Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सामा एक वडाध्यक्ष कुटिए, कुटपिट गरेकाे आराेपमा २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ जयमंगलापुरका वडाध्यक्ष विनाेद साह कानु स्थानियद्वारा कुटिएका छन् । वडा कार्यालय मै मंगलबार दिउसाे भएकाे एक विवाद झडपमा परिणत हुदा वडाध्यक्ष कानु कुटिएका हुन् ।

कुटपिट गरेकाे आराेपमा २ जनालाई प्रहरीले पक्राउ समेत गरेकाे छ । घटना बारे अनुसन्धान गर्न स्थानिय वृजेश मुखिया विन र अनिश कुमार साहलाई वुडगाई प्रहरी चाैकीले नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

वडा कार्यालयमा मंगलबार दिउसाे १ बजे पुगेकाे सेवाग्राही र वडाध्यक्ष कानु विच विवाद हुदा झडप समेत भएकाे स्थानियहरुले वताएका छन् ।

स्थानियहरुका अनुसार वडा कार्यालयमा सेवाग्राही पुग्दा वडाअध्य कानु र वडा कार्यालयकी सहयाेगी महिला एउटा काेठामा बसेका थिए । दुबै जना रहेकाे काेठाकाे ढाेका वडा कार्यालय पुगेका सेवाग्राहीले खाेल्दा वडाध्यक्ष कानु गालीगलाैज गर्न थाले पछि हुहल्ला भएकाे थियाे ।

हल्ला सुनेर वडा कार्यालयमा जम्मा भएका स्थानियहरु वडाध्यक्ष कानुलाई कुटपिट गरेका हुन् । यसका साथै वडा कार्यालय पुगेका २ जना गाउँपालिका प्रहरी समेत कुटिएकाे समाचार प्राप्त भएकाे छ । गाउँपालिका कार्यालयबाट वडा कार्यालय पुगेका गाउँपालिका प्रहरी विकाउ साह र दिलिप यादव पनि कुटिएका हुन् ।

गाउँपालिका कार्यालयबाट पुगेका गाउँपालिका प्रहरीहरुले स्थानियहरु माथी जाईलागे पछि स्थानियहरु तिनिहरुलाई समेत कुटपिट गरेका थिए ।

यस बिषयमा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक सिंह संग बुझ्दा घटना बारे भाेली मात्र बिस्तृत बताउन सकिने वताए । कर्मचारी माथी कुटपिट भएकाे बुझ्नमा आएकाे वताउदै उनले साेही बिषयमा अनुसन्धान गर्न वुडगाई प्रहरी चाैकीले २ जना युवालाई पक्राउ समेत गरेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...