Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

समानताको पुस्ता: बलात्कार विरुद्ध ऐक्यबद्धता कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत समानताको पुस्ता: बलात्कार विरुद्ध ऐक्यबद्धता कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

किशोरी सशक्तिकरणका लागी संवाद कार्यक्रम अन्तर्गत भएकाे कार्यक्रममा महिला हिंसा बन्द गरौ, किशोरीको आवश्यकता शिक्षा र सुरक्षा, महिला सम्मान समाज कल्याण, बलत्कारी होशियार होशियार, नारि जगतको जन्नी हो, किशोरी माथी दुव्र्यवहार अन्त होस लगायतकाे नारा लगाउदै र्‍याली निकालिएको थियो ।

चाईल्ड नेपाल र संरक्षण नेपालको सहकार्य तथा नेपाल ग्रामिण पूननिर्माण संस्था (आर.आर.एन )काे आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रम अन्तर्गत किशोरी संवादबाट प्राप्त गरेको शिक्षा अनुसार परवानीपुर गा. पा वडा नं ५ की लक्ष्मी सरर्फले भनिन् हामी महिला हिंसाको बारेमा जनकारी पायौ, दाईजो विरुध र बाल विवाहका बारेमा बताईन् ।

लक्ष्मी सरार्फले बालबालिकालाई आधिकार पाउने र ठुला बढालाई पाउने सम्मान बालबालिकालाई समेत पाउनु पर्ने वताइन । उनले समाजमा भइरहेको महिला हिंसा, रक्सी खाई महिलामाथी हुने दुब्र्यहार अन्त हुुनु पर्ने बताउदै हाम्रो समाजमा देखा सिकी बालविवाह हुने गरेकाे वताइन ।

खुशि गप्ताले बालविवाह गर्नु हुदैन, उमेर पुगेमात्र गर्ने र दाइजो लिनु दिनु अप्राध हो तथा महिला हिंसा अन्त गनु पर्ने धारणा राखिन ।

परावनीपुर गाउँपालिका वडा नं ५ को वडा भवन आगाडीबाट निकालीएको र्‍याली गाउँ परक्रिमा गरी इलाका प्रहरी कार्यलय प्रसौनीमा पुगेकाे थियो । इलाका प्रहरी कार्यलय प्रसौनीका प्रहरी निरिक्षक ओम प्रकाश यादवलाई महिला हिंसा तथा किशोरी सुरक्षा सम्बन्धमा ज्ञापन पत्र बुझाएका थिए ।

र्‍याली नेतृत्व गर्दै आएकी किशोरी कञ्चन साहले ज्ञापन पत्र पढदै लेखिएका अनुसार समाजमा दिन प्रतिदिन बढदै गएको महिला हिंसा, किशोरी दुव्र्यहार, बालविवाह तथा हिंसात्मक दैनिक घटना प्रति भयभित किशोरीहरु भएका कारण विषयमा ध्यान आकर्षण गराएका थिए । सथै कार्यक्रम स्थलमै किशोरीद्वारा ‘‘म प्रतिबद्ध छु बाल विवाह गर्दिन र गर्न दिन् ” मा हास्ताक्षर गरी प्रतिबद्धता जनाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...