Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

जिवन उपयोगी सिप सम्बन्धि २० दिने अभिमुखिकरण सुरु

spot_img
spot_img

वीरगंज । युवालयको आयोजनामा आजबाट जिवन उपयोगी सिप तथा दिगो बिकास लक्ष्य सम्बन्धि २० दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

DKA Austria को सहयोगमा वीरगंज महानगरपालिकाको वडा नं १५ स्थीत नवदिप एकेडेमीको सभाहलमा वीरगन्ज महानगरपालिकाका बाल मैत्री सम्पर्क व्यक्ति मुकेश गुप्ताले बनाईनर पढि शुभारम्भ गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुप्ताले कुनैपनि व्यक्तिले दैनिक रुपमा आईपर्ने समस्याहरुलाई सजिलो र प्रभावकारी तरिकाले समाधान गर्नका लागि अग्रसर हुने क्षमताको विकास तथा सकारात्मक व्यवहार को प्रयोग गर्न सक्ने दक्षताको विकासनै जीवनउपयोगी सिप हो भन्ने कुरामा जोड दिए ।

साथै युवालय नामक संस्थाले बिगत दिनहरुबाटै वीरगंजका किशोरकिशोरीको चौतर्फी बिकासको लागि काम गर्दै आएको हुदा वीरगंज महानगरपालिका भित्रका किशोरकिशोरीको लागि एक दमै ठुलो अवसर रहेको बताए ।

गुप्ताले किशोर किशोरीहरुमा आइपर्ने विभिन्न किसिमका शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरु, दुर्वलता आदिका कारणहरु केलाउन र तिनको प्राथमिक रोकथाम गर्न अभिमुखिकरणले सहयोग पुर्याउने कुरामा जोड दिए ।

विधालयका प्रधानाध्यापिका शुसिला साहको अध्यक्षतामा भएको कार्यक्रममा युवालयका कार्यसमिति सदस्य जया साह , बिधालय संयोजक गिता साह, सहजकर्ता निशा गुप्ता , मुनि गुप्ता लगायत ३० जना किशोरकिशोरीहरुको सहभागिता रहेको युवालयका सहजकर्ता निशा गुप्ताले जानकारी दिईन् ।

यसै गरि यो अभिमुखिकरण आगमी महिनाको पौष ९ गतेबाट त्रैमासिक परिक्षा पछि अन्य पांच समुदायिक बिधालयहरूमा संचालन हुने छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...