Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1065

जनप्रतिनिधी बिहीन अवस्थामा उठाईएको मुद्धा जनप्रतिनिधीले बिर्सेको स्थानियवासीहरु गुनासो

पर्सा, २३ पुस ।

पर्सामा जनप्रतिनिधी बिहीन अवस्थामा उठाईएको मुद्धा जनप्रतिनिधीले बिर्सेको स्थानियवासीहरु गुनासो गरेका छन । पर्साको पकहामैनपुर गाउँपालिकाको सुर्जाहा कटी मठमा गुठी संस्थाको रहेको लगभग ८० बिगहा जग्गामा बिश्वबिधालय बनाउन सपना अहिले सम्म पुरा नहुदा स्थानियवासीहरु चिन्तित बनेका छन ।

पर्सा साविक ८२ गाविसहरु सित २ लाखको दरले उठाइएको चन्दा पनि बिश्वबिधालय संघर्ष समितीले राखे पनि सो काम आज सम्म अगाडी नबढेको हो । स्थानिय स्तरमा, प्रदेश स्तरमा र केन्द्रिय स्तरमा पुर्ण रुपमा सरकार स्थापित भईसक्दा पनि सो कुरा अगाडी नबढनु पर्साको लागी दुर्भाग्य रहेको पर्साका बुद्धिजीवीहरु बताएका छन ।

जनप्रतिनिधी बिहिन अवस्थामा त्यस्ता रामा्र कुराको शुरुवात भएतापनि जनप्रतिनीधी भएको अवस्थामा सो कुरालाई अगाडी नबढाउनु दुखद रहेको पर्साका बुद्धिजीवी ललन तिवारीले बताउनु भएको छ । यस बिषयलाई उठान गरी तत्काल कार्यन्वयन गर्नु पर्ने मांग पर्साका बुद्धिजीवीहरुको रहेको छ ।

जगरनाथपुर गाउँपालिकामा आगलगी, ३ लाख ४० हजार बराबरको क्षति

पर्सा, २२ पुस ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. ५, मसिहानीमा आइतबार साझ आगलगी भएको छ । आगलागीले स्थानिय बिरेन्द्र पण्डित कुमाहलको कुखराको खोर जलेर पुर्ण रुपले नस्ट भएको प्रहरीले जनाएको छ ।

बिजुलीको तार सर्ट भई भएको आगलागीले खोर पुर्ण रुपले जलेर नस्ट भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक नवराज कार्कीले वताए । खोरमा रहेको ५ सय कुखराको चला मध्ये ४ सय २० वटा जलेर नस्ट भएको कार्कीले वताए ।

यस्तै खोरमा राखिएको ५ बोरा दाना समेत जलेको उनले जानकारी गराए । आगलगीले ३ लाख ४० हजारको क्षति भएको छ भने आगलगी स्थानिय, प्रहरी र पोखरिया नगरपालिकाबाट पुगेको दमकलले नियन्त्रणमा आएको हो ।

लागु औषध र विभिन्न देशको मुद्रा सहित एक युवक पक्राउ

वीरगंज, २२ पुस ।
वीरगंज १६, भन्सार मुलगेट स्थित रहेको सशस्त्र प्रहरी गुल्मले लागु औष र विभिन्न देशको मुद्रा सहित एक जनालाई पक्राउ गरेको छ । भन्सार मुलगेटमा खटेको डियुटी टोलीले आइतबार विहान ८ : २० बजेको समयमा चेकजांच गर्ने क्रममा काभ्रेको पनौती न.पा. ५ बस्ने बर्ष २४ का राम कृष्ण राउतलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आउदै गरेका राउतलाई शरिरमा फिटिङ्ग गरी लुकाई छिपाई ल्याउदै गरेका लागु औषध र बिभिन्न देशको रुपया सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

