Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

एच.आई.भि.एड्स. संक्रमितकाे अवस्था बारे अन्तरक्रिय बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । विश्व एड्स दिवसको अवसरमा आज वीरगंजमा एच.आई.भि.एडस. संक्रमणकाे अवस्था सम्बन्धि अन्तरक्रिय बैठक सम्पन्न भएको छ । नारायणी अस्पताल वीरगंजमा भएको अन्तरक्रिया बैठकमा बि.स. २०६२ साल देखी हाल सम्मको एक हजार एक सय ९० जना एच.आ.भी. संक्रमितहरुको तथ्याँक प्रस्तुत गरिएको छ ।

छाला रोग विशेषज्ञय तथा एआरटीका जिम्मेवार व्यक्त्ति डा. अतुलेश चौरसियाले प्रस्तुत गरेको नारायणी अस्पताल वीरगंजमा संचालन रहेको एआरटिको तथ्यांक अनुसार पुरुष ४ सय १३, महिला ६ सय ७५, तेस्रो लिङ्गी २८ र बालबालिका ७४ जना एच.आई.भी. संक्रमित रहेका छन् । जस मध्ये ७ सय ७५ जनाको नारायणी अस्पतालमा संचालन रहेको एआरटी सेन्टर मार्फत औषधी उपचार भईरहेको छ । अरु बाकी २ सय ४८ जनाको अरु जिल्लामा औषधी उपचार भइरहेको, एक सय १८ जनाको मृत्यु भइसकेको र ४९ जना सम्पर्क बाहिर रहेको डा. चाैरसियाले जानकारी गराउनु भयो ।

art meeting_kalikatimes

कार्यक्रममा वोल्दै नारायणी अस्पतालका बरिष्ठ फिजिसिएसन डा. मनोज कुमार गुप्ताले प्रदेश २ मा एच.आई.भि. संक्रमण जाँच गर्ने भाइरल लोड मेशिन नहुदा समस्या भएको वताए । उनले भने नेपालको काठमाण्डौ, बिराटनगर र धनगढीमा मात्र भाईरल लोड मेशिन भएका कारण हामीलाई समस्या हुने गरेको छ, व्लड काठमाण्डौ फ्लाईटले पठाउनु पर्ने बाध्यता छ । कहिले काँही व्लडको टेम्प्रेचर मिल्न नसकेर जा‌ंच प्रभावित र फेरी अक्रो पटक पठाउनु पर्ने वाध्यता अन्तको लागि नेपाल सरकारले नारायणी अस्पताल वीरगंजमा पनि भाईरल लोड मेशिनको व्यवस्था गर्नु पर्छ ।

ए.एच.एफ. नेपालका पर्सा प्रतिनिधि आशिष गुरागाईले सिमा क्षेत्रमा एचआईभी संक्रमण बढी फेला पर्ने गरेकाले सावधानी अपनाउन जरुरी रहेको वताए । उनले नारायणी अस्पतालको एआरटी मार्फत एचआईभीको सम्पूर्ण चेकअफ नि:शुल्क हुने गरेको वताए ।

ए.एच.एफ. नेपालकाे सहयाेग र ए.आर.टी. वीरगंजकाे आयाेनामा भएकाे बैठकमा वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा समाजिक विकास महाशाखाका अरुण कुमार महतो, गैर सरकारी संस्था विजामको अनुगमन तथा मूल्याँकन अधिकृत निरज साह, परियोजना संयोजक आसमा दहाल, नेपाल आरधना समाज, बारा प्लस, निल हिरा समाजका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

बैठकमा एएचएफले सन् २०१८ देखी नारायणी अस्पतालकाे एआरटी सेन्टरलाई सहयाेग गर्दै आएकाे र छाेटाे समय मै एचआईभी संक्रमितहरुकाे उपचारमा गुणस्तरिय सेवा प्रदान गर्दै आएकाेमा वीरगंज महानगरपालिका स्वास्थ्य तथा समाजिक बिकास महाशाखा लगायतका सराेकारवालाहरुले धन्यावाद दिदै यसलाई निरन्तरता दिनु पर्ने वताएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...