Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

नेकपा र समाजवादीको अराजक गतिविधि रोकन काङ्ग्रेसको जित आवश्यक : नेता रिजाल

spot_img
spot_img

वीरगंज । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेकपा र समाजवादी पार्टीको अराजक गतिविधि रोकन मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली काङ्ग्रेसको जित आवश्यक रहेको वताएका छन् ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा आज भएको नेपाली काङ्ग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै नेता रिजालले उपनिर्वाचनको जितले खासै केही नभए पनि सत्ताधारी दल नेकपा र समाजवादीको घमण्ड तोड्न सकिने वताए । उनले भने उप चुनावले त खासै केही फरक पार्दैन तर नेकपा र समाजवादीको सरकाले बढाएको अराजक गतिविधि नियन्त्रण गर्न सकिन्छ ।

यसका सथै सरकारले बढाएको भ्रष्टाचार, बलात्कार, हिंसा र महङ्गीलाई नियन्त्रण गर्न सकिने उनको भनाई थियो । उपेन्द्र यादवले मधेशी जनताको लाशमा राजनिती गरिरहेको वताउदै रिजालले त्यस्ता नेताबाट मधेशलाई बचाउन सकिने वताए ।

सत्तामा नहुन्जेल केपि ओलिलाई गाली गर्ने उपेन्द्र यादवले हाल उनकै नेतृत्वको सरकारमा सामिल भई चुप लागेर बसेको आरोप लगाए । संबिधान संसोधनको लागि मदेशी जनताको आहुती दिलाउने उपेन्द्र यादवले हाल सरकारमा हुदा चुप लागेर बसेको उनको आरोप थियो । नेपाली काङ्ग्रेसले संविधान संसोधन गर्ने उनको भनाई थियो । संविधान संशोधन र लोकतन्त्र रक्षाको लागि नेपाली काङ्ग्रेसको विकल्प नरहेको समेत नेता रिजालले जिकिर गरे ।

नेपाली काङ्ग्रेस महुवनका बुथ सभापती जुगेश्वर यादवको अध्यक्षतामा भएको चुनावी सभामा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पुर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, जिल्ला सभापति अजय द्विवेदी, नेता जनार्दन सिंह क्षेत्री, प्रदेश सांसद राजेश्वर साह, शंकर चौधरी, जिल्ला सदस्य नवीन सिंह, क्षेत्रीय सचिव श्रीकान्त यादव, विद्यार्थी नेता जीवन सापकोटा, वडाध्यक्षका उम्मेदवार अशेसर यादव, स्थानिय नेता नीर गिरि लगायतकाले मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...