निजको साथबाट लागु औषध नाइट्रोपाइम १० एमजीको ३ सय ५ गोटा, नेपाली रु १ सय १२, मलेसिया रिङ्गगेट १, कतार रियाल १, चाईनिज यान १, आई.फोन १ थान, सामसुङ्ग कि. प्याड मोबाइल १ थान र मोबाइल चार्जर १ थान फेला परेको सशस्त्र प्रहरी गुल्मले जनाएको छ । पक्राउ परेका राउतलाई आवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा पठाइएको छ ।

१२ कार्टुन अबैध कुखुराको चला बरामद

राजन बानिया /

पोखरिया २२ पुस ।

सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट अमरपटी, पर्साले बिन्दबासनी गाउँपालिकाको प्रसौनीबाट अाज बिहान ६ बजेको करिबमा १२ कार्टुन भारतिय कुखुराको चला बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा अमरपटी नाकाबाट बिन्दबासनी तर्फ लगी रहेको अवस्थामा सशस्त्र प्रहरी निरिक्षक कुशु बुढाथोकीको कमाण्डमा रहेको गस्ती टोलीलाई  देखि तस्करहरुले चलाको कार्टुन फालेर भागन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ  ।

१२ वटा कार्टुनबाट १५ सय कुखुराको चला बरामद  भएको र चलाको मूल्य १ लाख भन्दा बढी रहेको प्रहरीले जनाएको छ  । बरामद गरिएको कुखुराको चलालाई अमरपटी बिअोपीमा स्थानिय भद्रभलादमी, संचारकर्मी र पशु कर्मचारीको रोहबरमा नष्ट गरिएको छ  ।

१२ वर्षमा प्रवेश गरेको अवसरमा १२ जना अति विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

वीरगंज, २२ पुस ।
सानो पाइलाले शनिबार १२ जना अति बिपन्न विधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । सानो पाइला १२ बर्षमा प्रबेश गरेको अवसरमा एक कार्यक्रमका बिच पोखरिया नगरपालिका र वीरगंज महानगरपालिकाका १२ जना अति विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको सानो पाइलाका जय साहले वताए ।

सानो पाइलाकी सचिव शुस्मा तिवारीको अध्यक्षतामा वीरगंजको छपकैया स्थित रहेको सानो पाइलाको प्रधान कार्यालयमा भएको कार्यक्रममा विद्यार्थीहरुको अभिभावकहरुलाई सामग्री हस्तान्तरण गरिएको साहले जानकारी गराए । सानो पाइलाले पोखरिया नगरपालिकाको जगतपुर, श्रीशियाका ४ जना, वीरगंज महानगरपालिकाको लालपर्साका ३ जना र श्रीपुरका ५ जना गरी १२ जनालाई शैक्षिक समाग्री वितरण गरेको हो ।

विधार्थीहरुलाई -वितरण गरिएको सामग्रीमा कॉपी, कालम , पेंसिल, ईरेजर, ब्याग , जूता, मोजा, स्वीटर, टोपी , लगायतका समाग्री रहेको थियो । सामग्री वितरण कार्यक्रममा वोल्दै सानो पाइलाका रणनीति र विकास प्रमुख विक्रम उपाध्यायले “हामीलाई १५ दिन जति अति बिपन्न विधार्थीहरु छनोट गर्न लाग्यो र “शैक्षिक समाग्री बिना विधालय पढ्नमा कठिनाई पुगिरहेका विधार्थीहरुलाई मात्र हामीले सहयोग गरेको वताए ।

सानो पाइला शिक्षा क्षेत्रमा धेरै पहिला देखि नै काम गर्दै आइरहेको छ । “Literacy For Nepal” नामक परियोजना अनतर्गत हरेक वर्ष बिपन्न विधार्थीहरुलाई शैक्षिक समाग्री र छात्रवृति प्रदान गर्दै आइरहेको छ ।

