Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

महुवन उपनिर्वाचनमा त्रिपक्षिय भिडन्त, सबैकाे आफुनै चुनाव जित्ने दाबी

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुनमनमा मंसिर १४ गते हुने उपनिर्वाचनमा त्रिपक्षिय कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । वडाध्यक्षको लागि समाजवादी पार्टी, नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी बिच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको हो ।

वडाध्यक्षका लागि ५ जना चुनावी प्रतिस्पर्धामा भए पनि मुख्य प्रतिस्पर्धा सपाका उम्मेदवार रुपलाल यादव, नेकाका उम्मेदवार अशेसर यादव र नेकपाका उम्मेदवार उदयशंकर रौनियार बिच नै भिडन्त हुने स्थानियहरुको भनाई छ ।

तत्कालीन संघिय समाजवादी फोरमबाट निर्वाचित वडाध्यक्ष बृजमोहन यादवको हृदयघातबाट निधन भए पछि उनको ठाउँमा उपनिर्वाचन हुँदै छ । सपाले बृजमोहनका ठूलो छोरा रुपलाललाई उम्मेदवार बनाएको छ ।

स्थानिय मतदाताहरुका अनुसार युवा तथा किशान पृष्ठभुमिका सपाका उम्मेदवार रुपलालको राजनितिक अनुभव कम भए पनि साहनुभुती भोट र पार्टीको आफ्नै भोट बैंकका कारण बलिया देखिएका छन् । सपा कै गाउँपालिका अध्यक्ष भएका कारण झन बलिया देखिएका हुन् ।

किशान पृष्ठभुमि कै नेकाका उम्मेदवार अशेसर राजनितिक अनुभव र आफ्नो पार्टीको भोट बैंकका कारण बलिया देखिएका छन् । यसका सथै गत बर्षको निर्वाचनमा तत्कालीन एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भएका नीर गिरि हाल नेपाली काङ्ग्रेसमा भएका कारण र उनको समर्थन नेकाका उम्मेदवार अशेसरलाई भएकाले झन बलिया देखेका हुन् ।

यस्तै ठेक्कादार पृष्ठभुमिका नेकपाका युवा उम्मेदवार उदयशंकर रौनियार पनि बलिया उम्मेदवार मानिएका छन् । मुख्य प्रतिस्पर्धी मध्येका महुवनको एकल उम्मेदवार भएका कारण र पार्टीको भोट बैंकका कारण बलिया देखिएका हुन् ।

चुनाव हुन लागेको वडा अन्तर्गत महुवन, बलुवा र सोलखपुर पर्दछ । सपा र नेकाले बलुवाको उम्मेदवार बनाएको छ भने नेकपाले महुवनको उम्मेदवार बनाएको छ । सोलखपुरको कोई उम्मेदवार छैनन् ।

राप्रपाले महुवन कै सदरी महरालाई उम्मेदवार बनाएको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारी दिएका महुवन कै गोपाल साह कानुलाई नेपाल समाजबादी पार्टीका नेता राजकुमार यादवको साथ रहेको छ ।

सबै उम्मेदवारहरुले चुनावि प्रचार प्रसारलाई तिव्रता दिएका छन् । आजै राती १२ बजे देखि मौन अवधी समेत सुरु हुने भएकाले उम्मेदवारहरु चुनाव प्रचार प्रसारलाई अन्तिम रुप दिन पनि लागेका छन् । मुख्य प्रतिस्पर्धी दल सपा, नेका र नेकपाका शिर्ष नेताहरु पनि आ आफ्नो दलका उम्मेदवारका लागि भोट मागी रहेका छन् ।

पर्साको एक मात्र महुवनमा हुन लागेको उपनिर्वाचनका सबै उम्मेदारहरुले आफू नै चुनाव जित्ने दाबी समेत गरेका छन् । मतदातहरुले पार्टी होईन ब्यक्तिलाई देखेर मतदान गर्ने बताईरहेका छन् । निर्वाचन हुने २ दिन पहिलाको दिन र रातलाई महत्त्वपूर्ण मानिन्छ । यश अवधिमा पैसाको समेत चलखेल हुने भएकोले निर्वाचन कार्यालय पर्साले आचारसंहिता कार्यान्वयनमा कडाई गर्ने जनाएको छ ।

कसै संग नयाँ चुनावी एजेन्डा नभए पनि सबै उम्मेदवारले शिक्षा, स्वास्थ्य, कृषिलाई नै चुनावी एजेन्डा बनाएको मतदाताहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...