Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1058

बाराका प्रजिअ भट्टराई र सशस्त्रका एस.पि. सवार गाडि दुर्घटनामा, एक जनाको मृत्यु भएको खबर

वीरगंज, १२ माघ ।
बाराका प्रमुख जिल्ला अधिकारी गनेश भट्टराई सवार गाडी शनिबार राति दुर्घटनामा परेको छ ।

पुर्व पश्चिम राज्री मार्ग बाराको पासाहा नजिक भएको दुर्घटनामा परि बाराका प्रजिअ भट्टराई गम्भी घाइते भएका छन भने दुर्घटनामा परि बाराका सशस्त्र प्रहरिका प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको समाचार प्राप्त भए पनि अधिकारीक पुष्टि भएको छैन ।

घाइतेहरुलाई वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल ल्याउने क्रम जारी रहेको छ ।

१० महिला सहित ६४ जनाद्वारा रक्तदान

वीरगंज, १२ माघ ।
वीरगंज विर्ता स्थित रहेको सुर्या हस्पिटलले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १० महिला सहित ६४ जनाले रक्तदान गरेका छन । हस्पिटलले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको रक्त सन्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।

डा. सरोज कुमार सिन्हाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रन्जित साह कानु, रमेश कुमार, विकेश कुमार यादव, राज कुमार साह, राज राउत, मनि कुमार गुप्ता, सुनिल पटेल, मन्दिप कुमार खड्का, पवन कुमार साह लगायतकाले रक्तदान गरेका छन ।

रक्त सन्चार केन्द्रकी दिल माया घिमिरे नेतृत्वको प्राबिधिकहरुको टोलि रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग गरेका थिए ।

गुप्ताको अध्यक्षतामा नेपाल मार्शल सेल्फ डिफेन्स संघ पर्सा गठन

बिरगंज, १२ माघ ।
वीरगंजमा शनिवार नेपाल मार्शल सेल्फ डिफेन्स संघ पर्सा गठन भएको छ । बिरगंज दरबार होटेलमा भएको भेलामा विभिन्न खेल प्रेमी तथा खेल संघ आबद्ध खेलाडीहरुको सहभागिता रहेको थियो ।

सोहि भेलाबाट प्रभाकर गुप्ताको अध्यक्ष्तामा २३ सदसिय सेन्फ डिफेन्स संघको जिल्ला कार्यसमिति गठन भएको हो । जुन समितिको उपाध्य्क्ष धनन्जय मिश्र, राजबाबु रौनियार, इश्वर यादव, सचिवमा राजन श्रीवास्तव, सह सचिवमा प्रकाश शर्मा र कोषाध्यक्षमा रोशनी श्रेष्ठ रहेका छ्न ।

त्यस्तै सदस्यहरुमा बिशाल कुमार, रबि कुमार महम्मद वेश, राजकुमार महतो, सैली चौधरी,अल्का कलवार, कारण यादव,दिपेश मानन्धर,सुब्रत श्रेष्ठ, पृथ्वी कुसुवाह, प्रगति खड्का, आरजु देवकोटा, बिमल पौडेल, सन्दिप बिक्रम साह, रंजिता कलवार, अजय शर्मा लगायतका रहेका छन ।

जिल्ला खेलकुद बिकाश समितिपर्साका अध्य्क्ष निशान्त लामिछानेको बिशेस उपस्थिति तथा रास्ट्रिय कब्बडी संघका केन्द्रीय अध्यक्ष् शिव जी गुप्ता र ब्लोड डोनोर्स अफ एसोसियन पर्सा को सचिव अरविन्द सिंहको उपस्तिथीमा समिती गठन भएको अध्यक्ष गुप्ताले वताए ।

त्यस्तै डा. दिपक शाक्यको संयोजकत्वमा सेन्फ डिफेन्स सङ्को सल्लाहकार समिती पनि गठन भएको गुप्ताले जानकारी गराए । गणेश लाठ, अशोक टेमानी, निशान्त लामिछाने, अरविन्द सिंह, सोनम लामा, शिव जी गुप्ता, दिपक तुल्स्यान गरि आठ जना रहेको सल्लाहकार समिति गठन भएको उनले जानकारी गराए ।

राधेश्याम साह बचाउ संघर्ष समिति, बाराद्वारा फेरी आन्दोलन सुरु

वीरगंज, १२ माघ ।
राधेश्याम साह बचाउ संघर्ष समिति, बाराले फेरी आन्दोलन सुरु गरेको छ । लागु औषध खैरो हिरोइन मुद्दामा वीरगंज जेलमा रहेका कलैया उपमहानगरपालिका वडा नं. २१, भोडहा निवासी ३४ बर्षिय राधेश्याम साहको रिहाईको मांग गर्दै संघर्ष समितिले आन्दोलन सुरु गरेको हो । २०६७ श्रावण २३ गते पक्राउ परेका साह निर्दोष रहेको भन्दै संघर्ष समितिले रिहाईको मांग गर्दै फेरी आन्दोलन सुरु गरेको हो ।