द हेल्पेज नेपाल नामक गैर सरकारी संस्थाको समुद्धघाटन

वीरगंज, २१ पुस ।
द हेल्पेज नेपाल नामक गैर सरकारी संस्थाको आज समुद्धघाटन गरिएको छ । वीरगंज महानगरपालिकाको वडा नं. १३, राधेमाईमा एक समाहरोहका बिच संस्थाको समुद्धघाटन गरिएको हो । राधेमाई मन्दिरको सभाहलमा भएको समाहरोहमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत  डा. भिष्म कुमार भुषालले दिप प्रज्वलीत गरि संस्थाको समुद्धघाटन गरे ।

उदघाटन समाहरोहलाई सम्बोद्धन गर्दै प्रमुख प्रशासकिय अधिकृत भुषालले संस्थालाई सुभकामना दिदै गैर सरकारी संस्थाहरु संग हातेमालो गरी महानगरपालिका अगाडी बढन तयार रहेको वताए । वीरगंजलाई समृद्ध बनाउन हातोमाले गरी अगाडी बढनु पर्ने भुषालले जोड दिए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका भुषालले संस्था चलाउन सजिलो नभएको वताउदै उर्जावान भएर अगाडी बढे सफल हुने वताए ।

dipen yadav-kalikatimesकार्यक्रमका बिशिष्ट अतिथी पोखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापाले फलामको चिउरा चपाउने जस्तो संस्था चलाउने कुरा भएको वताए । समयको व्यवस्थापन गर्दै साहसका साथ अगाडी बढे सफल हुने थापाको भनाई थियो । उनले नितिगत निर्णय गरी अगाडी बढनु पर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष अनिल यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका अध्यक्ष इब्राहिम देवान, शिक्षिका शशिलत्ता गिरी, लियो क्लब अफ वीरगंजकी उपाध्यक्ष अंजली गर्ग, पत्रकारद्वय तिवारी यादव, शम्भु कुमार सुमन, विद्धार्थी नेता इशक कुमार, मित्रदेव यादव, विन्दवासिनी गाउँपालिका समाजिक बिकास शाखाका रतेन्द्र कुमार दास, मानव सेवा आश्रम वीरगंजका संयोजक दिवेश गुप्ता, रिषव अग्रवाल, अपसना खातुन, संजु चौधरी, जितेन्द्र गुप्ता, प्रदिप पटेल लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

helpaje-kalikatimesसंस्थाका उपाध्यक्ष दिपेन्द्र यादवले कार्यक्रमको संचालन गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी सह सचिव विन्दु यादवले गरेकी थिइन । संस्थाको बारे प्रस्तुती संस्थाका सचिव दयानन्द साहले गरेका थिए । कार्यक्रममा संस्थाका सधारण सदस्यहरुलाई सदस्यता प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गराउन सोचे जस्तो सजिलो छैन : अध्यक्ष कलवार (भिडियो)

वीरगंजमा पुस २८ गते देखी हुन गइरहेको दोस्रो बिशाल गोल्ड कप फुटबल प्रतियोगीताको तयारीको बिषयमा विशाल मेमोरीयल फाउण्डेशनका अध्यक्ष अनिल कुमार कलवार संग गरिएको कुराकानी ।

राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गराउन सोचे जस्तो सजिलो छैन : अध्यक्ष कलवार

वीरगंजमा दोश्रो विशाल गोल्ड कप फुटबल प्रतियोगीताको यही पुस २८ गते देखी हुन गइरहेको छ । वीरगञ्जको नारायणी रंगशालामा हुन गईरहेको दोश्रो विशाल गोल्डकप फुटबल प्रतियोगीताको तयारी तिव्र रुपमा भईरहेको छ । राष्ट्रिय स्तरको फुटबल प्रतियोगीता वीरगञ्जमा हुदाँ वीरगञ्जबासी पनि उत्साहित भएका छन । फुटबल प्रतियोगीताको तयारी के कति भईरहेको छ त भन्ने बिषयमा केन्द्रित रहेर कालिका टाइम्स सम्वादमा विशाल मेमोरीयल फाउण्डेशनका अध्यक्ष अनिल कुमार कलवार संग सहकर्मी तिवारी यादवले कुराकानी गर्नु भएको छ ।

–वीरगंजमा दोश्रो विशाल गोल्डकपको तयारी भईरहँदा अनिल जी आजकल कतिको व्यस्त हुनहुन्छ ?
राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हामीले आयोजना गर्दै छौं । त्यो पनि एक सत्ता नजिक आइसकेकोले प्रतियोगिताको लागि नै व्यस्त रहेका छौं । फाउन्डेसनका सबै साथीहरु कार्य विभाजन गरी तयारीमा लागेका छौं ।

–गोल्डकपमा कति वटा टिमको सहभागीता रहने छ ?
भारत र नेपालका ८ वटा टिमको सहभागिता रहने छ । जसमा भारतो कलकता, सिलिगुडी र नेपालका ६ वटा टिमको सहभागिता रहेको छ ।
–गोल्डकपमा कतिको लगानी हुन्छ , अनि तपाईहरु कहाँ बाट यसको व्यवस्थापन गर्नुहुन्छ ?
गोल्ड कपमा ५३ लाख जतिको लगानी रहेको छ । आयोजक सदस्यहरु हामीहरु आफै केही लगानी गरेका छौं भने अरु वीरगंज वासी संग सहयोग लिएका छौं ।

–आर्थिक नगरी वीरगञ्जमा फुटबल प्रतियोगीता गराउन सहयोग त भईराख्या होला नी ?
वीरगंजका राजनितिक दल, उधोगि व्यवसायी, जनप्रतिनिधि, खेलाडी लगायतकाले सहयोग गरिरहेका छन ।

–प्रदेश २ को एक मात्र महानगर वीरगञ्ज कतिको सहयोग गरेको छ ?
वीरगंज महानगरपालिकाकाले प्रतियोगिताको लागि २५ हजार सहयोग गरेको छ । सिमरामा प्रतियोगिता हुदा जितपुर सिमरा उप महानगरपालिकाले ७ लाख सहयोग गरेका थिए तर हामी वीरगंजका मेयर साहेब संग सम्पर्क गर्दा मात्र २५ हजार सहयोग गर्नु भएको छ ।

–देशलाई चलाउन सक्ने क्षमता राखेको वीरगञ्ज फुटबल प्रतियोगीता प्रति कतिको माया गर्नेछन ?
वीरगंज बासी कै सहयोगले प्रतियोगिता भइरहेको छ । साथै सधैको लागि सहयोगका अपेक्षा राखेका छौं ।

–नारायणी रंगशालामा दर्शकहरुलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?
रंगशालाको उत्तर र दक्षिणको प्याराफिट जिर्ण अवस्थामा रहेकोले उत्तर र दक्षिण दर्शकलाई बसाउने व्यवस्था गरेका छौं । जिर्ण रहेको प्याराफिट तिर बांसले घेराउ गरेका छौं ।

–दर्शकहरुको उत्साह कतिको छ ?
वीरगंज वासीमा धेरै उत्साह छ । हामीलाई गाउँ गाउँबाट फोन आइरहेकोले उत्साह रहेको पाएका छौं ।
–गत बर्ष प्रबेश शुल्क कति थियो र यसपालि कति हुनेछ ?

