Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

समानताको पुस्ता: बलात्कार विरुद्ध ऐक्यबद्धता कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत समानताको पुस्ता: बलात्कार विरुद्ध ऐक्यबद्धता कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

किशोरी सशक्तिकरणका लागी संवाद कार्यक्रम अन्तर्गत भएकाे कार्यक्रममा महिला हिंसा बन्द गरौ, किशोरीको आवश्यकता शिक्षा र सुरक्षा, महिला सम्मान समाज कल्याण, बलत्कारी होशियार होशियार, नारि जगतको जन्नी हो, किशोरी माथी दुव्र्यवहार अन्त होस लगायतकाे नारा लगाउदै र्‍याली निकालिएको थियो ।

चाईल्ड नेपाल र संरक्षण नेपालको सहकार्य तथा नेपाल ग्रामिण पूननिर्माण संस्था (आर.आर.एन )काे आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रम अन्तर्गत किशोरी संवादबाट प्राप्त गरेको शिक्षा अनुसार परवानीपुर गा. पा वडा नं ५ की लक्ष्मी सरर्फले भनिन् हामी महिला हिंसाको बारेमा जनकारी पायौ, दाईजो विरुध र बाल विवाहका बारेमा बताईन् ।

लक्ष्मी सरार्फले बालबालिकालाई आधिकार पाउने र ठुला बढालाई पाउने सम्मान बालबालिकालाई समेत पाउनु पर्ने वताइन । उनले समाजमा भइरहेको महिला हिंसा, रक्सी खाई महिलामाथी हुने दुब्र्यहार अन्त हुुनु पर्ने बताउदै हाम्रो समाजमा देखा सिकी बालविवाह हुने गरेकाे वताइन ।

खुशि गप्ताले बालविवाह गर्नु हुदैन, उमेर पुगेमात्र गर्ने र दाइजो लिनु दिनु अप्राध हो तथा महिला हिंसा अन्त गनु पर्ने धारणा राखिन ।

परावनीपुर गाउँपालिका वडा नं ५ को वडा भवन आगाडीबाट निकालीएको र्‍याली गाउँ परक्रिमा गरी इलाका प्रहरी कार्यलय प्रसौनीमा पुगेकाे थियो । इलाका प्रहरी कार्यलय प्रसौनीका प्रहरी निरिक्षक ओम प्रकाश यादवलाई महिला हिंसा तथा किशोरी सुरक्षा सम्बन्धमा ज्ञापन पत्र बुझाएका थिए ।

र्‍याली नेतृत्व गर्दै आएकी किशोरी कञ्चन साहले ज्ञापन पत्र पढदै लेखिएका अनुसार समाजमा दिन प्रतिदिन बढदै गएको महिला हिंसा, किशोरी दुव्र्यहार, बालविवाह तथा हिंसात्मक दैनिक घटना प्रति भयभित किशोरीहरु भएका कारण विषयमा ध्यान आकर्षण गराएका थिए । सथै कार्यक्रम स्थलमै किशोरीद्वारा ‘‘म प्रतिबद्ध छु बाल विवाह गर्दिन र गर्न दिन् ” मा हास्ताक्षर गरी प्रतिबद्धता जनाएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...