Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

सडक बिस्तारकाे मांग गर्दै वीरगंजमा प्रदर्शन तथा महानगर अगाडी धर्ना

spot_img
spot_img

वीरगंज । सडक विस्तारकाे मांग गर्दै वीरगंज बिकाश युवा संर्घष समितीले आज वीरगंजमा प्रर्दशन गरेको छ । वीरगंजकाे मुख्य सडक बिस्तारमा षडयन्त्र भएको भन्दै समितीले साेमबार पुनः वीरगंजमा प्रर्दशन गरेको हो ।

संघर्ष समितिकाे पूर्व निर्धारित विराेधकाे कार्यक्रम अन्तर्गत वीरगंजमा विराेध र्‍याली तथा धर्ना कार्यक्रम सम्पन्न भएकाे संघर्ष समितिका सचिव संदिप बिक्रम साहले वताए । वीरगंजकाे घण्टाघरबाट शुरु भएको विराेध र्‍याली वीरगंज महानगरपालिकाको कार्यलयमा पुगी धर्नामा परिणत भएकाे थियाे । महानगर कार्यालयकाे मुल गेटमा प्रदर्शनकारीहरु एक घन्टा धर्ना बसेका थिए ।

प्रर्दशनकारीहरुलाई मेयर बिजय सरावगीले समय नदिदा थप आक्रोशित हुदै प्रर्दशनकारीहरुले मेयर बिरुद्ध चर्को नारावाजी गर्दै राजिनामाको माँग समेत गरेका थिए । वीरगंजको मुख्य सडक २५/२५ मिटर नतोड्न मुद्दाकाे पेशी सर्वोच्च अदालतमा ५ पटक सरेका कारण त्यस भित्र ठुलो आर्थिक चलखेल भएको संर्घष समितीको आरोप छ ।

pradrsan ra dharna_kalikatimes

प्रर्दशनमा संर्घष समितीका अकलेश साह, संदिप बिक्रम साह, महमुद अंसारी, रंजित चौरसिया, बिवेक साह, रोमी साह, मुना मियाँ तेली, राकेश पटेल, धर्मेन्द्र पटेल, सदाम हुसेन, कलिम अंसारी, कलाम शेख रसमुदिन मंसुरी, दिपेन्द्र साह, दिनेश कुमार यादव, शुभनारायण ठाकुर लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...