Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

निजगढमा यात्रु बाहक बस पुलबाट तल खस्दा ३० यात्रु घाइते

spot_img
spot_img

वीरगंज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा यात्रु बाहक बस पुलबाट तल खस्दा बसमा सवार ३० जना यात्रु घाइते भएका छ्न । निजगढ नगरपालिका–८ स्थित उनासी पुलमा यात्रुबाहक बस पुलबाट तल खसेको हो ।

जनकपुरबाट विहान छुटेको ना ४ ख ७९९० यात्रुबाहक बस पुलको दक्षितर्फबाट करिब १० फिट तल झरेर बस पल्टिएको हो । बस पुलबाट खस्दा बसमा सवार ३० जना यात्रु घाईते भएकाे प्रहरीले जनाएकाे छ । घाईतेहरुकाे स्थानीय निजगढ सामुदायिक अस्पतालमा उपचार हुन नसके पछि २८ जनाकाे उपचार वीरगंज स्थित नेशलन मेडिकल कलेजमा भइरहेकाे छ भने २ जना लागि काठमाण्डाै लगिएकाे छ ।

गम्भीर घाइते २ जना आर्मीलाई थप उपचारकाे लागि काठमाण्डाै स्थित आर्मी हस्पिटल लगिएकाे ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घाइते मध्ये ४ अवस्था गम्भिर रहेको छ । जसमा एक जना प्रहरी पनि रहेका छन् ।

yatrau ghaite_kalikatimes

घाईतेलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, द्रुतमार्गमा खटिएको नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए। भैरहवाका लागि ४० जना यात्रु बोकेर गन्तव्यतर्फ लागेको बस निजगढ बजारबाट ३ किलो मिटरपश्चिमतर्फ निजगढ–काठमाण्डौं फास्ट ट्रयाकको प्रवेशद्धार नजिक रहेको उनासी पुलको बार भत्काउँदै तल झरेको थियो ।

पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालक धनुषाको मिथिला नगरपालिका ३ का २८ वर्षिय सुनिल यादवलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए । तिब्र गतिमा रहेको बसको अगाडी पट्टा भाँचिएको कारण अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...