान मागेर पनि पर्सा जिल्लाभरको दलित बालबालिकाहरुलाई सहयोग गरिने रामले वताए ।

दलित समुदायको मुक्तिको लागि दलितको शिक्षामा पहुँच हुनु पर्ने सहयोगी दाता बिपि खनालले बताए । विद्यालयका प्र.अ. राधेश्याम रामले सहयोगि दातालाई धन्यवाद दिनुको साथै आगामी दिनमा यो विद्यालयको सुधार र दलितको शिक्षामा पहुँचको लागि सहयोग गर्न अनुरोध गरे।

जिराभवानीको गहु बारीमा फेला परेको शव विनोद माझीको रहेको पुष्टी

वीरगंज, १८ पुस ।
पर्साको जिराभवानी गाउँपालिकाको वडा नं. ३, जितपुर स्थित गहु बारीमा बुधबार फेला परेको शवको पहिचान भएको छ । फेला परेको शव जिराभवानी गाउँपालिकाको वडा नं. २, सेढवाको मुसहर बस्ती घर भएका अन्दाजी ३० बर्षिय विनोद माझीको रहेको प्रहरीले जनाएको छ ।

बुधबार विहान ९ः४५ बजेको समयमा स्थानियहरु माझीलाई अचेत अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए । माझीलाई उपचारको लागि नारायणी उप–क्षेत्रिय अस्पतालमा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । शव पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।

विपन्न समुदायका मmाझी हुन रहेको र चिसोका कारण मृत्यु भएको हुन सकने स्थानियहरुको अनुमान रहेको छ । घटना बारे अनुसन्धान भइरहेको र पोष्टमार्टम पछि मात्र केही भन्न सकिने प्रहरी जनाएको छ ।

पर्साको जिराभवानीमा बेवारिसे अवस्थामा शव फेला, मृतकको पहिचान हुन सकेन

वीरगंज, १८ पुस ।
पर्साको जिराभवानी गाउँपालिकाको वडा नं. ३, जितपुर स्थित गहु बारीमा एक युवकको शव फेला परेको छ । बुधबार विहान ९ः४५ बजेको समयमा फेला परेको शवको नाम, थर र वतन नखुलेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले वताए ।

अन्दाजी ३०÷३२ बर्षको प्ुरुष ब्यक्ति बेहोस अवस्थामा फेला परेको र उपचारको लागि नारायणी उप–क्षेत्रिय अस्पतालमा ल्याउदै बाटोमा नै मृत्यु भएको र लास अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

निज मृतक ब्यक्तिलाई चिन्नु हुनेलाई निजको आफन्त तथा जिल्ला प्रहरी कार्यालय, पर्सामा जानकारी गराउन प्रहरीले अनुरोध समेत गरेको छ ।

अंग्रेजी नयाँ बर्षको अवसरमा बनभोज मनाउदै

पर्साको ग्रामिण भेगको कालिकामाई गाउँपालिकाको वडा नं. २, गदियानी स्थित गाउँ बाहिर बनभोजको तयारीमा छात्राहरु । तस्बिर : कालिका टाईम्स

यस बर्ष पनि प्रदेश नं २ मा धोति दिवस

कलैया, १८ पुस ।
विगत बर्ष झै यस बर्ष पनि बाराको कलैयामा धोति दिवस मनाइएको छ । पुस १७ गते पहाडमा टोपी दिवस मनाइएको दिन  २  नं. प्रदेशको बारामा धोति दिवस मनाइएको हो । बाराको सदरमुकाम कलैयामा मंगलबार धोति जलुश निकालिएको थियो ।

कलैया बजारको परिक्रममा पछि जुलुश मुख्य चौकमा पुगी कोण सभा गर्दै सम्पन्न भएको राजपा नेपाल, बाराका प्रवक्ता अरुण सिंहले जानकारी गराए । कोण सभालाई सम्बोधन गर्दै राजपाका केन्द्रिय सदस्य श्याम गुप्ताले धोतिको महत्वको बारेमा चर्चा गरेका थिए ।

राजपा नेपाल बाराका प्रवक्ता सिंहले मधेशको सान र पहिचान धोतिमा रहेको वताए । सिंहले सभामा वोल्दै सम्पुर्ण समुदायको संस्कृति र सम्बद्र्धन हुने गरी कानुनमा व्यस्था गर्नु पर्ने मांग समेत गरे । संस्कार गुमे भने संसार गुम्न सक्छ सिंहको धारणा थियो ।

धोति जलुशमा राजपा केन्द्रिय सदस्य मदन यादव, जिल्ला अध्यक्ष मंडलका सदस्य संतोष पटेल, जिल्ला सदस्य जितेन्द्र मण्डल, रमेश सास्त्री, नगर अध्यक्ष विनोद यादव, कुमार यादव, व्यवसायी मनिश बर्मा, गुदु सिंह, अरुण साह लगायतकाको सहभागिता रहेको थियो ।