Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1059

पुरस्कार प्रदानका लागि छनौट समिति गठन

कलैया,१० माघ ।
बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा दुईजना कृयाशिल पत्रकारलाई नगद राशी सहित पुरस्कृत गर्ने भएको छ । पत्रिकाको प्रकाशन समूहको बिहीबार बसेको बैठकले संचारकर्र्मी पुरस्कृत गर्नका लागि तीन सदस्यीय छनौट समिति गठन गरेको हो ।

कृपा दैनिकले स्थापना गरेको नवजान कृयाशिल पत्रकारिता पुरस्कार र चन्द्रप्रसाद खनाल स्मृति कृयाशिल पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि कृपा दैनिक पत्रिकाकी प्रकाशक सबिता चालिसे (उपाध्याय) संयोजक रहने गरी बनाइएको समितिको सदस्यमा बाराका अग्रज पत्रकार गोकुल घोरसाइने र पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनाल रहनु भएको छ ।

समितिको सिफारिसमा परेका संचारकर्मीहरुलाई कृपा दैनिकको बार्षिकोत्सवका दिन आगामी फागुन ४ गते पुरस्कृत गरिने पत्रिकाकी प्रकाशक एवम् पुरस्कार छनौट समितिकी संयोजक सबिता चालिसे (उपाध्याय) ले जानकारी दिनुभयो ।

कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी जानकीदेवी उपाध्यायको नाउँमा नवजान कृयाशिल पत्रकारिता पुरस्कार २०७२ सालमा स्थापना गरिएको हो भने कृपा दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनालका पिता चन्द्रप्रसाद खनालको नाउँमा स्वर्गीय चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार २०६८ सालमा नै कृपा दैनिक पत्रिकाले स्थापना गरेको हो ।

सुन्दर शान्त नेपाल कार्यक्रमको सरोकारवाला निकायको त्रैमासिक बैठक सम्पन्न

वीरगंज, १० माघ ।
सुन्दर शान्त नेपाल कार्यक्रमको बिहिबार संवाद मंच, नागरिक समाज/संस्था/संचारकर्मी तथा स्थानिय निकायको त्रैमासिक बैठक सम्पन्न भएको छ । होटल हिमाल वीरगंजमा भएको बैठकमा वोल्दै वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले ३ वटा सरकारको फरक फरक निति, नियमका कारण काम गर्न ग्राहो भएको वताएकी छिन ।

बैठककी प्रमुख अतिथी समेत रहेकी उप मेयर कार्कीले सबै सरकारको छुटै छुटै अधिकार भएकोले पनि समस्या भएको वताइन । पालिकाको सवालमा अधिकार वडा अध्यक्षलाई र कर्सी मेयर, उप मेयरलाई भएको गुनासो गरिन । नयायिक समितिमा पनि काम गर्न ग्राहो भएको वताउदै उप मेयर कार्कीले अधिकार वडा अध्यक्षहरुलाई र शक्ति प्रमुख, उप प्रमुखलाई भएको वताइन । वडा अध्यक्षहरु माथी दोष थुपार्दै कार्कीले चाहेर पनि सोचे जस्तो काम गर्न नसकिएको स्विकार गरिन ।

नागरिक संवाद मञ्च पर्साको सभापति ओमप्रकाश सरार्फले लक्ष्ति बर्गको कार्यक्रम पालिकाको अधिकार भित्र राखेकोले समस्या भएको वताए । उनले सिमान्तकृत समुदायको लागि के के गर्नु भयो, कहाँ गर्नु भयो लगायतको लिखित विवरण नै आफुहरुले मांग गरि रहेको वताए । आई.टी.आई. बाट आएका सुचनाहरुको सम्बन्धमा सरोकारवालाहरुलाई बोलाएर छलफल गर्ने समेत सरार्फले वताए । उनले कार्यक्रमको लागि मात्र नभई कार्यक्रम गरि सके पछि त्यसको प्रतिफल के आयो त्यसको निगरानी तर्फ पनि लागेको वताए ।

मञ्चका सभापति सरार्फको अध्यक्षतामा भएको बैठकमा बहुदरमाई नगरपालिकाकी उप मेयर गायत्री देवी यादव, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम, नेपाल पत्रकार महांघ पर्साका सचिव युवराज खड्का, पत्रकार वृजलाल पासवान, शिवनाथ यादव, रामाकान्त पटेल, कविता खडका लगायतकाले मन्तव्य राखेका थिए । जनजागरण युवा क्लब, बाराको आयोजनामा संचालित सुन्दर शान्त नेपाल कार्यक्रम अन्तर्गत बैठक भएको थियो । वैठकमा कार्यक्रम संचालन रहेको वीरगंज महानगरपालिका र बहुदरमाई नगरपालिकाका भित्र गरिने कार्यको योजना समेत सार्वजनिक गरिएको थियो ।

