Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1061

नि:शुल्क स्वास्थ सिबिर सप्पन्न

वीरगन्ज,५ माघ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, छपकैयामा नि:शुुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । अवधनारायण उमादेवी मेमोरीयल फाउण्डेशनको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा  १ सय ७७ जना महिला र  १ सय २६ जना पुरुष गरी ३ सय ३ जनाले स्वास्थ्य परीक्षण गराएका छन ।

स्वास्थ्य शिविरमा सर्जन डा.केपी जैसवाल, फिजिसियनडा.दिपक कुशवाहा, डा.श्यामबाबु कुशवाहा, बालरोग बिशेषज्ञ, मेडिकल अफिसर शौरभ कर्ण लगायतका चिकित्सकको टोली स्वास्थ्य परिक्षण गरेका थिए ।

स्वास्थ्य शिविरमा अवधनारायण उमादेवी मेमोरीयल फाउण्डेशनका अध्यक्ष मदन मोहन दास, नेकपाका सांसद पुष्पा कर्ण, उद्योगी गणेश लाठ, संस्था सचिव प्रभु नारायण कर्ण, वृजेश मल्लीक लगायतको सहभागीता रहेको थियो ।

विशाल गोल्ड कपको विजेता आर्मी, सर्वोत्कृष्ट खेलाडी शेर्पाका श्रेष्ठ घोषित

 वीरगंज, ५ माघ ।
दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लब भएको छ । प्रथम बिशाल गोल्ड कपको विजेता आर्मी दोस्रो पटक पनि बिजयी भएको हो । वीरगंजको नारायणी रंगशालामा जारी प्रतियोगिताको शनिबार भएको फाईनल खेलमा हिमालयन शेर्पालाई हराउदै आर्मी विजयी भएको हो ।

खेल सुरु भएको हाप टाइममा हिमालयन शेर्पाले एक गोल गरेको थियो भने त्यस पछि आर्मीले एक गोल गरे पछि खेल बराबरी भएको थियो । खेलको निर्धारित समय सकेपछि दुबै टिमले आयोजक संग समय थप गर्न मांग गरेका थिए । समयको अभावले आयोजकले समय थप नगरी पलान्टीमा खेलको टुङगो लगाउन निर्णयमा पुगेको थियो ।

५/५ वटा पलान्टी हानी खेलको टुङगो लगाउदा दुबै टिमले फेरी ४/४ गोल हाने पछि खेल अति नै रोमांचक भएको थियो । त्यस पछि फेरी थप २/२ वटा पलान्टी हान्दा हिमालयन शेर्पा एक गोल र आर्मीले २ गोल हाने पछि आर्मीलाई विजेता घोषणा गरिएको थियो ।

प्रतियोगिताको विजेता आर्मीलाई टफी सहित पुरस्कार रासी रु ५ लाख ५५ हजार ५ सय ५५ ले पुरस्कृति गरियो । उप विजेता हिमालयन शेर्पालाई पुरस्कार रासी रु २ लाख ७७ हजार ७ सय ७७ रुपैयको पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रुपमा हिमालयन शेर्पाका बिश्वास श्रेष्ठलाई घोषणा गरिएको थियो भने श्रेष्ठलाई सुजिकीको जिक्सर मोटरसाइकल पुरस्कार स्वरुप प्रदान गरियो ।

फाइनल खेलको मैन अफ द म्याच हिमाल्यन शेर्पाका मान बहादुर तमांगलाई रु ५ हजार पुरस्कार राशी प्रदशन गरियो । प्रतियोगिताको बेस्ट गोल्ड किपर आर्मीका बिकेश कुथु, बेस्ट डिफेन्डर आर्मीका दिपक गुरुङ्ग, बेस्ट मिड फिल्डर आर्मीका संतोष तमाङ, बेस्ट कोच आर्मीका नविन न्योपानेलाई घोषिणा भएका थिए । प्रतियोगिताका बेस्ट खेलाडीहरुलाई पुरस्कार राशी रु १५ हजारका दरले सबैलाई कार्यक्रमका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

