Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

महुवन उपनिर्वाचन : प्रदिप जयसवाल र नीर गिरी बिचकाे जुङ्गाकाे लडाई

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा आज भइरहेकाे उपनिर्वाचन स्थानिय प्रदिप जयसवाल र नीर गिरी बिचकाे जुङ्गाकाे लडाई भएकाे छ ।

वडाध्यक्षकाे लागि भइरहेकाे उपनिर्वाचन समाजवादी पार्टीका नेता एवं गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल र नेपाली कांग्रेसका नेता एवं गत निर्वाचनका गाउँपालिका अध्यक्षका उम्मेदवार नीर गिरीले जुङ्गाकाे लडाईकाे रुपमा लिएकाे स्थानियहरुले वताएका छन् ।

गाउँपालिका अध्यक्ष जयसवाल समाजवादी पार्टीका उम्मेदवार रुपलाल यादवलाई जिताउन र गत निर्वाचनका गाउँपालिका अध्यक्षका प्रत्यासी गिरी नेपाली कांग्रेसका उम्मेदवार अशेसर यादवलाई जिताउन कमर कसेर लागेका छन् । दुबै जना आ आफ्नाे पार्टीका उम्मेदवारकाे हार जितलाई आफ्नाे प्रतिस्ठाकाे रुपमा लिएकाे स्थानियहरुकाे भनाई छ ।

तत्तकालिन संघिय समाजवादी फाेरमबाट निर्वाचित बृजमाेहन यादवकाे हृदयघातका कारण निधन भए पछि साेही पदपुर्तिकाे लागि आज उपनिर्वाचन हुदैछ । समाजवादी पार्टीले बृजमाेहन कै जेठाे छाेरा रुपलाललाई उम्मेदवार बनाएकाे छ । उनलाई नै जिताई आफ्नाे साख बचाई राख्न जयसवाल लागि परेका छन् ।

गत निर्वाचनमा तत्तकालिन एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भएका गिरी हाल नेपाली कांग्रेसमा छन् । गाउँपालिका अध्यक्षमा जयसवालबाट केही मतले मात्र पराजित भएका गिरी आफ्नाे पार्टीका उम्मेदवार अशेसरलाई जिताई आफ्नाे गुमेकाे शाख फिर्ता गर्न लागि परेका छन् ।

दुबै जना महुवन निवासी नै हुन् । श्री ने.रा.मा.वि. महुवन मतदान केन्द्रमा मतदान भइरहदा दुबै जना मतदान केन्द्र बाहिर मतदातालाई रिझाउन ब्यस्त देखिएका छन् । दुबै जनाकाे कार्यशैली देख्दा उनीहरु नै चुनाव लड्डेकाे महसुस गर्न सकिन्छ ।

नेकपाबाट उदयशंकर राैनियार चुनावी प्रतिस्पर्धामा छन् । समाजवादी, नेपाली कांग्रेस र नेकपाका उम्मेदवार बिच नै त्रिपक्षिय कडा प्रतिस्पर्धा रहेकाे छ ।

मतदान केन्द्र बाहिर तिनै दलका नेता, कार्यकर्ता र समर्थकहरुकाे भिड लागेकाे छ । तिन दलका उम्मेदवार, नेता, कार्यकर्ता र समर्थकहरुकाे आ आफ्नाे पार्टी कै जित सुनिश्चित रहेकाे दावी गरिरहेका छन् । विहान ७ बजेबाट सुरु भएकाे मतदान सांझ ५ बजे सम्म चल्ने वताइएकाे छ ।

मतदान सम्पन्न भए पछि मतदाताहरुले गरेकाे मतदानकाे मत पेटिका मतगणना स्थलमा लगिने छ । त्यसकाे केही बेर मै मतगणना सुचारु हुने र त्यस पछि मात्र नतिजा थाह पाउन सकिने छ । निर्वाचनमा त्रिपक्षिय कडा प्रतिस्पर्धा रहेकाले चुनावनी परिणाम सम्बन्धमा अहिले केही भन्न नसिकने स्थानीयहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...