केराउ नियन्त्रणमा लिएको बिरोधमा प्रदर्शन, समाचार संकलन गर्न पुगेका पत्रकार माथी दुब्र्याहार

वीरगन्ज, १० माघ ।
पर्सा प्रहरीले केराउ नियन्त्रणमा लिएको बिरोधमा व्यापारीहरुले वीरगंजको तिलावे पुलमा बाटो नै अवरोध गरी बिहिबार प्रदर्शन गरेका छन । टायर बालेर प्रर्दशन गर्ने व्यापारी माथी प्रहरीले बल प्रयोग गर्दै आधा दर्जनलाई नियतन्त्रणमा समेत लिएको छ । प्रहरीले निन्त्रणमा लिएको केराउ सहितको ट्रक छोड्न माग गर्दै व्यापारीहरुले प्रदर्शन गरेका थिए ।

प्रहरी बल प्रयोग गर्दै विन्दवासिनी गाउँपालिका वडा नं. ४ का उतम तिवारी, शंकर पुकार तिवारी, सोनालाल साह, रवी गुप्ता, दामोदर तिवारी, संतोष गुप्तालाई पक्राउ गरेको हो । टायर बालेर सडक अवरुद्ध गरेका व्यापारीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै उनीहरुलाई लछारपछार पनि गरेको थियो ।

वीरगंजको रामगढवाबाट ट्रकमा २५ मेट्रिक टन केराउ लोड गरी तिलावे पुल हुँदै अमरपट्टी नाकाबाट भारत तिर तस्करी गर्न लागेको भन्दै प्रहरीले उक्त केराउ सहितको ट्रक बुधबार राति तिलावे पुलबाट नियन्त्रणमा लिएको थियो । केराउ सहितको ट्रक छुटाउन भन्दै प्रहरीलाई दवाव दिन तिलावे पुलमा केराउको कारोबार गर्दै आएका विन्दवासिनी गाउँपालिका उतम तिवारी लगायतका व्यपारीहरुले टायर बालेर प्रर्दशन गरेका थिए ।

यता प्रदर्शनको समाचार संकलन गर्न पुगेका तिलावे पुलमा पुगेका पत्रकारलाई प्रहरीले कुटपिट समेत गरेको छ भने कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ, पर्साले २४ घण्टे अल्टिमेटम समेत दिएको छ । सडकमा प्रदर्शन गरिरहेका कारोबारीलाई प्रहरीले लाठी चार्ज गर्नुका साथै लछारपछार गरिरहेको दृश्यको तस्बिर खिच्ने क्रममा प्रहरीले पत्रकारलाई पनि दुर्व्यवहार गरेको हो ।

प्रहरीको लाठी चार्जबाट पर्सेली पत्रकार श्याम कुशवाहा, विकास साह, उमेश दुवे र दिपक चौरसिया सामान्य घाइते भएका छन । पत्रकार माथि दुव्र्यवहार र कुटपिट गर्ने प्रहरको कार्वाहीको माग गर्दै महासंघले पर्सा प्रहरीलाई २४ घण्टे अल्टिमेटम दिएको हो । घटना पछि जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जराको नेतृत्वमा पुगेको टोलीले प्रहरी नायव उपरीक्षक अनन्तराम शर्मालाई भेटेर घटनाका बारे जानकारी गराएका थिए ।

पत्रकारलाई दुव्र्यवहार र कुटपिट गर्ने प्रहरी हवल्दार शिवशंकर महत्तोलाई शुक्रबार बिहान १० बजे सम्म पर्सा प्रहरीले कार्वाही नगरेको खण्डमा शुक्रबार मध्यान्ह १२ बजे देखि जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडि नै पर्साका पत्रकारहरुले धर्नामा बस्ने चेतावनी दिएका छन् ।

अख्तियारद्वारा घुस रकम सहित शिक्षक पक्राउ

पर्सा, १० माघ ।
अख्तियारले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ४, तुल्सीवर्वा स्थित नेपाल राष्ट्रिय प्रावि वर्वाटोलका प्रधानाध्यापकलाई १२ हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौंडाको टोलीले प्रधानाध्यापक प्रभु गिरीलाई नियन्त्रणमा लिएको हो ।