आन्दोलनको कार्यक्रम अन्तर्गत संघर्ष समितिले बिहिबार कलैयामा शान्ति पूर्ण जुलुश निकालेका थिए । कलैया स्थित रहेको सिद्धेश्वर विद्यालयबाट निस्केको जुलुशका सहभागिहरुले निर्दोश राधेश्याम साहलाई रिहा गर, दोषीलाई कार्वाही गर, निर्दोशलाई फसाउन पाइदैन, न्यालय उचित न्याय गर, सरकार छानविन समिति गठन गर, पेशी मुद्दा सहज गर लगायतका नारा लगाएका थिए ।

सयौंको संख्यामा सहभागिता रहेको जुलुश नगर परिक्रममा पछि जिल्ला प्रशासन कार्यालय, बारामा पुगी ज्ञापन पत्र समेत बुझाएका थिए । बाराका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाइएको संघर्ष समितिका अमित साहले वताए ।

राष्ट्रि विधि विज्ञान–प्रयोग शालाको रिपोर्ट पनि साहको हात संग नमिलेका कारण पनि उनि निर्दोष रहेको प्रमाणित गरेकोले फेरी आन्दोलन सुरु गरिएको अमितले वताए । तत्कालिन नेकपा माओबादी केन्द्रका नेता समेत रहेका साह निर्दोस रहेको भन्दै पक्राउ परेका २०६७ सालमा पनि संघर्ष समितिले आन्दोलन गरेका थिए । स्थानिय प्रहरी चौकी जइतापुरका असई भिष्म कुमार लमसाले साहलाई फसाएको संघर्ष समितिको आरोप छ ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत वीरगंजमा प्रथम सरसफाई जागरण महाअभियान

वीरगंज, १२ माघ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत वीरगंजमा प्रथम सरसफाई जागरण महाअभियान हुने भएको छ । माघ १४ गते वीरगंजमा हुने सरसफाई जागरण महाअभियान बारे शुक्रबार छलफल समेत गरिएको छ । मुख्यमन्त्री स्वच्छता अभियान मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा वीरगंजमा भएको छलफल कार्यक्रमका सहभागिहरुले सरसफाईको निति, नियममा कडाई गर्नु पर्ने वताए ।

सरसफाईको महत्व महसुस नभए सम्म वीरगंजको सरसफाई अवस्था नसुधिरिने वताउदै सहभागिहरुले महसुस गराउन पनि जरुरी रहेको धारणा रोखेका थिए । वीरगंज बजार क्षेत्रमा महानगरपालिकाको समन्वयमा ठाउँ ठाउँमा फोहर राख्ने भाँडो समेत राख्नु पर्ने वताएका थिए । कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री स्वच्छता अभियान प्रदेश नं. २ का संयोजक सलाउदिन अहमदले स्वस्थ्य नागरिकको परिकल्पनालाई सकार गर्दै प्रदेशलाई समृद्ध बनाउ मुख्य मन्त्री स्वच्छता अभियान संचालन गर्न लागिएको वताए । माघ १४ गत वीरगंजबाट अभियानको सुभारम्भ मुख्य मन्त्रीले गर्ने समेत उनले जानकारी गए ।

मुख्य मन्त्री लालबाबु राउतको उपस्थितीमा वीरगंजको घण्टाघरबाट सरसफाई सम्बन्धी चेतनामुलक र्यालीको आयोजना गरिने र नारायणी उपक्षेत्रिय अस्पतालमा पुगी सरसफाई गरिदै नागवा पोखरिमा पुगी सभाबाट अभियानको सुभारम्भ गरिने संयोजक अहमदले जानकारी गराए । त्यो दिनको अभियानमा सहभागि हुने घरघरमा निमन्त्रणा कार्ड पुर्याउन लागिएको संयोजक अहमदको भनाई थियो ।

नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का संयोजक फुलमहमद मियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक अभियान्ता प्रकाश थारु, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, गैसस महासंघ नेपाल, पर्साका कोषाध्यक्ष मनोज यादव लगायत २ दर्जन जति क्रियाशिल गैरसकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रेडक्रस पर्सा शाखाको भवनमा भएको कार्यक्रमको सहजिकरण उमेश मिश्रा र राजन श्रीवास्तवले गरेका थिए ।

ईदगाहको लागि शेख हमिद मियांद्वारा ४ कठा जग्गा दान

वीरगंज : पर्सागढी नगरपालिका वडा नं. ५, पचरुखी बहुअर्वाका एक स्थानिय समाजसेवीले ईदगाहका लागि ४ कठ्ठा गग्गा दिनु भएको छ । पर्सागढी न.पा. वडा नं. ५ का वडा अध्यक्ष असलम आलमको विशेष पहलमा मुस्लिम समुदायको महान चाड ईद, बकरीदमा नवाज पढनका लागि (ईदगाह बनाउन) आज एक समारोहका बिच सो जग्गा हस्तान्तरण गर्नु भएको छ ।

