Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

महुवन मतदान केन्द्रमा नेताहरुकाे भिड

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन उपनिर्वाचनकाे मतदान केन्द्रमा नेताहरुकाे भिड लागेकाे छ । वडाध्यक्षकाे लागि आज भइरहेकाे निर्वाचनकाे मतदान केन्द्रमा चुनावी प्रतिस्पर्धी दलका नेताहरुकाे भिड देखिएकाे हाे ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवमा रहेकाे मतदान केन्द्र बाहिर नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीका नेताहरुकाे वाक्लाे उपस्थिती छ । नेकपाका प्रदेश २ का सह संयाेजक नागेन्द्र चाैधरी, केन्द्रिय सदस्य रामचन्द्र साह, नेता राजकुमार गुप्ता, शम्भु गुप्ताकाे उपस्थिती रहेकाे छ ।

यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, जिल्ला सभापति अजय द्विवेदी, युवा नेता नविन सिंह लगायतकाे उपस्थित रहेकाे छ ।

यस्तै समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं निलम्बित सांंसद हरिनारायण राैनियार, प्रदेश सांसद प्रहलाद गिरी, मंजुर अन्सारी, सिंघासन साह कलवार, जन्नत अन्सारी,  करिमा बेग्म, जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद लागयतकाे नेता तथा कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे छ ।

तिनै दलका नेताहरु आ आफ्नाे पार्टीका उम्मेदवारलाई जिताउन प्रयासरत देखिन्छन ।

यता नेपाली कांग्रेस र समाजवादीका उम्मेदवार तथा नेताहरुले आफुहरु नै जुनवा जिति रहेकाे दावी गर्दै दुबैले आफुहरुलाई नेकपाका उम्मेदवारले समर्थन गरिसकेकाे वताइरहेका छन् ।  तर याे कुरा नेकपाका नेताहरु हवादारी भएकाे वताए छन् ।

यता समाचार लेख्दाकाे समय सम्म १९ सय ५० जनाले मतदान गरिसकेका छन् । विहान ७ बजे देखी सुरु भएकाे मतदान सांझ ५ बजे सम्म चल्ने छ । मतदान शान्तिपूर्ण रुपले भइरहेकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको...

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...