Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

मेडिकल माफियालाई कारवाही गर्न सरकारलाई नेकपा नेता पाण्डेको सुझाव

spot_img
spot_img

वीरगंज । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मेडिकल माफियालाई शुल्क फिर्ता गराउनुको साटो तथ्य र प्रमाणको आधारमा कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने सरकारलाई सुझाव दिएका छन् ।

प्रेस सङ्गठन पर्साले मंगलबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार सबैको अभिभावक भएको भन्दै विद्यार्थीहरूको हकअधिकार सुनिश्चित गर्न सरकारले तोकेको शुल्क साढे ४२ लाख रुपैयाँभन्दा बढी शुल्क लिने कलेजलाई शुल्क फिर्ता गर्न सुझाव दिनुको साटो कारबाही गरेर मेडिकल शिक्षाको अराजकता हटाउनुपर्ने धारणा राखे ।

“सरकार राज्यको मालिक हुन्छ, दोषीलाई शुल्क फिर्ताको लागि सुझाव दिने होइन, गल्ती गर्ने मेडिकल माफियाहरूलाई कानूनको दायरामा ल्याउनुपर्छ,” उनले भने ।
देशमा बढिरहेको बेरोजगारी समस्याप्रति टिप्पणी गर्दै उनले अहिले सरकारी तथ्याङ्क कुल जनसङ्ख्यामध्ये ८/९ प्रतिशत रहेको भनिए तापनि वास्तविक तथ्याङ्क २२ प्रतिशत रहेको छ । यस हिसाबले ३ करोड कुल जनसङ्ख्या रहेको देशमा ६६ लाख जनता बेरोजगार रहेको हँुदा सरकारले उनीहरूलाई रोजगार दिई आत्मनिर्भर बनाउनुपर्ने तर्क गरे ।

उनले अर्थमन्त्री डा युवराज खतिवडाको नीतिबाट आपूm सन्तुष्ट नभएपनि सकारात्मक सन्देश दिएको बताए ।

नेता पाण्डेले अर्थमन्त्री डा. खतिवडाको सवालमा उनको कामकाजबाट आफु सन्तुष्ट नभए पनि उनको नीतिले देशलाई सकारात्मक दिशा दिएको चर्चा गरे । उनले भने, “अर्थमन्त्री हुँदा मैले नै युवराजजीलाई नेपाल राष्ट्र बैंकको गर्भनर बनाएको थिएँ, त्यतिबेला उहाँ सफल हुनुभएको थियो । तर गत वर्ष राज्यको ७ प्रतिशत जिडिपी वृद्धि भएकोमा अहिले ७ दशमलव १ प्रतिशत अपेक्षा राखिएकोमा आर्थिक हिसाबले सकारात्मक रहेको उनले विश्लेषण गरे ।

पूँजीगत खर्च बढेको छैन, बैंकसँग पैसा छैन, युवालाई विदेश पठाएर भित्रिएको रेमिट्यान्सलाई सरकारले सहीरूपमा सदुपयोग गर्न नसक्नुले अर्थमन्त्रीको योग्यतामाथि प्रश्न उठिरहेको छ भन्ने प्रश्नमा उनले भने, “देशको विकास सरकारले मात्र गरेर नहुने त्यसमा जनताको भूमिका पनि अहम् हुन्छ ।”

प्यान कार्ड, भिसिटिएस जस्ता नीतिको कारण उद्योग–व्यवसायलाई मर्का परेको हँुदा उद्योगी–व्यवसायीको सहभागितामा छलफल गरी उचित निकास निकाल्न उनले सरकारलाई सुझाव दिए ।

महराकाण्ड, आलमकाण्ड जस्ता काण्डको पर्दाफाश हुँदा सरकार सुशासनतर्पm गइरहेको जनतामा विश्वास जागेकोले सञ्चारकर्मीहरूको प्रश्नमा वीरगंजमा भएको काशीनाथ तिवारी हत्याकाण्ड तथा गौर हत्याकाण्डको बारेमा पनि सरकारले पीडितहरूलाई न्याय दिलाउन छानबीन अघि बढाउन सक्ने उनले बताए ।

आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनले सरकार वा अन्य कुरामा फरक नपारे पनि पार्टीको उचाइलाई चित्रण गर्ने जानकारी उनले दिए ।
प्रेस सङ्गठन पर्साका संयोजक नीरज पीठाकोटेको अध्यक्षता तथा सहसंयोजक अनुप तिवारीको सहजीकरणमा भएको पत्रकार सम्मेलनमा प्रदेश २ नेकपाका सहइन्चार्ज नागेन्द्र चौधरी, पूर्वखेलकूदमन्त्री पुरुषोत्तम पौडेल, नेकपा वीरगंज नगर कमिटी सचिव डा विश्वम्भर शर्मा, नेकपाका नेता बालगोपाल थापा, चिरञ्जीवी आचार्य, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारालगायतको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...