बिशाल मेमोरियल फाउन्डेसनका अध्यक्ष अनिल कुमार कलवारको अध्यक्षतामा र प्रतिनिधि सभा सदस्य प्रदिप यादवको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रदेश सांसद अंजु यादव, नेपाली कांग्रेस, पर्साका सचिव श्याम पटेल, क्षेत्रिय सभापति अरविन्द गुप्ता लागायतका अतिथीहरुको हातबाट विजेता खेलाडीहरुलाई मेडल, प्रमाण पत्र र पुरुस्कार प्रदान गरिएको थियो ।

बिशाल मेमोरियल फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा ए डिभिजन टिमहरु सहभागि भएका थिए ।

वीरगंजमा प्रदेश दुइकै पहिलो डाइटिशियन क्लिनिक संचालनमा

दिपेन्द्र यादव/वीरगंज । वीरगंंजमा प्रदेश नम्बर दुईकै पहिलो डाइट क्लिनिक संचालनमा आएको छ । विर्ता स्थित शान्तिपोलिक्लिनिकले डाइट क्लिनिक संचालनमा ल्याएको हो ।

वीरगंजमा डाइट क्लिनिकको अभावमा संतुलित र पौष्टिक आहारका बारेमा जानकारी पाउन कठिन भएकाले आफुहरुले यस्तो क्लिनिक संचालनमा ल्याएको शान्ति पोलिक्लिनिकका संचालक प्रमोद सर्राफले बताउनु भयो ।

क्लिनिकमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजकी डाइटिशियन निशा सिंहले डाइट सम्बन्धी आवश्यक सल्लाह तथा परामर्श दिनुहुने छ ।

विरगंजमा नारायणी उपक्षेत्रीय अस्पतालमा यो सेवा रहे पनि निजि क्षेत्रमा भने पहिलो पटक संचालनमा ल्याइएको हो ।
शुक्रबारदेखि संचालनमा आएको क्लिनिकको वीरगंजका वरिष्ठ फिजिशियन डा. गोपाल प्रसाद गजुरेलले औपचारिक कार्यक्रमकाबिच उदघाटन गर्नु भएको हो।

स्वास्थ्य जीवनशैलीका लागि डाइट बारे जानकारी हुनु अनिवार्य रहरकाले यस सम्बन्धि जानकारि लिन आउनेहरुको संख्या समेत उल्लेख्य रहेको डाइटिसियन सिंहले बताउनु भयो ।

विशेषगरी मिर्गौलाको डाइलासिस गरिरहेका बिरामी, मुटु तथा मधुमेहका बिरामी, कुपोषणमा परेका बालबालिका तथा गर्भवती महिलाका लागि डाइट अर्थात सन्तुलित भोजनका बारेमा जानकारी हुनु अती आवश्यक रहेको उहाँले बताउनु भयो ।

व्यायामले मात्रै शरिर फिट राख्ने नभइ त्यसका लागि संतिलित आहार महत्वपुर्ण रहेको डाइटिशियन सिंहले बताउनु भयो ।
सिंहले विश्वविद्यालयबाट डाइटिसियन सम्बन्धी ३ वर्षे ग्राजुएसन कोर्स गर्नुभएको छ ।

अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा कार्रत सिंहले त्यस अघि दिल्लीमा रहेको म्याक्स सुपर स्पेसालिटी हस्पिटलमा केही समय सेवा समेत गर्नुभएको थियो ।

वीरगंजमा अज्ञात समुहद्वारा बसमा आगजनी

वीरगंज, ४ माघ ।

वीरग‌ंजको भिस्वाचोकमा पार्किङ गरी राखेकाे बसमा आगलागी भएको छ । शुक्रबार साँझ ७ बजे ना. ५ ख २७२ नम्बरको पुरानाे बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगो लागेपछि बस जलेर पूर्ण क्षति भएकाे प्रहरीले जनाएको छ ।

बसमा आगलागी हुँदा वीरगन्ज महानगरपालिकाको बरुण यन्त्र, नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रण गरेकाे पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । बसमा आगो कसले लगायाे भन्ने बारेमा अनुसन्धान भइरहेको उनले बताए ।

त्रिभुवन आर्मी र हिमाल्यन शेर्पा दबैको विशाल गोल्ड कप जित्ने दाबी

वीरगंज, ४ माघ ।
वीरगंजमा जारी दोस्रो विशाल स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागिय टोली त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा भिड्ने भएका छन । प्रतियोगिता भइरहेको स्थल नारायणी रंगशालामा शुक्रबार भएको पत्रकार सम्मेलनमा वोल्दै दुबै टिमका कोचहरुले उपाधि हात पार्ने दावी गरे ।

हिमालयन शेर्पाका कोच सुवास लिम्बुले आक्रमक रुपमै प्रस्तुत हुने बताउदै उपाधी आफुहरुले जित्ने दाबी गरे । यस्तै त्रिभुवन आर्मीका कोच हाम्रो उद्देश्य टफी जित्ने थियो र जित्ने पनि दाबी गरे ।

बिहिबा भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले झापालाई हराउदै फाइनलमा प्रबेश गरेको थियो भने बुधबार भएको प्रथम सेमिफाइनल खेलमा आयोजक वीरगंजलाई हराउदै हिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेता लिमले कप सहित नगद ५ लाख ५५ हजार ५ सय ५५ र उप विजेताले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । सर्वोत्कृष्ट खेलाडीलाई सुजिकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

विशाल गोल्ड कपको फाईनलमा त्रिभूवन आर्मी प्रवेश

वीरगञ्ज, ३ माघ ।

त्रिभूवन आर्मी क्लब वीरगञ्जमा जारी दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा आर्मीले झापा–११ लाई ६ को विरुद्ध १ गोलले पराजित गरेको हो । टेकबहादुर बुढाथोकीले खेलको दोश्रो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिएका थिए ।

आर्मी कै सन्तोष तामाङ्गले पहिलो हाफ कै १४ औं र २४ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७० मिनेटमा आर्मीका विवेक बस्नेतले प्रहार गरेको बल झापा–११ का दिलेन लोक्तान बचाउ गर्न खोज्दा आत्मघाती गोल हुन पुगेको थियो ।

टेकबहादुर बस्नेत ७४ औं र विवेक बस्नेत ८८ औं मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए । झापा–११ का लागि सान्त्वना गोल भने आशिष चापागाईले गरेका थिए ।

खेलको म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ्ग घोषित भएका छन् भने उनले नगद पाँच हजार सहित ट्राफि समेत पाएका छन् । प्रतियोगिताको खेलमा पर्सी शनिबार आर्मी र हिमालयन शेर्पा बीच हुने छ ।

प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ । वीरगञ्जका पूर्वराष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा गत वर्षदेखि गोल्डकपको शुरुवात गरिएको थियो ।

खुला दिशामुक्त वडा घोषणा नगरेसम्म सबै बजेट रोकने मेयर सरावगीको चेतावनी

चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त
वीरगन्ज, ३ माघ  ।
पर्सा जिल्लालाई चैत्र मसान्त सम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । बिहिबार दिउसो सम्पन्न भएको जिल्ला स्तरीय खानेपानि  सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा सहभागी  सरोकारवालाहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन्् ।
जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अंसारीको अध्यक्षतामा सम्पन्न भएको समन्वय बैठकमा सहभागी स्थानिय निकायका जनप्रतिनिधि, सुरक्षा निकायका जिल्ला प्रमुखहरु, समाजिक सघं संस्था, संचाकर्मि तथा खानेपानि तथा सरसफाइ कार्यालयका  पदाधिकारीहरुले पर्सा जिल्लामा वाकि रहेका स्थानिय निकायहरुलाई फागुन मसान्त सम्ममा खुला दिशामुक्त घोषणा गर्दै यो बर्षको अन्तिम सम्म जसरीपनि पर्सालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेका छन्् । कार्यक्रममा सहभागीहरुले वाकि रहेका स्थानिय निकायका वडा वासिहरुलाई चर्पि उपयोगीताको लागी सबै उपायहरु अपनाउने निर्णय गर्दै खुला दिशापिसाब गर्ने व्यत्तिहरुलाई दन्डित गर्ने कार्यदल बनाउने सहमति समेत गरेका छन््।
कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले स्वच्छता नागरिकको पुर्ण अधिकार भएको बताउदै आउने सन्ततीहरुलाई रोगबाट बचाउन सरसफाइ र स्वच्छताको अभियानलाई तिब्रता दिइने धारणा व्यक्त गर्नुभयो ।  उहाले महानगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्न वाकिरहेका वडाहरुमा चर्पि उपयोगीतालाई अनिवार्यता लागु गर्ने घोषणा समेत गर्नुभयो । नगर प्रमुख सरावगीले वाकिरहेका वडाहरुलाई खुलादिशामुक्त घोषणा नभएसम्म सबै विकास बजेटहरु रोकिने चेतावनी समेत दिनु भयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पर्सा जिल्लालाई आउने महिनालाई सरसफाइ महिनाको रुपमा विभिन्न अभियानहरु चलाउदै खुलादिशा मुक्त घोषणा घोषणा गर्न सरोकारवाला सबै पक्षको सहभागीतामा एउटा कार्यदल बनाउने राखेको प्रस्ताव सर्वसहमतीबाट पारित भएको थियो । कार्यक्रममा जिल्ला खानेपानि कार्यालयका प्रमुख जकि अहमद अंसारीले जिल्ला भरीको सरसफाइ तथा चर्पि उपयोगीताको अवस्थाबारे जानकारी गराउनु भएको थियो भने कमल अधिकारीले प्रदेशको खुलादिशा मुक्त अवस्थाको कार्यप्रगती र बिशलेषण बारे सबैलाई जानकारी गराउनु भएको थियो ।

माघी (खिचडी) महोत्सव २०७५

वीरगंजको स्विमिङ्ग पुलमा आयोजित माघी (खिचडी) महोत्सवमा नृत्य गर्दै बालबालिका । तस्बिर : कालिका टाईम्स

नेपालमा पहिलो पल्ट अश्वमेध गायत्री महायज्ञ वीरगन्ज हुने 

वीरगन्ज ।
नेपालमा पहिलो पल्ट अश्वमेध गायत्री महायज्ञ हुने भएको छ । अश्वमेध गायत्री महायज्ञ बारे जानकारी गराउन अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठका संयोजक एव वीरगन्ज महानगरपाकिलाका मेयर विजय कुमार सरावगीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट यज्ञ गर्न लागिएको बताए ।

उनले यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्न, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्न सक्ने बताए । वैज्ञानिक ढंगले संचालन हुने यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुन्छ उनले भने यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी हुने छ ।

यज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्नु हुने छ । राष्ट्रपतिबाट मौखिक रुपमा अनुमति पाईसकेको छ मेयर सरावगीले भने ४—५ दिन भित्र लिखित अनुमति पाएपछि राष्ट्रपतिले नै फाल्गुन १९ गते अश्वमेध गायत्री महायज्ञको उदघाटन गर्नुहुने छ । २ करोड भन्दा बढीको लागतमा यज्ञको आयोजना गर्न लागिएको हो । यसको लागि यही माघ ७ गते वीरगन्जको आर्दशनगर स्थित आर्दशनगर रगंशालामा भूमि पुजन हुने भएको छ ।

यज्ञमा सहभागि हुने ४—५ लाख व्यक्तिलाई हवन गर्न २५१ कुण्डीय भव्य यज्ञशाला र देव सस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी निर्माण गरिने छ । शान्तिकुञ्ज हरिद्धारका विशेष पुरोहित तथा साधकहरु द्धारा तीन दिनसम्म हवन यज्ञ र १२ प्रकारका निशुल्क संस्कार हुने उनले बताए ।

महान आध्यात्मिक संत तथा देशभरीबाट मानिसहरुको समागम र यज्ञ सवैका लागि पूर्णतः निशुल्क हुनेछ, यदी स्वैच्छिक दान मात्र स्वीकृत हुने शक्तीपीठका संयोजक सरावगीले बताए । २४ जडिबुटी र ध्यूवाट मिश्रित हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटर सम्म वातावरण प्रर्दुशन मुक्त हुने वैज्ञानिक मान्यता समेत रहेको उनले बताए ।

गायत्री यज्ञ धार्मिक मात्र होइन वैज्ञानिक अध्यात्मिक यज्ञ हो, यसले समग्र देश समाजको सुख, शान्ति र समृद्धिलाई बृद्धि गराउने उदेश्यका साथ गरिने विशेष आध्यात्मिक प्रयोग हो उनले भने यस यज्ञले देशको वातावरणलाई सूक्ष्म रुपमा शुद्ध पार्न मद्दत गर्छ । सामुहिक रुपमा जन जागरण गरेर निदाएर बसेका प्रतिभालाई जगाउन र जागृत प्रतिभालाई सभ्यता संस्कृतिको उत्थानमा नियोजन गर्नका लागि अश्वमेध एउटा सशक्त माध्यम पनि रहेको उनले बताए ।

फाल्गुन १९ गते शुरु भई २२ गते सम्म चल्ने ४ दिने यस यज्ञमा भारत नेपालका गरी करिब ५ लाख भन्दा बढीको सहभागिता हुने छ । यज्ञमा दैनिक ६० हजार व्यक्ति एक हवन गर्न सकिने सम्पूर्ण व्यवस्था मिलाएको मेयर सरावगीले बताए ।

यज्ञमा सहभागि हुन आउने भारतीय एव अन्य देशबाट पाल्नु हुने पर्यटकको लागि खाना, बस्ने सुविधा समेत शक्तीपीठले मिलाएको छ । आध्यात्मिक ज्ञान दिन यज्ञ अवधि भर २० वटा भन्दा बढी कार्यशाला गोष्ठीको आयोजना गरिने छ ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशिक्षण समेत दिनुहुने छ । यज्ञ सफल बनाउन नेपाल सरकारले १ करोड रुपैया अनुदान दिने बताउदै मेयर सरावगीले महानगरपालिकाले पनि ३० रुपैया बजेट छुट््याएको जानकारी समेत गराए ।

यज्ञ सफल बनाउन ३ हजार कार्यकर्ता स्वयसेवक, २ हजार सुरक्षाकर्मी, विभिन्न ठाउमा २५ भन्दा बढी महिला, अपाङ्ग मैत्रि घुम्ती शौचालय स्थापना, यज्ञमा सहभागि हुने पर्यटकका लागि बसोबास गर्न १२ हजार अवासको व्यवस्था मिलाएको मेयर सरावगीले बताए । पहिलो दिन विभिन्न झाकी सहित ५१ सय कलश यात्रा वीरगन्ज नगरमा परिक्रममा गरिने छ । पुरै विश्वमा १३ करोड सदस्य रहेको गायत्री समाजले १०८ स्थानमा अश्वमेध यज्ञ गर्ने लक्ष्य लिएको छ ।

वीरगन्ज ११ लाई हराउदै हिमालयन शेर्पा फाइलनमा

वीरगञ्ज, २ माघ ।
हिमालयन शेर्पा दोस्रो विशाल समृति फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।बुधबार भएको पहिलो सेमिफाईनल खेलमा वीरगञ्ज ११ लाई ट्राईब्रेकरमा पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा पुगेको हो ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेपनि दोस्रो हाफको ११ औं मिनेटमा विदेशी खेलाडी काजिम भुसारीले गोल गरी वीरगञ्ज ११ लाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा हिमालयन शेर्पाले बराबरी गोल फर्काएको थियो । ट्राईब्रेकरमा वीरगञ्जका दुई खेलाडीले हानेको बललाई छेकेर हिमालयन शेर्पाका किपर किशोर गिरीले टिमलाई जित दिलाए ।
वीरगञ्जका कप्तान कृष्ण शाक्य, शिसस थापा, कृपाकान्त चौधरीले गोल गर्दा अनुज सिंह र रञ्जय चौधरीले हानेको बल हिमालयनका किपर गिरीले उत्कृष्ट बचाउ गरे ।
हिमालयनका तर्फबाट विजय श्रेष्ठ, विदेशी खेलाडी विलिक सिवी, प्याट्रिक पिगोभा, रवी थापाले गोल गरेका थिए भने विश्वास श्रेष्ठले पोष्ट बाहिर हानेका थिए ।
वीरगञ्ज ११ का कृष्ण कार्की म्यान अफ दी म्याच घोषित भए । भोलि हुने दोस्रो सेमिफाईनल खेलमा झापा ११ र नेपाल आर्मी भिड्ने छन् । भोलिको विजेतासँग हिमालयन शेर्पाले उपाधीका लागि माघ ५ गते खेल्नेछ ।