Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

भोलन्टियरको सरसफाई अभियान प्रति प्रजिअ भट्टराईको चासो, शंकराचार्य गेटको अवलोकन तथा निरिक्षण

spot_img
spot_img

वीरगंज । भोलन्टिएर समुहले थालेको सरसफाई अभियान तर्फ पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको चासो बढेको छ । भोलन्टियरको आयोजनामा नेपाल प्रवेश गर्ने मुख्यद्वार ‘गेट वे अफ नेपाल’ भनिरे चिनिने शंकराचार्य प्रवेशद्वारमा २ हप्ता पहिला देखी प्रत्येक शनिबार  हुन थालेको सरसफाई प्रति प्रजिअ भट्टराईको चासो बढेको हो ।

‘भोलन्टियर’ नामक वीरगञ्जका सचेत तन्नेरी आवद्ध समूहको आव्हानमा बीरगंज रक्सौल वीचमा रहेको मितेरी पुल नजिक शंकराचार्य गेट र आसपासको क्षेत्रमा प्रत्येक शनिबार सरसफाई हुदै आएको छ । सरसफाईमा जुटेका तन्नेरी अभियानकर्मीलाई वीरगञ्ज महानगरपालिकाले समेत साथ दिएको छ । सरसफाई अभियानमा महानगरपालिकाको सफाई साझेदार एनके इन्टरनेशनल र महानगरले नाका क्षेत्र सफाईका लागि बु्रमर, दमकल सहित केहि सरसफाईकर्मी पठाएर सहयोग गरि रहेको छ ।

prajia vatarai3_kalikatimes

सरसफाईका क्रममा सडकमा जथाभावी फालिएको प्लाष्टिक टिपिनुको साथै ब्रुमर लगाएर धुलो टिप्नुको साथै पानी हालेर धुलो नउड्ने बनाईएको छ । सो सरसफाई अभियानमा भोलेन्टियर समूहमा वीरगञ्जका १८ जना तन्नेरी आवद्ध छन् । उनीहरुले थालेको सरसफाई अभियान अन्तर्गत शंकराचार्यद्वारको प्रदुषित र दुर्गन्धित केही मात्रमा नियरन्त्र भएको स्थानियले बताएका छन्।

शंकराचार्य गेटको फोहर नियन्त्रण हुने थाले पछि प्रजिअ भट्टराईको समेत चासो बढेको हाे । प्रजिअ भट्टराईको चासो बढे पछि भोली शनिबार हुने सरसफाईलाई मध्य नजर गरी आज शंकराचार्यद्वारको अवलोकन तथा निरक्षण समेत गर्नु भएकाे छ । नेपालको प्रबेशद्वार शंकराचार्य गेटको अवलोकन तथा निरिक्षण गर्दै प्रजिअ भट्टराईले भोलन्टियहरुलाई आवश्यक सरसल्लाह समेत दिएका छन् ।

prajia vatarai_kalikatimesप्रजिअ भट्टराईले भोलन्टियरहरुलाई धन्यावाद दिदै सरसफाईलाई निरन्तरता दिन आग्रह गरेका हुन् । अवलोकन तथा निरिक्षणको क्रममा शंकराचार्यद्वारा रहेको नेपालको झन्डा सानो साईजको रहेकोले त्यसलाई फेरी ६/८ साईजको झन्डा राख्न महानगरका प्रतिनिधि सङ फोन सम्पर्कमा कुरा गर्दै आग्रह समेत गर्नु भएको छ । यसका साथै प्रजिअ भट्टराईले मेयर सरावगी संग शंकराचार्यद्वारामा रहेको निर्माणधिन शौचालयको निर्माण कार्य पुरा गरी त्यसमा एक जना कर्मचारी राखी सो शौचालय सुचारु गर्न समेत आग्रह गर्नु भएको छ ।

भ्रमणवर्षलाई गिज्याउनेगरी यसअघि नाका प्रदुषित र दुर्गन्धित थियो । शंकराचार्य गेट देखि मितेरी पुलसम्मको सडक जीर्ण हुनुको साथै वीरगञ्ज महानगरपालिकाले सडक र सिर्सिया नदीको किनारमा फोहोर फाल्दै आएको थियो । जसले गर्दा नाका हुँदै नेपाल आउने पाहुनालाई धुलो र दुर्गन्धले स्वागत गर्ने गरेको थियाे ।

भोलन्टियर समुहका संयोजक राजन श्रीवास्तवले दुई साताको मेहनत पछि नाकाको अवस्थामा केहि सुधार आएको साथै यश मुख्य प्रवेशद्वारमा पाहुनाहरुले लिने गरेको तस्वीर देख्दा मन मगन हुने गरेकोले अझ राम्रो र सफासुगर र हराभरा बनाउन तर्फ हामी युवा लाग्नु पर्ने र यश कार्यमा सबैको सहयोगको आवस्यकता रहेको बताए ।  सरसफाइ कार्यमा जुटेका बिद्यार्थी एवं विभिन्न संघ संस्थाका प्रतिनिधि प्रती वहाँ आभार समेत ब्यक्त गरे ।

“भ्रमण वर्ष २०२० पूर्व सन्ध्यामा छौं, विश्व प्रसिद्ध गढीमाई मेला शुरु भईसकेको छ । लाखौं धार्मिक पर्यटक अब यही नाकाबाट आउँछन् । तर नाकाको अवस्था प्रदुषणले नाजुक थियो । श्रीवास्तवले भन्नुभयो ‘ त्यसैले सरसफाई अभियान शुरु गरेका हौं, दुई सातामा आउँदा सबै पक्षबाट राम्रो सहयोग मिलेको छ । नाकाको सफाईमा सुधार आएको भन्दै स्थानीय दंग छन् ।’

prajia anugaman4_kalikatimes

महागरपालिकाले सडकको दायाँ बाँया किनारमा फोहोर नगर्ने र नियमित सफाई गर्ने आश्वासन दिएको संयाेजक श्रीवास्तवकाे  भनाई छ । ‘महानगरपालिकाका जिम्मेवार अधिकारीले नियमित सफाई गर्छौ, फोहोर फाल्दैनौं भनेका छन् । निरन्तर फलोअप गर्छौ ।’ श्रीवास्तवले अगाडी भने ‘ बिहान बाहिरबाट भ्रमणका लागि आएका विद्यार्थी र अन्य पाहुना खुशी भएर गएका छन् ।’

सो समुहका महासचिव श्याम सरार्फले सक्दो छिटो हाम्रो बिरगंजको गौरवलाइ भिजिट प्वाईन्टको रुपमा देखन ठूलो रहर रहेको बताए, भोलेन्टियर समुहमा करण यादव, राजा रौनियार, बिनय गुप्ता, कम्लेश कुश्ववाहा, नुतन सरावगी, सुशिला पौडेल, देवेस गुप्ता, अनिल हजरा, सेशकुमार हजरा, बिक्की सरार्फ, अनिस कुश्वाहा, किस्सु सरार्फ, राजा सरार्फ, दिपलाल साह लगायत १८ जनाको सक्रियता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...