Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्साकाे महुवन मतदान केन्द्रमा ८२ प्रतिशत मत खस्याे

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनकाे उपनिर्वाचन आज कडा सुरक्षाकाे बिच शान्तिपूर्ण रुपले सम्पन्न भएकाे छ । श्री नेपाल राष्ट्रिय मा‍.वि. महुवन मतदान केन्द्रमा भएकाे मतदानमा जम्मा २ हजार एक सय २८ मत खसेकाे छ ।

महिला ९ सय १७ र पुरुष एक हजार २ सय ११ गरी जम्मा २ हजार एक सय २८ मत खसेकाे निर्वाचन अधिकृत रंजिता झाले वताइन । २ हजार ६ सय २ मतदाता  मध्ये ८२ प्रतिशत मतदान भएकाे अधिकृत झाले जानकारी गराइन । कडा सुरक्षाकाे विच विहान ७ बजे देखी सुरु भएकाे मतदान शान्तिपूर्ण रुपले सांझ ५ बजे सम्पन्न भएकाे हाे ।

हाल मतपेटिका मतगणता केन्द्र औंराहा पाँचगावामा लग्ने कार्य भइरहेकाे हाम्रा सम्वाददाताले जनाएका छन् । मतपेटिका मतगणना केन्द्रमा पुगि सके पछि सर्वदलिय बैठक बसी मतगणना सुरु गरिने वताइएकाे छ ।

मतदान केन्द्रलाई तिन तहकाे सुरक्षा निकायले सुरक्षा दिएका थिए । पहिलाे चरणमा जनपथ प्रहरी, दाेस्राेमा सशस्त्र प्रहरी र तेस्राेमा नेपाली सेना गरी तिन तहका सुरक्षा निकायले सुरक्षा दिएका थिए । २५ जना सेना गरी जनपथ र सशसत्र प्रहरीकाे वाक्लाे संख्यामा शान्ति सुरक्षाकाे लागि खटाइएकाे थियाे । मतदान केन्द्रलाई चारै तर्फबाट सेनाले घेरा हालेर सुरक्षा दिएकाे थियाे ।

मतदान केन्द्र भन्दा ५ सय मिटर टाढा आम जनतालाई राखिएकाे थियाे । आ आफ्नाे उम्मेदवारकाे समर्थनमा उम्मेदवारी दिएका दलका नेता तथा स्थानियहरुकाे भिड लागेकाे थियाे ।

वडाध्यक्षकाे लागि भइरहेकाे उपचुनावमा नेकपाबाट उदयशंकर, नेपाली कांग्रेसबाट अशेसर यदाव, समाजवादी पार्टीबाट रुपलाल यादव, राप्रपाबाट सदरी महरा र स्वतन्त्र उम्मेदवार गाेपाल साह कानु गरी ५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...