Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1060

एसोसिएसनद्धारा आमाको छात्रावास आश्रमलाई स्टेशनरी सहयोग

दिपेन्द्र यादव/वीरगञ्ज, ०८ माघ ।

नेशनल युथ एसोसिएसन पर्साले सोमबार आमाको छात्रावास आश्रम वीरगंजलाई स्टेशनरी सामान सहयोग गरेको छ । आमाको छात्रावास अनाथालयमा बसोबास गरिरहेका करिब २५ जना बालबालिकालाई स्टेशनरी सामान सहयोग गरिएको युथ एसोसिएसन पर्साका उपाध्यक्ष नितेश वर्णवालले बताए ।

उनका अनुसार आमाबुबा विहिन भएका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भन्ने उदेश्यले आवश्यक सामग्री सहयोग गरिएको हो । नेशनल युथ एसोसिएसन पर्साका अध्यक्ष अनमोल भट्टाचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निशान्त थापा, युथ एसोसिएसन उपाध्यक्ष नितेश वर्णवाल, उज्जवल बाँनिया, सन्दिप महतो, सुशिला पौडेल, गरिमा पाण्डे, सन्तोष नेपाल, अमरदिप विश्वकर्मा, सागर पोखरेल लगायतकाको उपस्थिती रहेको थियो ।

आस्था नेपाल पुर्नस्थापना केन्द्रको संयुक्त प्रयासमा गरिएको सहयोय कार्यक्रमको सञ्चालन गौरव वर्माले गरेका थिए । आगामी दिन समाजलाई फाईदा पुग्ने काममा आफु र आफ्नो संस्था निरन्तर अग्रसर रहने युथ एसोसिएसन पर्साका उपाध्यक्ष वर्णवालको भनाई छ ।

पोखरिया नगरपालिकामा बेस्ट चर्पी प्रयोगकर्तालाई सरसफाई किट

पर्सा, ८ माघ ।
पोखरिया नगरपालिकामा आज एक कार्यक्रमका बिच सरसफाई किट वितरण गरिएको छ । पोखरिया नगरपालिका अन्तर्गतका सबै वडाका बेस्ट चर्पी प्रयोगकर्ता ६० जनालाई सरसफाई किट वितरण गरिएको हो ।

पोखरिया नगर कार्यापालिकाको कार्यालय पोखरियामा भएको सरसफाई सामग्री वितरण कार्यक्रममा वडा नं. १ देखी १० सम्मका प्रति वडा ६/६ जनाको दरले ६० जनालाई सरसफाई किट वितरण गरिएको आईटी अफिसर अरबिन्द दुबेले वताए ।

नगर प्रमुख दिपनारायण रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, वडा नं. २ का वडा अध्यक्ष सुरेन्द्र यादव, समाजिक विकास शाखाका विनोद पाण्डे, युनिसेफका प्रतिनिधि नरेन्द्र साह लगायतकाको सहभागिता रहेको थियो ।

ययुनिसेफ नेपालको सहयोगमा र पोखरिया नगरपालिकाको आयोजनामा सरसफाई किट वितरण गरिएको हो ।

लामाे समय पछि कालिकामाईकाे गाउँ सभा सम्पन्न

पर्सा, ७ माघ ।
लामो समय पछि पर्साको कालिकामाई गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ । असार मसान्त भित्र गरि सक्नु पर्ने सभा ६ महिना पछि मात्र बहुमतले भएको वताईएको छ । स्वास्थ्य चौकी मुडलीमा भएको सभाले आर्थिक बर्ष २०७५/७६ को लागि कुल रु २८ करोड १६ लाख ३४ हजार एक सय ४८ बराबरको बजेट तथा कार्यक्रम तय गरेको छ ।

जसमा आर्थिक बिकास तर्फ रु ८० लाख, समाजिक बिकास तर्फ रु एक करोड २३ लाख, पुर्वधार विकास तर्फ रु एक करोड ३६ लाख, वातावरण तथा बिपत ब्यवस्थापन तर्फ रु १५ लाख, संस्थागत क्षमता विकास तथा क्षेत्र विकास तर्फ रु २ करोड २७ लाख ९२ हजार, कार्यालय संचालन चालू तर्फ रु ४ करोड ५० लाख, वडा कार्यालयको ५ वटैको विकास तर्फ रु ४ करोड ५० लाख, बहुक्षेत्रिय पोषण कार्यक्रम तर्फ रु २ करोड ४ लाख, नेपाल सरकारको ससर्त अनुदान रु ७ करोड २४ लाख, प्रदेश सरकारको २४ लाख ७१ हजार बजेट छुट्याइएको प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले वताए ।

गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको अध्यक्षतामा चौथो गाउँ सभा सम्पन्न भएको अधिकृत यादवले वताए । चौथो गाउँ सभाको नीति, बजेट तथा कार्यक्रम आजै सार्वजनिक समेत गरिएको यादवले जानकारी गराए ।

जनप्रतिनिधि बिच बजेट भाग बान्डाको कुरा नमिल्दा गाउँ सभा हुन्न सकिरहेको थिएन । गाउँ सभा नहुदा बिकासको काम प्रभाभित भएको थियो । केही समय पहिला मात्र सरुवा भई आएका प्रमुख प्रसाशकिय अधिकृत यादवको १५ दिनकाे निरन्तरको प्रयासले गाउँ सभा सम्पन्न भएको हो ।

गाउँ सभा सम्पन्न भए पनि श्री सुकैइ साह मा.वि. भेडिहारीलाई १०+२ बनाउन निर्णय गरिएको छैन । ४ महिना देखि बिधालयलाई १०+ २ बनाउ विभिन्न किसिमको आन्दोलन नै भए पनि त्यसको वेवास्त गाउँ सभाले गरेकाे छ ।

 

तस्करीको कुरा गर्न प्रहरी कार्यालय पुगेका पुर्व गा.वि.स. अध्यक्ष आलम र गुप्ता थुनामा

वीरगंज, ७ माघ ।
तस्करीको कुरा गर्न जिल्ला प्रहरी कार्यालय, पर्सा पुगेका २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पकहा मैनपुर गाउँपालिका वडा नं. ५, सबैठवाका अ. ५५ वर्षिय नसुरलाह आलम र छिपहरमाई गाउँपालिका वडा नं. १, मिर्जापुरका अ. बर्ष ४५ का रामबाबु गुप्ता रहेका छन ।

शनिबार गिट्टी तस्करीको कुरा गर्न प्रहरी कार्यालय पुगेका आलम र गुप्ता प्रहरी संग विवाद गर्दा नियन्त्रणमा लिई सार्वजनिक अपराध मुद्दा दर्ता गरि अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले वताए ।

प्रहरी हिरासतमा रहेका आलम पुर्व गा.वि.स. अध्यक्ष, नेपाल संघिय समाजवादी पार्टीका नेता तथा गत निर्वाचनमा गाउँपालिका अध्यक्ष र प्रदेश सभा सदस्य पदमा चुनाव लडेका ब्यक्ति हुन ।

वीरगंजमा आत्मरक्षाकाे लागि सीप सिख्दै किशोरीहरु

महिला आत्मरक्षा र आत्म विश्वास बढाउन मिशन सहासी अभिया /
वीरगंज, ६ माघ ।
विद्याथीहरुको हितको लागी मिसन सहासी अभियान शुरु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालको आयोजनामा आइतवार मिशन साहासी अभियान शुरु भएको हो । वीपरगंज स्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा अभियानको उद्घाटन गर्दै शुरुवात गरिएको हो ।
देशमा भइरहेको विकृती तथा महिला हिंसा बढदै गएको कारण, महिला आत्मरक्षा र आत्म विश्वास बढाउनका लागि मिशन सहासी अभियान शुरु गरिएको हो ।
आयोजित कार्यक्रमको उद्घाटन गदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रहरी उपरीक्षक रेवती ढकाल, ट्राफिक प्रहरी उपरीक्षक किरण बज्राचार्य प्राध्यापक डा दिपक शाक्य लगायतले आत्म विश्वास नै सबैभन्दा बलियो हतियार भएको बताएका थिए ।
कार्यक्रम संयोजक डा सुस्मा तिवारीले समाजमा विद्यमान महिला हिंसा न्युनिकरण गर्नका लागी आत्म विश्वास बढाउने उद्देश्यले अभियान शुरु गरिएको जानकारी दिईन ।
अभियानमा सहभागी युवतीहरुलाई आफु प्रति सेल्फ डिफेन्स टेकनिकहरु सिकाउनुको साथै आत्म विश्वासी बढाउन प्रेरित गर्नेगरी कराँतेका प्रशिक्षकहरु बाट हासिल गर्ने अभियान संयोजन समितिका केन्द्रिय सदस्य लक्ष्मी कर्णले बताईन । आइतबार ६ गते देखि शुरु भएको प्रशिक्षक प्रशिक्षण तालिम माघ १२ गते सम्म चल्ने छ ।

