Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026

सरकार संंग प्रभु साहको प्रश्न : तराई मधेश क्षेत्रको विकासले गति लिन सकेन ?

spot_img
spot_img

बारा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले तराई मधेश क्षेत्रको विकासले गति लिन नसकेको गुनासो गरेका छन् ।

प्रदेश नम्बर २ अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि बाराको निजगढ स्थित सहिद हिरालाल रंगशालामा नेकपा प्रदेश नम्बर २ कमिटीद्वारा आज आयोजित वृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित उपस्थित अतिथिहरुमाथि प्रश्नको वर्षा गर्दै यस्तो गुनासो गरेका हुन् ।

निरंकुश शासन व्यवस्थाविरुद्ध लामो समय संघर्षमा बिताएको जनताको प्रतिनिधिको रुपमा आफू उपस्थित भएको बताउदै अध्यक्ष साहले प्रदेश नम्बर २ को विकास तथा समृद्धिका लागि सरकारले गरिरहेको कामको हिसाब किताब माग गरेका छन् ।

‘हामी पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेललगायत उपस्तिथ मन्त्रीज्युलाई सोध्न चाहन्छु कि यस प्रदेशको विकासको लागि हाम्रो पार्टी र पार्टी नेतृत्वको सरकारले के गर्दैछ ?’ अध्यक्ष साहले भने, ‘विकासको सम्भावनै सम्भावना भएको यस प्रदेशमा जारी राष्ट्रिय गौरवको आयोजनाहरुले किन गति लिन सकेको छैन ? हामी जवाफ चाहन्छौं ।’

नेकपा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री समेत रहेका अध्यक्ष साहले कार्यक्रममा सहभागि शिर्ष नेताहरुसंग यस्तो प्रश्न गरेपछि सहभागीहरुले ताली बजाउदै तथा हुटिङ गर्दै उपस्थित हजारौं प्रदेशवासीले समर्थन जनाएका थिए ।

एक राष्ट्रिय गौरवका आयोजना तथा राष्ट्रिय महत्वका कार्यक्रम र आयोजनाको नाम तोकेर अध्यक्ष साहले हिसाबकिताब खोजेका हुन् । उनको प्रश्न थियो, ‘फास्ट ट्र्याकमा हामी प्रदेशवासी कहिले यात्रा गर्ने, कुरा मात्रै सुन्ने कि पूरा पनि हुने हो म उपप्रधानमन्त्री ईश्वर पोखरललाई सोध्न चाहन्छु । दोस्रो अन्तर्राष्ट्रि विमानस्थलबाट हामी प्लेन चढने पनि हो कि कथा मात्र सुन्ने हो ? हुलाकी सडकलाई १२ मिटरमा खुम्च्याएर मधेश विकासको कस्तो सपना देखाउनुभएको हो हामीले बुझ्न सकेका छैनौं । कम्तिमा ५० मिटर सडकसीमामा निर्माण गर्ने होइन भने हुलाकी सडक बनाउनुको के नै अर्थ हुन्छ र ? म सोध्न चाहन्छु । हामी जनताले के गर्नुपर्छ हामी सबै गर्न तयार छौँ तर हाम्रा सबै आयोजना तथा कार्यक्रमको पभावकारी कार्यान्वयन गर्नुपर्यो ।’

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य तथा प्रदेश अध्यक्ष प्रभु साहको अध्यक्षतामा आयोजित जनसभामा महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री रामेश्वर यादव, प्रदेश पदाधिकारीसहित सयौं नेताको उपस्थिती रहेको थियो । पचास हजार भन्दा बढी जनतालाई उपस्थित गराएर सत्तारुढ दलकै प्रदेश कमिटीले सरकारमाथि दबाब सृजना गरेको यो पहिलो कार्यक्रम हो ।

प्रदेश नम्बर २ मा काठमाडौ–तराई मधेश द्रुतमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारा, हुलाकी लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, कोशी कमला डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । यस्तै बिभिन्न राष्ट्रिय महत्वका आयोजनाहरु समेत सञ्चालन भईरहेको छ । सभामा राष्ट्रिय गौरवका आयोजना कार्यालयका प्रमुखद्वारा प्रगति पनि प्रस्तुत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बर्वा छठघाटमा डिजेको आतंक मच्चाउने पाँच जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज । छठघाटमा ठूलो आवाजमा डिजे बजाएर सार्वजनिक स्थलमा अशान्ति मच्चाएको तथा शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ...

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर गरिँदैछ पूजा–आराधना

वीरगञ्ज । लोकआस्थाको महापर्व छठको मुख्य दिन आज देशभरका छठ घाट तथा जलाशयहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–आराधना गर्दैछन्। चार दिनसम्म मनाइने छठ...

राष्ट्रीय पर्व छठलाई रास्वपाको मूल नेतृत्वले वीरगञ्ज र जनकपुरमा मात्रै सिमित गराउन खोज्यो : अध्यक्ष रन्जु साह

काठमाडौं । आम महिला मोर्चाको अध्यक्ष रन्जु कुमारी साहले रास्वपाको मूल नेतृत्वले विश्वभरि फैलिएको लोकआस्थाको महान राष्ट्रीय पर्व छठलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित...