Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

माेटरसाईकल दुर्घटनामा परी पटेलकाे निधन भए पछि गाउँ नै शाेकमा

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडी निवासी एक युवककाे माेटरसाईकल दुर्घटनामा परी निधन भए पछि गाउँ नै शाेकमा परेकाे छ ।

शनिबार राती बाराकाे सिमिराबाट घर फर्कने क्रममा लंगडी निवासी रामनाथ पटेलको छोरा बर्ष २८ का जयकुमार पटेलको मृत्यु भए पछि गाउँ नै शाेकमा डुबेकाे हाे । परवानीपुर सडक खण्डमा अनुपम काेल्ड स्टाेर नजिक दुर्घटना हुदा उनकाे मृत्यु भएकाे थियाे ।

ना ६५ प ५८२ नम्बरको मोटरसाइकल अनियंत्रित भई सडकमा कुदिरहेको गाडीले कुल्चेर पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चिकनीका बर्ष २५ का अर्जुन पटेल घाइते भएका थिए ।

ठक्कर दिने ना. ४ ख. १८०२ नम्बरकाे ट्रिपर र चालकलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएकाे छ । दुर्घटनामा परेका माेटरसाईकलमा सवार अर्जुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटना सम्बन्धमा अनुसन्धान गर्न अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । 

मृतकको शव पोस्टमार्टम पछि आइतबार परिजावरले गाउँमा लगे पछि घटना बारे गाउँवासीलाई थाह भएकाे थियाे । मृतककाे शव गाउँमा पुगे पछि गाउँ नै शाेकमा परेकाे थियाे । आइतबार नै मृतक जयकाे दाह संस्कार पनि गरिएकाे थियाे । 

मृतक जयकाे एउटा ३ बर्षका छाेरा र एउटा ६ महिनाकाे छाेरी छन् । उनी वीरगंज स्थित रहेकाे नारायणी केमिकल अगरबती उद्याेगमा लेखापालको काम गर्दै आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...