संघीयता सफल पार्न केन्द्र, प्रदेश तथा स्थानीय तहको समन्वय अपरिहार्य

काठमाडौं – संघीयता सफल पार्न केन्द्र, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरुले एक आपसमा समन्वय गर्नुको विकल्प नरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्। राजधानीमा आयोजित ” समानुभूतिपूर्ण सभ्यता” नामक पुस्तक विमोचन  कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारीहरुले पनि आफ्नो स्वार्थभन्दा राष्ट्रसेवालाई केन्द्रमा राखे मात्र देश सफल हुने बताएका छन् ।
समतामूलक समाज निमार्णको वकालत गर्ने विश्वचर्चित लेखक तथा प्रोफेसर रोबर्टसन वर्क द्वारा लिखित पुस्तकको नेपाली अनुवाद ‘समानुभूतिपूर्ण सभ्यता’ को परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विमोचन कार्यक्रममा बोल्दै  पुस्तकले नेपाली समाजमा सकारात्मक सन्देश र दिगो विकासको अवधारणा अघि बढ्ने बताए । ‘वर्तमान समयमा ६  वटा क्षेत्रमा वातावरणीय दिगोपन, लैंगिक समानता, आर्थिक तथा सामाजिक न्याय, सहभागितामूलक शासन र सांस्कृतिक सहिष्णुता र शान्ति तथा अहिंशा  सहित प्रेरित गरिएको छ ।
जसले गर्दा यिनीहरुको व्यवस्थापनबाट समृद्धि नेपालको अभियानमा टेवा पुग्ने भएकाले यो पुस्तक नेपालीमा अनुवाद गरिएको हो,’ अनुवादक आइसिए नेपालका उपाध्यक्ष आत्माराम तिमिल्सनाले बताए। पुस्तकले वर्तमान समयमा मानवले सामना गर्नु परिरहेका चुनौतीहरुका बारेमा समीक्षा गर्नुका साथै ती चुनौतीका समाधानका बारेमा समेत मार्ग प्रशस्त गरेको तिमिल्सनाले बताए।
kendra-kalikatimes
नेपाली राजनीति तथा बिकाशको क्षेत्रमा समेत सकारात्मक प्रभाव राख्न सक्ने भएकाले यो महान अभियान को निम्ति हाम्रो राज्नितीग्य तथा विकास  कार्यकर्तालाई नया सोच र विवेकको आवस्यकता परिपूर्ति गर्ने उदेश्यले यो पुस्तक नेपालीमा अनुबाद गरिएको कुरा अनुवादक तिमिल्सिना बताउनुहुन्छ ।
सो कार्यक्रममा बोल्दै गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले राज्य भर्खरै संघीयतामा प्रवेश गरेकाले जनप्रतिनिधिहरुले कानुन तथा कार्यप्रक्रियाको अनुभवहीनताका कारण कार्यप्रगति सन्तोषजनक हुन नसकेको बताए। ‘हामीले साचेअनुसार काम गर्न सकेका छैनौं,’ श्रेष्ठले बताए, ‘गाउँपालिका लगायतका स्थानीय निकायको कार्य प्रभावकारी बनाउनका लागि सम्बद्ध सबै निकाय लाग्नुपर्छ।’ कार्यक्रममा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवी लगायतले पुस्तकबारे टिप्पणी गरेका थिए।

भारतिय पक्षले गण्डक नहरमा पानी ढिलो छाडदा सिचाई गर्न ग्राहो

वीरगंज, ०६ माघ ।
प्रत्यक वर्षझै यस वर्ष पनि भारतीय पक्षले गण्डक नगरमा ढिलो पानी छाडदा कृषहरुलाई सिचाई गर्न भयाई नभयाई भएको । अहिले गहुँका लागि उपयोग हुने पानि ढिलो गरी छाड्दा किसानलाई भयाई नभयाई भएको हो । गण्डक नहरको भौतिक संरचना पर्सा, बारा र रौतहटको सिँचाइको मुख्य स्रोत रहेको छ । धान र गहुँबालीमा सिँचाइका लागि गण्डक नहरको पानी प्रयोग गर्दै आएका छन् ।

भारतको भैंसालोटन, रामनगर हुँदै नेपाल प्रवेश गरेको गण्डक नहरको भौतिक संरचना पर्सा, बारा र रौतहटसम्म छ ।
गण्डक नहरमा डेढ साता ढिलो गरी पानी आएको कारण गाउँमा रहेको पम्पी सेटले भयाई नभयाई भएको पर्सा गघैया टोल घुर्मीका रामकिसन साहले बताए । नहरमा एकासी पानि आएपछि खान खान समेत फुसद मिलाउन गाह्रो भएको उनले बताए ।

‘एक त हाम्रो खेततिर बोरिङ र ट्युबवेल छैन, पम्पिङ सेटबाट पानी पटाउनु भएका कारण गण्डक नहरको भरमा बस्नु परेको पर्सा गघैया टोल घुर्मीकी किसमती देवीले बताईन । हरेक वर्ष गहुँ र धानबाली लगाउने बेलामा समय बिताएर ढिला गरी गण्डक नहरमा पानी आउँछ र नहरमा पानी नआएपछि गहुँबाली र धानबाली लगाउने बेलामा भगवान भरोसा मै खेति गरीन्छ उनि बताईन ।’

