Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1062

कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज, २ माघ ।
२० बर्ष देखि कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको छिपहरमाई गा.पा.वडा नं.२ बस्ने बर्ष ८८ को मिश्री साह कानुलाई प्रहरीले पक्राउ परेको हो ।

२०५५/४/२४ गते कर्तब्य गरी वारदात पश्चात फरार रहेको प्रतिवादी पर्सा जिल्ला अदालतबाट वारेन्ट जारी भई जिल्ला प्रहरी कार्यालय तथा यस मातहतका कार्यालय समेतबाट खोज तलास गर्ने क्रममा मंगलबार निजकै घरबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आवश्यक कार्वाहीको लागी पर्सा जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लागु औषध गाँजा सहित बिन्दबासिनिका दास पक्राउ

वीरगंज, २ माघ ।
लागु औषध गाँजा सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिन्दवासनी गा.पा.वडा नं.-७,बस्ने बर्ष २२ को उपेन्द्र दास रहेका छ्न । अवैध गाँजा ओसार पसार भई रहेको छ भन्ने विषेश सुचनाको आधारमा मिति सोमबार १८:०० बजे दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं.-११, स्थित ने.रा.मा.वि.को पछाडी हिमाल टोलमा उत्तरवाट दक्षिण तर्फ आउदै गरेको ना.४० प.४२५९ नं.को मोटरसाईकलको पछाडीको सिटमा झोला राखि चलाई आउदै गरेको दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

निजको साथबाट लागु औषध गाँजा २० किलो ७०० ग्राम फेला परेकोले सो लागु औषध र मो.सा.सहित दासलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरि नायब उपरीक्षक मान बहादुर राईले बताए ।

थारु समुदायमा माघीको रौनक, जिराभवानी गाउँपालिकाको पकडीटोलमा बृहत कार्यक्रम

मेघराज राय\ जिराभवानी, १ माघ ।
सङ्क्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिकार खाने र माघी नुहाउने थारु समुदायमा परम्परागत चलन छ । थारु समुदायमा मनाइने माघी पर्वमा पुस मसान्तको अघिल्लो दिन खोला र नदीमा माछा मार्ने, मसान्तका दिन जिता मार्ने (सुँगुर बंगुर मार्ने) नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्री तिलौरी लाई लगायतका परीकार बनाएर नाचगान गर्दै मिलेर खाने गर्छन् ।

साथै माघे सङ्क्रान्तिको दिन बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने परम्परागत चलन पनि छ ।थारु समुदायको बाहूल्यता रहेको मध्य तराइका बारा, पर्सा,रौतहट ,चितवन लगायत प्रदेश नम्बर २ का जिल्लामा बसोबास गर्ने थारु समुदायले माघे संक्रान्तिका दिनलाई ठूलो चाडका रुपमा मनाउने गर्दछन् भने थारु समुदायले माघलाई नयाँ वर्षका रुपमा पनि लिने गर्छन् ।

त्यस्तै माघी पर्वका अवसरमा जिराभवानी गाउँपालिकाको पकडीटोलमा बृहत कार्यक्रम आज सम्पन भएको छ । नेकपा पुर्ब सान्सद जय प्रकाश थारूको प्रमुख आथितव तथा जिराभवानी गाउपालिकाका अध्यक्ष रामपिरीत महतोको सभापतित्वमा सम्पन्न भएको हो । सो कार्यक्रममा बिशिष्ट अथिती जिराभवानी गाउँपालिकाको उपप्रमुख उषा देबी थरूनी, वार्ड नंबर १ का अध्यक्ष शेखनुमान आजम, वार्ड नंबर २ का वार्ड अध्यक्ष महादेव महतो, समाज सेबी रामतऔतार पटवारी थारू कल्याण कारिणी का कार्यबाहक सभापती ठाकुर प्रसाद महतो, समाज सेबी भोला महतो, स्थानीय पत्रकार बुध्दिजीवी महिला बालबालिक लगायतको उल्लेखनीय उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको स्वागत मन्तब्य समाजसेवी रामशरण खवासले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन बिजय थारुले गर्नु भएको थियो । कार्यक्रममा थारू समुदायमा बिस्तारै हराउँदै गएको झमटा नृत्य पनी प्रस्तुत भएको थियो । कार्यक्रममा स्थानि गायक जितेन्द्र राय, भोजपुरी स्टार सुनिल पन्डित र स्थानीय बालबालिकाहरुले पनी आ आफ्नो जातिय भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।

