Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

माेटरसाईकल दुर्घटनामा परी पटेलकाे निधन भए पछि गाउँ नै शाेकमा

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडी निवासी एक युवककाे माेटरसाईकल दुर्घटनामा परी निधन भए पछि गाउँ नै शाेकमा परेकाे छ ।

शनिबार राती बाराकाे सिमिराबाट घर फर्कने क्रममा लंगडी निवासी रामनाथ पटेलको छोरा बर्ष २८ का जयकुमार पटेलको मृत्यु भए पछि गाउँ नै शाेकमा डुबेकाे हाे । परवानीपुर सडक खण्डमा अनुपम काेल्ड स्टाेर नजिक दुर्घटना हुदा उनकाे मृत्यु भएकाे थियाे ।

ना ६५ प ५८२ नम्बरको मोटरसाइकल अनियंत्रित भई सडकमा कुदिरहेको गाडीले कुल्चेर पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चिकनीका बर्ष २५ का अर्जुन पटेल घाइते भएका थिए ।

ठक्कर दिने ना. ४ ख. १८०२ नम्बरकाे ट्रिपर र चालकलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएकाे छ । दुर्घटनामा परेका माेटरसाईकलमा सवार अर्जुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटना सम्बन्धमा अनुसन्धान गर्न अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । 

मृतकको शव पोस्टमार्टम पछि आइतबार परिजावरले गाउँमा लगे पछि घटना बारे गाउँवासीलाई थाह भएकाे थियाे । मृतककाे शव गाउँमा पुगे पछि गाउँ नै शाेकमा परेकाे थियाे । आइतबार नै मृतक जयकाे दाह संस्कार पनि गरिएकाे थियाे । 

मृतक जयकाे एउटा ३ बर्षका छाेरा र एउटा ६ महिनाकाे छाेरी छन् । उनी वीरगंज स्थित रहेकाे नारायणी केमिकल अगरबती उद्याेगमा लेखापालको काम गर्दै आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...