गत बर्ष पनि रु ५० र रु १०० थियो र यस बर्ष पनि त्यतीकै राखेका छौं ।
–नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन कुरा चलि रहदा तपाई यस बिषयमा के भन्नु हुन्छ ?
देश कै दोस्रो ठूलो रंगशला नारायणी रंगशाला हो । यो रंगशाला नै प्रादेशिक रंगशाला हुनु पर्छ । प्रादेशिक रंगशला बनाउन हामीले पनि सहयोग गर्ने छौं र गरेका पनि छौं ।

–प्रतियोगितामा पुरस्कार राशी के कस्तो रहेको छ ?
प्रतियोगिताको प्रथम विजेतालाई रु ५ लाख, दोस्रो हुनेलाई रु २ लाख ७७ हजार पुरस्कार रासी राखेका छौं भने मैन अफ द म्याच हुनेलाई रु ५ हजार देखी रु १० हजार सम्म पुरस्कार राखेका छौं ।

अन्तरवार्ताको पुरा भिडियो तल हेर्न सक्नु हुन्छ ।

 

[embedyt]www.youtube.com/watch?v=R0lG7H3LpUI[/embedyt]

पशु हक हित संरक्षण समिति, पर्साद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

वीरगंज, २० पुस ।
नेपाल कृषि तथा पशु हकहित संरक्षण समितीले एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिकको व्यबस्थापनका लागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा दत पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषको कार्यालय सिंहदवारलाई ज्ञापनपत्र बुझाएका छन । नेपाल सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत कर्मचारी समायोजन गर्ने प्रक्रियामा रहदा एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिकको बिषयमा कुनै कुरा उल्लेख नभएकाले र अन्यौलता आएकोले ज्ञापनपत्र बुझाइएको पशु प्राविधिक सुभम पाण्डेले वताए ।

gayapan-kalikatimesज्ञापनपत्रमा एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक संचालन निर्देशिका २०७३ बमोजिम विज्ञापन गरी लोक सेवा आयोगको मापदण्ड लिखित र मौखिकका आधारमा छनौट भएर हाल स्थानिय तहमा खटिएर गएका एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिकहरुलाई स्थानिय तहमा स्थायी दरबन्दी कायम गरी स्वत स्थायी गरिनु पर्ने माग रहेको छ ।

यस्तै तत्काल नेपाल निजामति सेवा एनको परिमार्जनको चरणमा रहदा निजामती सेवा एनको दफा ८ मा रा.प.अ.न. द्धितिय पद नरहने व्यबस्था गर्न खोजिएकोले हाल सम्म प्राविधिक बिषयमा अध्ययन पुरा गरेका टिसिएलसि कृषि भेटेरीनरी अमिन लगायतका प्राविधिक पद कायम गरी खुल्ला विज्ञापन मार्फत पदपुर्ती गरिनुपर्ने माग रहेको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा नेपाल कृषि तथा पशु हकहित संरक्षण समिती, पर्साका अध्यक्ष मोहन दास, उपाध्यक्ष कमलेश गुप्ता, सचिव अजय साह कानु, शुभम कुमार पाण्डे, दयाराम वाग्ले, क्षत्र बहादुर साह, गोबिन्द भैया थारु लगायतको उपस्थिती रहेको थियो ।

प्लाष्टिक उधोगमा मजदुरको मृत्यु

वीरगंज, २० पुस ।
वीरगञ्जको पिपरा स्थित चिनिमिल आवास क्षेत्र अगाडी रहेको किरण प्लाष्टिक उद्योगमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ । शुक्रबार विहान ७ बजे उद्योगमा कार्यरत वीरगञ्ज महानगरपालिका वडा नं.२४, रामगढवाकाका २१ बर्षीय रम्भु पटेलको मृत्यु भएको हो ।

उधोगमा प्लाष्टिकको दाना हाल्ने क्रममा मजदुर पटेलको सल पाटामा बेरिएर घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । पलाष्टिकको दाना हाल्ने क्रममा पटेलले लगाएको सल पाटामा बेरिएर घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी नायब उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।

उद्योगमा कार्यरत पटेलको मृत्यु पश्चात उद्योगको उत्पादन बन्द भएको छ भने शवलाई पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल पठाईएको पर्साका प्रहरी नायब उपरिक्षक मानबहादुर राईले बताए ।