माघी पर्वसँगै थारु जातीमा खेतबारी अधिया बटैँया लगाउने, गाँउको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन अहिले पर्सामा हटेका स्थानीय थारू अगुवाहरू भनाइ रहेकोछ । पर्साको ऐतिहासिक जिराभवानी गाउँपालिका को वार्ड नम्बर १ परिसरमा भएको थियो। माघी तथा पर्यटन महोत्सव २०७५ आयोजना गरिएको जिराभवनी गाउँपालिका वार्ड नंबर १ आयोजक समितिका अध्यक्ष सुमित दास थारुले जानकारी दिनुभयो ।

पर्साको कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यका साथ राज्यको पुर्नसंरचनासँगैै स्थानीय तह भएपछि यस क्षेत्रमै पहिलोपटक र सो कार्यक्रमको आयोजना गरेको जिराभवानी गाउपालिकाका प्रमुख रामप्रित महतोले बताउनुभयो । महोत्सवमा राष्ट्रिय कलाकारसँंगै स्थानीय थारु कला संस्कृति र देउडा झमटा थारू संस्कृति खानपान वस्तुहरुको प्रदर्शनी पनी  गरिएकाे थियाे ।

माघी पर्वको अवसरमा ७ महिला सहित ४६ जना द्वारा रक्तदान

वीरगंज, १ माघ ।
थारु समुदायको महान पर्व माघी २०७५ तथा नयाँ बर्ष २६४३ को उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको आदर्शनगर स्थित रहेको स्वीमिङ्ग पुलमा भएको रक्तदान कार्यक्रममा ७ महिला सहित ४६ जनाले रक्तदान गरेका छन ।

भवानी हस्पिटल वीरगंजको सहगोगमा र मेलमिलाप थारु परिवार श्रीपुर ११, वीरगंजको संयोजनमा थारु कल्याणकारिणी सभा, थारु नागरिक समाज तथा ग्रामिण बासिन्दाको विकासमा सहभागि संस्थाले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।

मनोज चौधरीको अध्यक्षतामा भएको रक्तदान कायक्रममा शम्भु प्रसाद महतो, कृष्णा श्रीवास्तव, राजु कुमार यादव, सुरेश प्रसाद दास, मुनी देवी साह, गौरव राई थारु, शुसान्त साह, देवान्ती देवी लगायतकाले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र वीरगंजकी दिलमाया घिमिरे नेतृत्वको प्राविधिक टोलीले रक्त संकलन गरेका थिए ।

बिशाल गोल्ड कप : भारतको सिलीगुरीलाई हराउदै झापा सेमिफाईनलमा

वीरगञ्ज, १ माघ ।

वीरगञ्जमा जारी विशाल समृति फुटबल प्रतियोगिताको अन्तिम खेलमा झापा  ४–२ ले विजयी भएको छ । वीरगञ्जको नारायणी रंगशालामा भइरहेको खेलमा झापा ११ ले भारत सिलीगुरीको रोयल एफसी क्लबलाई ४–२ ले पराजित गरेको हो । पहिलो हाफको ७ औं मिनेटमा झापाका लागि जर्सी नम्बर १७ का राजकुमार कन्डनवाले सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको १३ औं मिनेट पछि झापाका लागि पेनाल्टीको सदुपयोग गर्दै जर्सी नम्बर ७ का आशिष चापागाईले गोल गरेका थिए । निकै दवाब रहेको रोयल एफसिले पाएको अवसर सदुपयोग गर्दै खेलमा फर्किने प्रयास गरेपछि दोश्रो हाफको ९ औं मिनेटमा जर्सी नम्बर ९ का सिद्धान्त क्षेत्रीले गोल गर्दै टिमलाई उकास्न खोजेका थिए ।