कृषि विकस बैंकबाट ऋण मिलाई दिन्छु भन्दै सेवाग्राही सँग लिएको घुस रकम सहित उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौंडाले जनाएको छ ।

पर्साको ग्रामीण क्षेत्र अहिले लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै, सरोकारवाला निकाय मौन

मेघराज राय /जिराभवानी, १० माघ ।
पर्साको ग्रामीण भेगमा लागु औषधको तस्करीमा फेरि बृद्धि भएको छ । महादेवपट्टी, सुर्वणपुर, निर्मलवस्ती, विजयवस्ती, ओडार, शंकरसरैया र सखुवनीया लागु औषध गाँजा र चरेशको तस्करीको केन्द्रको रुपमा स्थापित हुँदै गएको स्थानीयवासीले बताएका छन् ।
मकवानपुर जिल्लाको विभिन्न स्थानबाट गाँजा र चरेश खरीद गरी कारोबारीहरुले चितवन राष्ट्रिय निकुन्ज र पर्सा रास्टृय निकुञ्ज को बाटो हुँदै पर्साको महादेवपट्टी , सुर्वणपुर , निर्मलवस्ती , विजयवस्ती , ओडार , शंकरसरैया र सखुवनीयामा ल्याएर भण्डारण गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।
पर्साको ग्रामीण भेगमा भण्डारण गरिएको लागु औषध गाँजा र चरेश विसुनपुर्वा ,पाडेपुर , जानकीटोला , दसौता ,बलुवा पिपडारी हुँदै भारत तर्फ तस्करी भईरहेको स्थानीयवासीले बताएका छन् । त्यसक्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा गाजा र चरेशको तस्करी फस्टाएको स्थानीयवासीले आरोप लगाएका छन् ।

 

पर्साको ग्रामिण भेग सम्म अझै पुगेन व्यवसायिक पशुपालन

वीरगञ्ज । पर्साको ग्रामीण भेगका एक युवक परम्परागत रूपमै २० वटा गाइपालन गरेका छन् । जगरनापुर गाउँपालिका–३, विजबनियाका ३२ वर्षीय लालबाबु यादव गाईपालनबाट वार्षिक २ लाख ५० हजार आम्दानी हुने गरेको बताए ।

निरक्षर यादवले आफूले १० वर्षदेखि गाइपालन गरी घरपरिवारको पालनपोषण गरिरहेको बताए । हाम्रो मुलुकमा अधिकांश युवा वैदेशिक रोजागारमा रहेका वेला उनी गाईपालन गरी आफ्नाे परिवारसँग बस्दा खुसी लागेको बताउँछन् । उनले गाईपालनका लागि फर्म वा व्यावसाय दर्ता गरेका छैनन् । नेपाल सरकार व्यावसायिक रूपमा पशुपालनलाई प्रोत्साहनका लागि विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरिरहँदा उनीसम्म पुगेको छैन । उनीसँग भएका १५ देखी २० वटा गाई मध्य ५ देखि १० वटा गाई सधँै दुध दिने गर्छन् ।

हाल उनका पाँच वटा गाई दुध दिने र १० वटा गाई गर्भवती रहेको बताए । प्रति गाई ५ देखि ६ लिटरसम्म गरी जम्मा २० लिटर दुध दिने गरेको वताए । दूध प्रतिलिटर ६० का दरले बिक्री गर्ने गर्छन् । साइकलबाट उनी स्थानीय होटेलमा दूध बिक्री गर्छन् । दूधबिक्रीबाट उनी मासिक ३६ हजार लिने गर्छन् । ६ हजारको दाना खरिद गर्छन् र बाँकी रकमबाट घरपरिवार चलाउँछन् । उनीसहित उनका परिवारमा सात सदस्य छन् । तीन जना छोरा-छोरी निजी विद्यालयमा पढ्छन् । आपूm पढेलेखेका नभए पनि छोराछोरीलाई उच्च शिक्षा पढाउने रहर रहेको उनी बताउँछन् ।

मुलुकमा तीन तहको सरकार भए पनि उनलाई कुनै तहको सरकारको अनुभूति भएको छैन । सरकार देशमै स्वरोजगार सिर्जना गर्ने र व्यावसायिक प्रवद्र्धन गर्नतर्फ लागिरहँदा पनि उनलाई यसबारे केही थाहा छैन । सरकारले सञ्चालन गरेको व्यावसायिक प्रवद्र्धन कार्यक्रमबारे आफूलाई केही थाह नभएको बताए । उनेको यो पेसालाई उनकी पत्नीले पनि सघाउँछिन् । उनीहरू बिहान ४ देखि राती ९ बजेसम्म गाईकै स्याहारसुसारमा हुन्छन् ।

