Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

मेडिकल विद्यार्थीहरुले दिएको हातपातविरुद्धको उजुरी प्रहरीले दर्ता गर्न मानेन

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले आफुहरुमाथि हातपात गर्ने व्यक्तिलाई कारवाही गर्न मंगलवार  दिएको उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ।

पीडित  विद्यार्थी धनबहादुर तामाङको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको थियो। उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको जनाउँदै तामाङले भने,‘ हातपात गरेको भिडियो क्लिप देखाउँदासमेत उजुरी दर्ता गर्न मानेनन।’

कलेजको छात्रावासमा असुरक्षित महसुस भएपछि उजुरी दिन गएको उनले बताए। उजुरी दर्ता नगरी प्रहरीले  नेत्रविक्रम चन्दका छोराको उक्साहटमा लागेर उजुरी नगर्ने धम्काएको पीडित विद्यार्थीले जनाएका छन्।

कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने माग राख्दै आन्दोलनरत विद्यार्थीमाथि हातपात गरिएको हो। कलेजको गेट नम्बर–२ बाट प्रवेश गरेर केही व्यक्तिले हातपात गरेको दाबी विद्यार्थीले गरेका छन्। उनीहरुले ज्यान मार्ने धम्की दिएको पीडित विद्यार्थी तामाङले बताए। सभार : अन्पुर्णपोस्ट

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...