त्यसको २५ औं मिनेटमा झापा ११ का लागि जर्सी नम्बर १० शक्ति राईले तेश्रो गोल गरेका थिए । दोश्रो हाफ कै ३६ औं मिनेटमा रोयल एफसीका जर्सी नम्बर ८ का करण राईले गोल गरेका थिए । खेलको अन्त्य तिर झापा ११ का विकेश लिम्बुले गोल गर्दै झापालाई  विजयी बनाएका थिए ।

खेलको म्यान अफ द म्याच झापा ११ का आशिष चापागाई घोषित हुँदै उनले पाँच हजार १ रुपैयाँ नगद सहित शिल्ड प्राप्त गरेका छन् । नेपाल र भारत गरी कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा भोलीको पहिलो सेमिफाईनल आयोजक वीरगञ्ज ११ र काठमाडौंको हिमालयन शेर्पा बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।

वीरगंजमा माघी (खिचडी) महोत्सव भव्य रुपमा सम्पन्न

वीरगंज, १ माघ ।
माघे सङ्क्रान्ति तथा थारु सम्बत् २६४३ औंको अवसरमा माघी (खिचडी) महोत्सव वीरगंजमा भव्य रुपमा सम्पन्न भएको छ । थारु समुदायको पहिरनमा वीरगंजको घण्टाघरबाट निस्केको र्याली वीरगंजको आदर्शनगर स्थित रहेको स्वीमिङ्ग पुलमा पुगी समाहरोहमा परिणत भएको थियो ।

माघी (खिचडी) मूल समाहरोह समिति, पर्साको आयोजनामा विगतका बर्ष झै यस बर्ष पनि भएको महोत्सवमा सांस्कृतिक कार्यक्रमको साथै थारु समुदायको विभिन्न खानाको परिकार समेत राखिएको थियो । वीरगंजका विभिन्न विद्यालयमा अध्ययनरत छात्र÷छात्राहरुले थारु समुदायको पहिचान झल्कने खालको नृत्य तथा गित प्रस्तुत गरेका थिए ।

समाहरोहमा बोल्ने वक्ताहरुले थारु समुदायको शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । शिक्षाका साथ साथै थारु समुदायमा दाइजो प्रथा सुरु हुदै गएकोले त्यसलाई रोक्नु पर्ने पर्ने धारणा राखेका थिए । माघी मुल समाहरोह समितिका संयोजक एवं मेलमिलाप थारु परिवारका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा र सुबलाल भगत उच्च मा.वि. रौतहटका जग्गा दत्ता परिवारका प्रतिनिधि अघिलेश्वर चौधरीको प्रमुख आतिथ्यतामा समाहरोह भएको थियो ।

समाहरोहमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई, पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव, उप मेयर अर्चना चौधरी, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, उपाध्यक्ष ममता महतो, गण्डक हस्पिटलका संचालक रहबर अंसारी, नेशनल मेडिकल क्लेजका संचालक बसरुदिन अंसारी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिक्षाने, पर्साका अध्यक्ष श्याम बंजारा, आदवासी जनजाती पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष निरज पिठाकोठे मगर लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कालिकामाई गाउँपालिका निवासी राजबली पटेल पक्राउ

वीरगंज, १ माघ ।
पर्साको कालिकामाई गाउँपालिका वडा नं. १, टिनडोबिया निवासी राजबली पटेललाई प्रहरीले पक्राउ गरेको छ । अन्दाजी ३२ वार्षिय पटेललाई जिल्ला प्रहरी कार्यालय, पर्साको क्राईम ब्रान्चको टोलि र ईलाका प्रहरी कार्यालय, पोखरियाको संयुक्त प्रहरी टोलिले मंगलबार बिहान उनकै निवासबाट पक्राउ गरेको हो ।

एक महिना पहिले स्थानीय एकल महिला सुनिती देबिको फासो लगाएको अवस्थामा शव फेला परेको थियो भने त्यस सम्बन्ध मै अनुसन्धानको लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । मृत्यु भएका एकल महिला र पटेलको कुरा भएको कल डिटेलमा फेला परेकोले अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको समाचार स्रोतले जनाएको छ ।

