Date
बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026

१२ कराेडकाे लागतमा जिप्रका पर्साको नयाँ भवन निर्माण हुन्छ : प्रजिअ भट्टराई

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ भवन निर्माणको लागि गृह मन्त्रालायले २ करोड बजेट छुट्याएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको पहलमा नेपाल सरकारको गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय पर्साको नयाँ भवन निर्माणको लागी दुई करोड बजेट छुट्टयाइएको हो ।

जिल्ला प्रशासन कार्यालय संचालन रहेको भवनको पछाडि पट्टी ब्याडमिन्टन कोट भएको ठाउँमा नयाँ भवन निर्माण गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले वताउनु भयो । १२ करोडको लागतमा आधुनिक किसिमको ४ तल्ले भवन निर्माणको लागि पहिलो चरण अन्तर्गत मन्त्रालयले यस बर्ष २ करोड बजेट छुट्टयाएको अधिकारी भट्टराईले जानकारी गराउनु भयो । भवन निर्माणको लागि माटो परिक्षणको काम भइसकेको जानकारी गराउदै भट्टराईले छिटै नयाँ भवन निर्माणको काम पनि सुरु हुने वताउनु भयो ।

यसका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भट्टराई आए पछि थुप्रै कामहरु भएका छन् । भट्टराई पर्साका प्रजिअ भएर आए पछि जिल्ला प्रशासन कार्यालयलाई ब्यवस्थित गर्न सफल भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरुको लागि टोकन सिस्टम लागु भएको छ । नयाँ नागरिक्ता र नागरिक्ता प्रतिलिपी वितरणको लागी टोकन सिस्टम लागु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत प्राण मेहताले वताउनु भयो ।

suchana board_kalikatimes
जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेटमा जडान भएको डिजिटल नोटिस बोर्ड र अडियो नोटिस बोर्ड । तस्विर ः- कालिका टाईम्स

नागरिक्ता फाँटमा टोकन सिस्टम लागु भए पछि सेवाग्राहीलाई लाईन बस्ने बाध्यता खत्म भएको छ । जिल्ला प्रशासन कार्यालयमा सुचना प्रणाली, हेल्प डेस्क स्थापना भएको छ । पछिलो प्रजिअको कार्यकालमा भएको सौचालय बिवादलाई ध्यानमा राखी सेवाग्राहिका लागि  खाजा घर, साथै बैठक गर्नका लागि बातानुकुल एयरकन्डिसन युक्त बैठककोठाको निर्माण समेत भएको छ ।

स्थानीय भाषा भोजपुरीमा अडियो नोटिस बोर्ड जडान भएको छ । कार्यालयबाट प्रदान गरिने नागरिकता, नागरिकता प्रतिलिपी, संस्था दर्ता , संस्था नविकरण तथा पासपोर्ट लागयतको सेवाहरुको लागि चाहिने आवश्यक कागजातहरु, लाग्ने समय , दस्तुर आदि बारे जानकारी गराईरहेको सो अडियो नोटिस बोर्डबाट सुन्न सकिन्छ भने सो कुरालाई भिडियो नोटिस बोर्डबाट समेत पढ्न सकिन्छ ।

जिल्ला प्रशासन कार्याल पर्सा वीरगंजकाे परिसर भित्र निर्माण भएकाे वाटर फाउन्टरेन । तस्बिर : कालिका टाईम्स

यसका साथै जिल्ला प्रशासन कार्यालय परिसर मै पानिको फोहारा फाल्ने (वाटर फाउन्टेन) निर्माण भएको छ । भट्टराई कै कार्यकालमा पर्साका ग्रामिण भेग स्थित जिराभवानी गाउँपालिकाको वडा नं. ४ सुपौलीमा इलाका प्रशासन कार्यालय संचालनमा आएको छ । कार्यालयमा पुग्दा प्रत्यक्षरुपले कार्यालय पहिला भन्दा व्यवस्थित भएको देखिनुको साथै अनुभुति हुन थालेको सेवाग्राहीहरु बताउँछन् ।

stanpan kax_kalikatimes
जिल्ला प्रशासन कार्यालय पर्सा परिसर भित्र निर्माण भएको स्तनपान कक्ष । तस्बिर ः- कालिका टाईम्स

कार्यालय परिसर मै महिला सेवाग्राहीहरुको लागि स्तनपान कक्ष निर्माण भएको छ । प्र.जि.अ. भट्टाराईको पहलमा र वीरगंज  महानगरपालिकाको आर्थिक सहयोगमा सुविधासम्पन्‍न  स्तनपान कक्ष संचालनमा आएको अधिकृत मेहताले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा कर्मचारी अभाव भए पनि प्रजिअ भट्टराईको सक्रियताले ४ गाउँपालिकाको सेवा प्रवाहको लागि इलाका प्रशास कार्यालय संचालनमा आएको हो । पर्साको ग्रामिण भेग ठोरी, जिराभवानी, जगरनाथपुर र पटेर्वा सुगौली गाउँपालिकाको नागरिक्ता वितरणा लगायतका सेवा प्रवाहको लागि इलाका प्रशासन कार्यालय संचालनमा आएको हो ।

धेरै दिन देखि अव्यवस्थित रहेका जिप्रकाको मुखगेट अगाडि कै बाटो समेत वहाकै पालामा मर्मत भएकोमा त्यस क्षेत्रका बासिन्दा खुसी भएका छन, पछिलो समयमा बाढी आउदा प्रजिअ आफै डुङामा बसेर कार्यालय बाहिर आउनु परेको कुरा समेत सुनियो त्यस पछि नै तत्काल बाटो मर्मत गर्न अडान लिएका प्रजिअ नारायण प्रसाद भट्टराई, वहाको भनाई अनुसार जिल्ला लगायत यस जिल्लाका विभिन्न ठाउबाट समेत कार्यालयको कामले आउने गर्ने सेवाग्राहीहरुलाई पहिलो प्राथमिकता प्राप्त होस त्यही अनुसार मैले पर्सा जिल्ला प्रशासन कार्यालय मर्मत हुनु पर्छ भन्ने सोच राखेको बताउनुभयो  ।

केही दिन मै अब जिल्ला प्रशासन कार्यालयको सेवा प्रभाव बैंकिङग प्रणालीबाट सुचारु गर्ने प्रजिअ भट्टराईको तयारी छ । जिल्ला प्रशासन कार्यालयमा बैंकको शाखा स्थापना गरि बैंकीङग प्रणालीबाट सेवा प्रवाह सुचारु गरिने बताईएको छ । यसका साथै कार्यालय परिसर भित्र निःशुल्क वाईफाई सुविधा समेत उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।  ।

spot_img
spot_img

ताजा अपडेट

शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

सगरमाथा एकेडेमीमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन

वीरगंज । वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा एकेडेमी बोर्डिङ स्कुलमा विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्ने उद्देश्यले हेड ब्वाय, हेड गर्ल, हाउस...

जगरनाथपुरकाे मसिहानीमा छठघाटकाे गाउँपालिका अध्यक्ष यादवद्वारा शिलान्यास

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीस्थित छठघाट निर्माण कार्यको मंगलबार गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै...

अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि (इलीगल इस्कर्ट) सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ...