Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

प्रहरीद्वारा विद्यार्थीहरुलाई लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले आज श्री दिपनारायण माध्यमिक विद्यालयका छात्र/छात्राहरुलाई लैङ्गिक हिंसा सम्बन्धि प्रशिक्षण दिएकाे छ । लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तर्गत प्रहरी कार्यालयले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लैङ्गिक हिंसा सम्बन्धि प्रशिक्षण दिएकाे हाे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७० जना छात्र/छात्राहरुलाई अडियाे, भिडियाे मार्फत प्रशिक्षण दिइएकाे इप्रका पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक दिपक चाेरवारले वताउनुभयाे ।

महिला हिंसा, घरेलु हिंसा लगायतकाे लैंङ्गिक हिंसाबाट आफै सुरक्षित कसरी बाँचन सकिन्छकाे विषयमा इप्रका प्रहरी सहायक निरिक्षक सुभाष यादवले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । साे कार्यक्रममा विद्यालयका प्रअ शिवथान थारु लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...