Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

निजगढमा यात्रु बाहक बस पुलबाट तल खस्दा ३० यात्रु घाइते

spot_img
spot_img

वीरगंज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा यात्रु बाहक बस पुलबाट तल खस्दा बसमा सवार ३० जना यात्रु घाइते भएका छ्न । निजगढ नगरपालिका–८ स्थित उनासी पुलमा यात्रुबाहक बस पुलबाट तल खसेको हो ।

जनकपुरबाट विहान छुटेको ना ४ ख ७९९० यात्रुबाहक बस पुलको दक्षितर्फबाट करिब १० फिट तल झरेर बस पल्टिएको हो । बस पुलबाट खस्दा बसमा सवार ३० जना यात्रु घाईते भएकाे प्रहरीले जनाएकाे छ । घाईतेहरुकाे स्थानीय निजगढ सामुदायिक अस्पतालमा उपचार हुन नसके पछि २८ जनाकाे उपचार वीरगंज स्थित नेशलन मेडिकल कलेजमा भइरहेकाे छ भने २ जना लागि काठमाण्डाै लगिएकाे छ ।

गम्भीर घाइते २ जना आर्मीलाई थप उपचारकाे लागि काठमाण्डाै स्थित आर्मी हस्पिटल लगिएकाे ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घाइते मध्ये ४ अवस्था गम्भिर रहेको छ । जसमा एक जना प्रहरी पनि रहेका छन् ।

yatrau ghaite_kalikatimes

घाईतेलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, द्रुतमार्गमा खटिएको नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए। भैरहवाका लागि ४० जना यात्रु बोकेर गन्तव्यतर्फ लागेको बस निजगढ बजारबाट ३ किलो मिटरपश्चिमतर्फ निजगढ–काठमाण्डौं फास्ट ट्रयाकको प्रवेशद्धार नजिक रहेको उनासी पुलको बार भत्काउँदै तल झरेको थियो ।

पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालक धनुषाको मिथिला नगरपालिका ३ का २८ वर्षिय सुनिल यादवलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए । तिब्र गतिमा रहेको बसको अगाडी पट्टा भाँचिएको कारण अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...