Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

विधार्थीहरुमाथि प्रहरीले चलाएको गोलीप्रति समाजवादी विधार्थीको निन्दा

spot_img
spot_img

वीरगंज । बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करले घाईते भएकी छात्रा प्रकृती चन्दको दुर्घटनाप्रति समाजवादी विधार्थी युनियनको गम्भीर ध्यानाकर्षण भएकाे छ ।

बाँकेको कोहलपुर रत्नराजमार्ग अन्तर्गत हाईस्कुल चोकमा त्रिभुवन नमुना मा.वि. कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृतीको घटना प्रति दुःख व्यक्त गर्दै आन्दोलित भाई बिहिनीहरुलाई संयमता अपनाउन समाजवादी विधार्थी युनियनले आग्रह गरको छ ।

समाजबादी विद्यार्थी युनियन ठाकुर राम बहुमुखी क्याम्पसका अध्यक्ष हरिन्द्र साहद्वारा जारी विज्ञप्ति मार्फत शैक्षिक परिवर्तनका साथै मुलुकलाई विकास र निकासको बाटो देखाउने उदेश्यले स्थापन भएको समाजवादी विधार्थी संगठनले दुर्घटनाको उच्च दर बारे जानकारी हुँदा हुँदै पनि ट्राफिक प्रहरीको लापर्वाहीले उक्त घटना भएको दाबी गरिएको छ ।

दुर्घटनापछि आक्रोसित विधार्थी र अभिभावकले ट्रकमा आगजनी गरेपछि प्रहरी प्रशासनले आन्दोलित विधार्थीमाथि आसुग्यास र गोली प्रहार गरेको कार्यलाई घोर निन्दा गरेको भन्दै आन्दोलनका क्रममा घाईते भएका सुरक्षाकर्मी र विधार्थीहरुको सिघ्र स्वास्थयको कामना गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...