उनीहरूले गरे अनुसारको मुनाफा भने अझ लिन सकेका छैनन् । सरकारको साथ पाएमा उन्नत जातका गाईपालन गरी मुनाफा लिन सक्ने थिए पशु प्राविधिक रामप्रसाद चौरसियाले वताए । परम्परागत गाईपालन गरेका उनलाई व्यावसायिक रूपमा गर्न सघाए राम्रो हुने थियो र उनीजस्ता व्यक्तिलाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्न सहयोग गरे अरूले यो पेसा रोज्ने बुद्धिजीवीहरू बताउँछन् । त्यसबाट दिनहुँ बिदेसिने युवाहरूको संख्यामा कमी आउने थियो ।

पुर्व सांसद बिचारी यादवद्वारा प्रसौनी बिर्तामा सडक शिलान्यास

वीरगंज, ९ माघ ।
नेकपा नेता एवं पुर्व सांसद बिचारी प्रसाद यादवले आज वीरगंज २३ प्रसौनी बिर्तामा सडक निर्माणको शिलान्यास गर्नुभएको छ । सघन शहरी बिकाश कार्यक्रम कार्यन्वयन अन्र्तगत पुर्व सांसद यादवले प्रसौनी बिर्ता स्थित माउन्ट हर्मन बोर्डिङ्ग स्कुल देखि वीरगंज २२ मनियारी नहर चौक सम्म १७५५ मिटर लामो सडकको शिलान्यास गर्नुभएको हो ।
दुवै तर्फ नाला सहित १७५५ मिटर लामो र ३० फिट चौडा सडकको लागत ५ करोड रहेको पुर्व सांसद यादवले जानकारी दिनुभयो । उहाँले पहिलो पल्ट केपी ओली प्रधानमन्त्री भएको बेला सिमा क्षेत्रका शहरका लागि छुटाइएको ७५ करोड बजेटबाट सो सडक निर्माण गर्न लागिएको जानकारी दिनुभयो । वडा अध्यक्ष अवध किसोर कुशवाहाले वडा नम्बर २३को दुइवटै टोलमा सडक निर्माणका काम तिव्र गतिले भइरहेको जानकारी दिनुभयो ।
पुर्व सांसद बिचारी यादवको आग्रहमा वीरगंज २३ सवैठवा देखि वीरगंज २२ मनियारी सम्म निर्माण भईरहेकाले सो सडकको नाम बिचारी पथ राख्न स्थानियले जोड दिएको वडा सदस्य लालबाबु यादवले जानकारी दिनुभयो । उहाँले सो सडक निर्माण भएसंगै सवैठवा, प्रसौनी बिर्ता, मनियारीका स्थानियहरु प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । शिलान्यास कार्यक्रममा वडा सदस्य लालबाबु यादव , नेकपाका नेता ताजुदिन अंसारी, ठेकेदार दिनेश कुशवाहा ,रेयाज अंसारीलगायत स्थानिय नेताहरुको सहभागिता रहेको थियो ।

प्रारम्भीक कक्षा पढाई कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न

वीरगंज, ९ माघ ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत बुधबार जिल्ला स्तरिय समिक्षा बैठक बिरगंजको भिस्वा होटलमा सम्पन भएको छ ।

जिल्ला समन्वय समिती पर्सा एवम् जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई पर्साका प्रमुख कृष्ण प्रसाद सिंग्देलको अध्यक्षतामा बसेको बैठकले प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत देखा परेका बिधालयहरुको पढाईको समस्यालाई निराकरण गर्न अनुगमनमा निरन्तरता दि जोड दिने, कक्षाकोठामा सन्दर्भ सामाग्री र शिक्षक तालिमको प्रभावकारिताका लागी कक्षाकोठको अवलोकन गरी प्राबिधीक सहयोग तथा परामर्शमा जोड दिने, बिधालय अनुदानका लागी छनौट भएका १ सय १५ वटा बिधालय मध्ये बाकी रहेका २५ वटा बिधालयको बिधालय ब्यवस्थापन समिती माघ महिना भित्र गठन गर्नु पर्ने निर्णय गरेको छ ।

गठन नभएको बिधालयमा र बिधालय पर्ने गाउँपालिकामा अबिलम्ब बिधालय ब्यवस्थापन समिती गठन गर्नु पर्ने पत्रचार गर्ने समेत निर्णय गरेको राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक भरत सहनीले बताए ।