भारत सँगको गण्डक सम्झौता थता पूर्व निर्धारित तालिका अनुसार भारतले गहुँ बालीका लागि २५ डिसेम्बरमा नहरमा पानी छोडी सक्नु पर्नेमा यस वर्ष जनवरी ६ देखि मात्र नहरमा पानी आएको छ । गण्डक नहरमा भारतीय भूभागमा नहरमै पुल निर्माणको काम भएकाले भारतीय पक्षले ढिलो गरी नहरमा पानी छोडेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका प्रमुख इन्जिनियिर राजेन्द्र प्रसाद साहले बताए ।

गण्डक नहरमा पानी आएसँगै पर्सा र बाराका किसानको खेत पनि सिंचित हुन थालेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश कुमार साहले बताए । अबको केहि दिन भित्र नहरको पानी बाराको पूर्वी तथा रौतहटको पश्चिमी भेग सम्म पनि पुग्छ,’ र ‘धान बाली जस्तो धेरै पानी नचाहिने भएको कारण गहँु बालीका लागी थोरै भए पनि यस वर्ष पानीको समस्या हुँदैन बताए ।

न् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । नेपाल र भारत बीच भएको गण्डक सम्झौता अनुसार नहरमा भारत सरकारले नेपालतर्फ ८ सय ५० क्युसेक पानी छाड्नु पर्ने हो ।

सखुवा प्रसौनी गाउँपालिका अन्तर्गका विद्यालयहरुको अध्यक्ष जयसवालद्वारा अनुगमन तथा निरिक्षण

पर्सा, ६ माघ ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले गाउँपालिका अन्तर्गतका २९ वटा बिधालयको निरिक्षण तथा अनुगमन गरेका छन । बिधालयहरुको निरिक्षण गर्दा खोनेपानी, भौतिक पुर्बाधार, सरसफाई, शिक्षक दरबन्दी तथा बिधार्थीहरु पढने क्षमतामा कमी रहेको पाईएको अध्यक्ष जयसवालले बताए ।

कक्षा १ देखी ३ सम्मका बिधार्थीहरुमा अक्षर चिन्न नसक्ने र ंछिटोछिटो पढन नसक्ने ंसमस्या पनि देखिएको जयसवालले वताए । गाउँपालिको ३ वटा बिधालय बाहेक अन्य सबै बिधालयको पढाई कमजोर रहेकोले बिधालयका शिक्षक तथा बिधालय ब्यवस्थापन समितीका सम्मपुर्ण पदाधिकारीहरुलाई ध्यान दिन निर्देशित समेत गरिएको जयसवालले जानकारी गराए  ।

श्रंीं नेपाल राष्ट्रिय माध्यमिक बिधालय ंमहुअवन, श्री दिपनारायण उच्च माध्यमिक बिधालय श्रीपुर पांचगावा र सिरही सथवल बाहेक अन्य बिधालय पढाई कमजोर रहेकोले शिक्षाको स्तर बढाउन सम्पूर्ण शक्ति परिचालन गर्ने ंअध्यक्ष जयसवालले बताए ।

ठोरीमा हातीले भत्काए ३ जनाको घर

पर्सा, ६ माघ ।
पर्साको ठोरी गाउँपालिका हाती आतंक अझै रोकिएको छैन । शनिबार राती वडा नं. १ मा आएको हातीले ३ वटा घर भत्काएका छन । राती ११ बजेको करिबमा आएको हातीले स्थानिय होमनाथ अधिकारी, चन्द्रबादुर सुनारी र लालकाजी गुरुंगको घर भत्काएको प्रहरीले जनाएको छ ।

हाती आतंकका कारण स्थानियहरु रातभरी सुतन सकेका थिएन भने होहल्ला गर्दै हाती लखेटनमा ब्यस्त रहेका थिए । हातमा लौरो, घरेलु हतियार, टिन, डब्बा र आगो वाली होहल्ला गर्दा पनि बिहान ४ बजे हाती जंगल पसेको गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले बताए ।

हातीको आंतकबाट घरमा रहेको तैयारी चामल, पिठो र अन्य खाद सामग्रीहरु नोक्सान गरेको पिडितहरुले बताएका छन । स्थानियको हल्ला पश्चात आएका प्रहरीले पनि हातीलाई भगाउन प्रयास गरेको थियो ।

मैन अफ द सिरिज शेर्पाका श्रेष्ठ

वीरगंजमा भएको दोस्रो विशाल गोल्ड कप प्रतियोगिताको मैन अफ द सिरिज घोषणा भएका हिमालयन शेर्पाका बिश्वास श्रेष्ठलाई सुजिकीको जिक्सर मोटरसाइकल प्रदान गरिदै । तस्बिर : कालिका टाईम्स