Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

भिखमपुरमा आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको धोविनी गाउँपालिला वडा नं. २ भिखमपुरमा आज नि:शुल्क अँखा शिविर समपन्न भएको छ । सामुदायिक आँखा अस्पताल हेटौंडाको सहयोग र जन सामुदायिक विकास केन्द्र भिखमपुर पर्साको आयोजना शिविर सम्पन्न भएकाे हाे ।

शिविरकाे उदघाटन पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले फिता काटेर गर्नु भएको थियो । शिविरमा ३ सय ४४ जनाको आँखा परिक्षण भएकाे थियो । जसमा ९७ जनामा मोतिया विन्द समेत फेला परेको आयाेजक संस्थाका अध्यक्षा संताेष पटेलले वताए ।  आखाँ परिक्षण गराएका विरामीहरुलाई औषधी समेत वितरण गरिएकाे पटेलले वताए ।

आयोजक संस्थाका अध्यक्ष पटेलको अध्यक्षता भएकाे कार्यक्रममा धाेबिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश साह, वडाध्यक्ष ललन पटेल, नन्दलाल राउत कुर्मी, नगिना यादव, सरिफा गदी, गाउँपालिका स्वास्थ संयोजक संजय यादव, भिखमपुर प्राथमिक स्वास्थ चौकीका स्वास्थकर्मी नवनित रौनियार, समाजिक अभियान्ता प्रकाश थारु, हेटौंडा आँखा अस्पतालका महिला स्वास्थकर्मी सृजना भुसाल लगायतकाले मतव्य व्यक्त राखेका थिए ।

शिविरमा डा. सृजना भुसाल, कन्च्न चौधरी र जनक वस्तीले चेकजाँच गरेका थिए । मोतियाबिन्दु फेलापरेकाहरुलाई नि:शुल्क हेटौंडा अँखा अस्पतालमा सल्यक्रिया समेत गरिने आयोजक संस्थाका अध्यक्ष सन्तोष पटेलले बताए । अध्यक्ष पटेलका अनुसार याे शिविर संस्थाले पांचाै पटक आयाेजना गरेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...