Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

नेपालकाे प्रबेशद्वार शंकराचार्यमा सरसफाईलाई निरन्तरता दिदै

spot_img
spot_img

वीरगंज । नेपालकाे मुख्य प्रबेशद्वार शंकराचार्यमा आज तेस्राे शनिबार पनि सरसफाई गरिएकाे छ । ‘भोलन्टियर’ नामक समूह वीरगंजको आयाेजनामा बीरगंज रक्सौल वीचमा रहेको मितेरी पुल नजिक शंकराचार्य गेट र आसपासको क्षेत्रमा सरसफाई गरिएकाे हाे ।

सरसफाई अभियानमा महानगरपालिकाले अरु शनिबार साथ दिए जस्ताे आज पनि दिएकाे छ । महानगरले बु्रमर, दमकल सहित केहि सरसफाईकर्मी पठाएर सहयाेग गर्दै आएकाे छ ।

यसका साथै सरसफाई अभियान अन्तर्गत नै शंकराचार्यद्वारमा रहेकाे नेपालकाे झन्डा फेरिएकाे छ । हिजाे शुक्रबार शंकराचार्यद्वारकाे अवलाेकन तथा निरिक्षण गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले झन्डा फेर्ने गरेकाे आग्रह अनुसार झन्डा समेत फेरिएकाे भाेलन्टियर वीरगंजका संयाेजक राजन श्रीवास्तवले वताए ।

सरसफाई सम्पन्न पश्चात सरसफाई अभियानकर्मीहरु शंकराचार्यद्वारकाे झन्डा फेर्दै राष्ट्रगान समेत गाएकाे भाेलन्टियर समुहका महासचिव श्याम सरार्फले वताए ।

सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर वीजय सरावगी, नेकपाका युवा नेता अरबिन्द सिंह, भोलेन्टियर समुहका करण यादव, राजा रौनियार, बिनय गुप्ता, कम्लेश कुश्ववाहा, नुतन सरावगी, सुशिला पौडेल, देवेस गुप्ता, अनिल हजरा, सेशकुमार हजरा, बिक्की सरार्फ, अनिस कुश्वाहा, किस्सु सरार्फ, राजा सरार्फ, दिपलाल साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...