Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

नारायणी सिचाईका हाकिम माेटाे पैसा कमाउने लाेभमा नियम विपरित काम गर्दै

spot_img
spot_img

वीरगंज । नारायणी सिचाई डिभिजन कार्यालय वीरगंज, पर्साका कार्यालय प्रमुख राजिन्द्र साहले पैसकाे लाेभमा नियम विपरित काम गरि रहेकाे तथ्य फेला परेकाे छ ।

कार्यालय प्रमुख साहले माेटाे कमिशनकाे लाेभमा टेन्डरबाट गर्नु पर्ने काम उपभाेक्ता समितिलाई दिएर पैसा कमाउन लागि परेका छन् । नारायणी सिचाई बलक नं. ५ अन्तर्गतका नहर सफा विना टेन्डर बलक नं. २ का उपभाेक्ता समितिलाई दिएर काम गराउन थालेका हुन् ।

कार्यालय प्रमुख साहले बलक नं. २ का उपभाेक्ता समितिका अध्यक्ष कुशमी देबी संगकाे मिलाेमताेमा बलक नं. ५ सफा गराई माेटाे रकम कमाउन लागि परेका छन् । उपभाेक्ता समितिका अध्यक्ष कुशमी भए पनि सब करता धर्ता दिनेश कलवाहर रहेका छन् ।

विना टेन्डर काम गर्नु परेमा कार्यालयले आफै गर्नु पर्ने नियम भए पनि साे नियमकाे कार्यालय प्रमुख साहले खुल्याम धजिया उडाइरहेका छन् । नारायणी सिचाई डिभिजन कार्यालय वीरगंज, पर्सा संग २ वटा एसकाभेट हुदा हुदै पनि अन्य उपभाेक्ता समिति मार्फत काम गराउन थालेका हुन् ।

उपभाेक्त्ता समितिले सम्बन्धित बलकमा काम गर्नु पर्नेमा अन्य बलकमा काम गर्नु नै नियत गलत भएकाे सजिलै बुझन सकिन्छ । हाल  भइरहेकाे काम विना स्टिमेट भइरहेकाे समेत बुझिएकाे छ । साे सम्बन्धमा बुझन कार्यालय प्रमुख साह संग निजकाे माेबाइलमा सम्पर्क गर्न प्रयास गर्दा पनि फाेन नउठेका कारण हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...