Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

महुवनमा कडा सुरक्षाकाे बिच मतदान हुदै, १२ सय जनाले गरे मतदान

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनकाे उपनिर्वाचन आज कडा सुरक्षाकाे बिच शान्तिपूर्ण रुपले भइरहेकाे छ । श्री नेपाल राष्ट्रिय मा‍.वि. महुवन मतदान केन्द्रमा कडा सुरक्षाकाे विच विहान ७ बजे देखी सुरु भएकाे मतदान शान्तिपूर्ण रुपले भइरहेकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

मतदान केन्द्रलाई तिन तहकाे सुरक्षा निकायले सुरक्षा दिइरहेका छन् । पहिलाे चरणमा जनपथ प्रहरी, दाेस्राेमा सशस्त्र प्रहरी र तेस्राेमा नेपाली सेना गरी तिन तहका सुरक्षा निकायले सुरक्षा दिइरहेका छन् । २५ जना सेना गरी जनपथ र सशसत्र प्रहरीकाे वाक्लाे संख्यामा शान्ति सुरक्षाकाे लागि खटाइएकाे छ । मतदान केन्द्रलाई चारै तर्फबाट सेनाले घेरा हालेर सुरक्षा दिईरहेकाे छ ।

mahuwan matdan kendra2_kalikatimes
महुवन मतदान केन्द्रमा मतदान गर्नकाे लागि लाइनमा बसेका मतदाताहरु । तस्बिर : प्रणय साह

मतदान केन्द्र भन्दा ५ सय मिटर टाढा आम जनतालाई राखिएकाे छ । आ आफ्नाे उम्मेदवारकाे समर्थनमा उम्मेदवारी दिएका दलका नेता तथा स्थानियहरुकाे भिड लागेकाे छ । वडाध्यक्षकाे लागि भइरहेकाे उपचुनावमा २ हजार ६ सय २ मतदाता रहेका छन् ।

जस मध्ये समाचार लेख्दा सम्म १२ सय जनाले मतदान गरि सकेकाे निर्वाचन अधिकृतले जनाएका छन् ।

नेकपाबाट उदयशंकर, नेपाली कांग्रेसबाट अशेसर यदाव, समाजवादी पार्टीबाट रुपलाल यादव, राप्रपाबाट सदरी महरा र स्वतन्त्र उम्मेदवार गाेपाल साह कानु गरी ५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...

घरजग्गा लिलामको विरोधमा एनआईसी एसिया बैंकअगाडि महिलाहरूको धर्ना

वीरगंज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरेको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको वीरगंज शाखाअगाडि...