पक्राउ परेका पटेल ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा रहेका छन ।

प्रादेशिक सार्वजनिक सडक विधेयक मस्यौदा बारे वीरगंजमा सुझाव सङ्कलन

वीरगंज, १ माघ/
प्रदेश २ सरकारले सार्वजनिक सडक विधेयक ल्याउन लागेकोमा सोको तयारी मस्यौदाबारे सोमवार वीरगंजमा छलफल तथा सुझाव सङ्कलन भयो ।
होटल भिस्वामा आयोजित कार्यक्रममा सरोकारवालाहरूसँग प्रदेश २ का भौतिक योजना पूर्वाधार विकास तथा यातायात मन्त्रालयले अन्तक्र्रिया गरी सुझाव सङ्कलन गरेको हो । प्रदेशको सडकहरूको  वर्गीकरण गरी निर्माण, मरम्मत सम्भार, विस्तार एवं सुधार गर्न आवश्यक जग्गा प्राप्ति, मुआब्जा वितरणलगायत विषयमा छलफल भएको थियो ।
प्रदेशको सडकलाई अन्तर्राष्ट्रिय मादण्ड अनुरूप समय सुहाउँदो र गुणस्तरयुक्त बनाउने, निर्माण र
मरम्मत सम्भार कार्यलाई पारदर्शी एवं प्रभावकारी बनाउने, सार्वजनिक सडकबाट लाभान्वित हुने सडक छेउका जग्गावालाहरूबाट विकास कर असुल गर्नेलगायत महल राखेर प्रदेश सरकारले कानून बनाउन थालेको भौतिक योजना पूर्वाधार विकास तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटबाट पनि अनलाइन सुझाव सङ्कलनको व्यवस्था गरिएको छ ।
कार्यक्रममा भौतिक राज्यमन्त्री डिम्पल झा, नेपाली कांग्रेस प्रदेश नं. २ का सचेतक उपेन्द्र कुशवाहा, राजपाका सचेतक परमेश्वर साह, फोरमका सचेतक शैलेन्द्र यादव, प्रदेश सांसद बाबूलाल साह, डा. अञ्जु यादव, वीरगंजका मेयर विजय सरावगी, जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंह, नीति आयोगका सदस्य राजकुमार लेखी, बारा पर्साका पूर्वाधार विकास कर्याालयका प्रमुख इन्जिनीयर सञ्जय साहलगायतको सहभागिता थियो ।
कार्यक्रम मन्त्रालयका सचिव पुष्कार घिमिरेको अध्यक्षतामा भएको थियो ।

लागु औषध ईन्जेक्सन सहित एक पक्राउ

वीरगंज, ३० पुस ।
पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिकाको वडा नं. १४, बल्खु बस्ने बर्ष ४० का बिमल रोक्का रहेका छन । रोक्काको साथबाट लागु औषध ईन्जेक्सन फेनारगन ३३ पिस, नुर्फिन ३३ पिस र डाईजिल्याव ३३ पिस फेला परेकोले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले आइतबार सांस ८ बजेको करिबमा वीरगंज महानगरपालिकाको वडा नं. १६, बसपार्क स्थित सडक खण्डबाट रोक्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

विभिन्न सवारी साधन तथा पैदल यात्री समेतको चेकजाँच गर्ने क्रममा दक्षिण भारत रक्सौलबाट उत्तर वीरगंज तर्फ पैदल हिडी आउदै गरेको रोक्कालाई लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

नव जनजागृतिलाई हराउदै आर्मी विजयी

वीरगंज, ३० पुस ।

भरत खवासको ह्याट्रिक सँगै दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा आर्मी विजयी भएको छ । वीरगञ्जको नारायणी रंगशालामा जारी प्रतियोगितामा आर्मीले बारा सिमराको नव जनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा दोस्रो ह्याट्रिक गर्न सफल आर्मीका भरत खवास नै म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा भोलि झापा ११ र भारत सिलगुडीको रोयल एफसीबीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले कपसहित नगद ५ लाख ५५ हजार पाँच सय ५५  र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिने छ ।