यस कार्यक्रम अन्तर्गतका बिधालयहरु मध्ये कालिकामाई गाउँपालिका र धोबिनी गाउँपालिकाको सबै भन्दा बढी बिधालयहरुमा बिधालय ब्यवस्थापन समिती नरहेकोले अनुदानका रकम पनि ती गाउँपालिकामा पर्ने बिधालयहरुमा जान नसकेको स्रोत ब्यक्ति छोटेलाल साहले बताए ।

बैठकमा गैरसरकारी संस्थाका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादव, अभिभावक संघका अध्यक्ष अमर गौतम, स्रोत केन्द्रका स्रोत ब्यक्तिहरु लगायतकाको सहभागीता रहेको थियो ।

निर्माण कार्यलाई तिब्रता नदिए जरिवाना लिने ठेकेदारलाई अन्तिम चेतावनी

वीरगञ्ज, ८ माघ ।
वीरगञ्ज महानगपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भीष्म कुमार भुसाल निर्माणाको अन्तिम चरणमा रहेको नया बसपार्कको स्थलगत अनुगमन गर्नुभएको छ । मंगलबार दिउसो वीरगञ्जको नया वसपार्कमा पुगी प्रमुख प्रशासकिय अधिकृत डा. भूसाल निर्माणको अन्ति चरणमा रहेको  बसर्पाको  कार्यको प्रगति बारे जानकारी लिदै निर्माण सम्पन्न गरी समयमै हस्तातरण गर्न ठेकेदारलाई अन्तिम चेतावनी दिनु भएको छ ।

निरिक्षणको क्रममा महानगरपालिकाले निर्दिष्ट गरेको समय भित्र निर्माण कार्य सम्पन्न नभए जरिवाना लिइने अन्तिम डा. भूसालले चेतावनी दिनु भयो । निर्माणकार्य प्रगतीको बारेमा जानकारी लिदै  ठेक्केदार रोशन कन्स्ट्रक्सन प्रालिका  प्रतिनिधि शैलेन्द्र चोधरीलाई  अन्तिम चरणका चलिरहेको फिनिसिगं कार्यलार्य तिब्रता दिदै निर्माणको गुणस्तरीयतालाई अझ  सुधार नगरिए भुक्तानिका सबै बिलहरु रोक्ने चितावनी समेत दिनु भयो ।

बसपाकको उदघाटन गर्दै वीरगन्जको ट्राफिकलाई अझ सुदृढ गर्दै वसहरुलाई व्यवस्थीत गर्ने महानगरपालिकाको योजनामा ढिलाई भएकोले बताउदै प्रमुख प्रशासकिय अधिकृत भूसालले निर्माण कार्यलाई अबिलम्ब पुरा गर्न निर्देशन दिनु भयो ।

महानगरपालिकालाइ बसपार्कबाट आउने आम्दानीबाट बंचीत हुनुको साथै ऋणको  व्याज समेत तिर्नुपर्ने अवस्था सिर्जना भएकोले अब कुनैपनि कारण देखाएर ढिलाई बर्दास्थ नहुने उहाको भनाइ थियो । उहाले ठेक्केदार कम्पनिको कारण निर्माण कार्यमा अब कुनैपनि रुपमा ढिलाई महानगरपालिकालाई बर्दास नहुने  बताउदै समयमै निर्माण कार्यलाइ सम्पन्न गर्न निर्देशन दिनु भयो ।

मौसम बदली संगै बर्षा, जनजिवन प्रभावित

वीरगंज, ९ माघ ।
आज विहान देखी मौसममा बदली आएको छ । मौसममा बदली आई पानी पर्न थाले पछि चिसो बढेको छ भने जनजिवन कस्टकर भएको छ । पानी पर्न थाले पछि वीरगंज बजार क्षेत्रमा चहलपहल पनि घटेको छ । बर्षाका कारण घरबाट कम मानिसहरु बाहिर निस्केका छन भने सर्वसाधारणको जनजिवन कष्टकर भएको छ ।

पश्चिमी वायुको प्रभावले मौसममा बदली आई वीरगंज सहित देशको अधिकांश भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगाा नगरकोटीका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्ति देखी सुरु भएको बर्षा गएराति देखि देशको मध्य तथा पूर्वी भागमा सम्म फैलिएको छ ।

यो प्रणाली आज राती सम्म कायम रहने मौसमविद्हरुको अनुमान छ । राती देखी परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरी सुरु हुने मौसमविद् नगरकोटीले बताइन ।