Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

भीएफएक्सको कारण देखाउँदै रणवीर आलियाको ‘ब्रम्हास्त्र’ पोष्टपोन्ड

spot_img
spot_img

नायक रणवीर कपुर र नायिका आलिया भट्टको साथमा नायक अमिताभ बच्चनको मुख्य भूमिका रहेको चलचित्र ‘ब्रम्हास्त्र’को प्रदर्शन मिति फेरि पछि सरेको छ । यो चलचित्रको रिलिज यही बर्षको क्रिसमसमा गर्ने तयारी गरिएको थियो । तर, काम नसकिएको भन्दै अर्को बर्षको समरमा चलचित्रको प्रदर्शन मिति धकेलिएको थियो ।

तर, अब यो चलचित्रलाई आउँदो बर्षको अन्तिममा प्रदर्शन गर्ने तयारी गरिएको छ । यसको मुख्यकारण, भीएफएक्सलाई नै मानिएको छ । चलचित्रको छायांकन मनालीमा भैरहेको छ । यसपछि, चलचित्रको एक गीतको छायांकन गर्न बाँकी नै रहेको निर्माणपक्षले भारतीय मिडियालाई बताएको छ ।

चलचित्रको छायांकन सकिएपछि भीएफएक्सको काम बल्ल सकिनेछ । साहरुख खानको समेत केमियो रहेको चलचित्रलाई समरमा तयार गर्न नसकिने जानकारी भीएफएक्स कम्पनीले दिएको छ ।

चलचित्रका निर्देशक आयन मुखर्जी यसलाई बलिउडकै सबैभन्दा ठूलो चलचित्र बनाउन चाहन्छन् । यसैले, यसको निर्माणटिमले कुनै पनि संझौता नगर्ने बताएको छ । यहीकारणले गर्दा चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको हो । यसलेगर्दा, चलचित्रको बजेट समेत बढेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...