पर्सागढी नगरपालिका –५ पचरुखी बहुअर्वा स्थित दोस्तीया सल्फीया मदर्सामा भएको मुस्लिम समुदायको भेलामा स्थानिय शेख हमिद मियांले वडा अध्यक्ष असलम आलमलाई हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा मदर्साका मौलाना मसहुर रहमान, मौलाना एैतुल्लाह, त्यसैगरी स्थानिय समसुल हवारी, महम्मद उमर मिया, अब्दुल हकिम मिया, सैनुल्लाह मिया, सैनुल्लाह मिया मंसुरी, वकिल मिया, फजिल मिया, सफुदिन मिया, फकिर मिया, ईस्लाम मिया, तारिफ मिया लगायत मुस्लिम समुदायको उल्लेखनिय सहभागीता रहेको थियो ।

जग्गा दाता शेख हमिद मिया र उनका छोराहरु शेख मिरहासन, शेख नुरहसन, शेख अलीहसन, शेख फिरोजको मंजुरीबाट सो जग्गा हस्तान्तरण गरिएको जनाइएको छ । सो अवसरमा वडा अध्यक्ष आलमले जग्गादातालाई सम्मान गर्नु भएको थियो ।

मुलुकलाई समृद्ध वनाउन कृषिको विकल्प छैन – मन्त्री खनाल

वीरगन्ज, १२ माघ ।
कृषि तथा पशुपँक्षी मन्त्री चक्रमणी खनाल (वलदेव) ले कृषिलाई मर्यादित पेशाको रुपमा नबुझेको कारण युवाहरु विदेशिएको वताएका छ्न । कृषिको आधुनीकरण तीनै तहको सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले त्यसको परिणाम हाम्रो मुलुकका युवाहरु विदेश पलायन भइरहेको उनले वताए ।

त्यसमा पनि २२ देखि २८ लाख युवाहरु वैदेशिक रोजगारमा रहेको बताउँदै खनालले त्यो पनि २२ देखि ३५ वर्ष उमेर समूहका युवाहरु खाडी मुलुमा रहेको बताए । नेपालको समृद्धिको लागि कृषिको विकल्प नरहेको भन्दै त्यसका लागि आधुनिकीकरण भित्र्याउनुपर्ने वताए ।

कर्मचारीलाई जागिर खाने सिवाय केही नसोचेको आरोप लगाउँदै जनताले पनि खबरदारी गर्नुपर्ने बताए । जनताहरुले खबरदारी नगरेसम्म सरकारले पनि राम्रो काम नगर्ने र कृषकको दुःख नबुझ्ने मन्त्री खनालको भनाई थियो । कृषि विज्ञहरु किसानसँग हुनुपर्ने तब मात्र उत्पादनमा वृद्धि हुने उनको धारणा थियो । उनका अनुसार धान बालीलाई बार्षिक दुई पटक उत्पादन गर्नुपर्ने, त्यसको लागि केन्द्र सरकारले मल, वीउ र सिचाईको प्रवन्ध मिलाउनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्री खनालले कृषि आधुनिकीकरणको लागि तीनै तहको सरकरको समन्वय र सहकार्य अपरिहार्य रहेको बताए । नेपालमा ६६ प्रतिशत र प्रदेश नं. २ मा ८५ प्रतिशत कृषि पेशामै निर्भर रहेता पनि सरकारले आधुनिकीकरण भित्र्याउन नसकेको मन्त्री खनालले स्वीकार गरेका थिए ।

कार्यक्रमका विशिष्ठ अतिथि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले प्रदेश सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा कृषिलाई नै प्राथमिक्ता दिएको बताए । कृषिमा सुधार नभएसम्म प्रदेश नं. २ को विकास नहुने भन्दै मन्त्री साहले दिन प्रतिदिनि कृषिकलाई दुरदसा भइरहेको बताए ।

जल, जमिन र जलशक्ति एकिकृत गर्न सकियो भने प्रदेश समृद्ध हुन सक्ने मन्त्री साहको भनाई थियो । तिनै सरकारको समन्वयमा प्रदेश सरकार आत्मनिर्भर हुने उनको धारणा थियो । अरु प्रदेश भन्दा २ नम्बर प्रदेशमा कृषिको प्रचुर सम्भावना रहेपनि हामी गर्न नसकेको स्वीकार्दै तीन तहले मिलेर गर्नुपर्ने बताए । प्रदेश नं. २ समृद्ध भएमात्र नेपाल समृद्ध हुने उनको भनाई थियो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपरमा सम्पन्न कार्यक्रममा  पूर्वमन्त्री तथा नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साह, प्रदेश नं. २ का अर्थराज्यमन्त्री उषा यादव, प्रदेश साँसद ज्वाला साह, राजेश्वर साह, कृषि विज्ञ रामअश्रे साह, खडकभक्त पौडेल, कैलाश प्रसाद भुजेल लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बारा, पर्सा, रौतहटका प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गयो

जनकपुरधाम, ११ माघ । धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ ।

धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो । करेन्ट लागेर ९ जनाको मृत्यु भएको जनांइए पनि थप मृत्यु भएको हुनसक्ने आशंका गरिएकाे छ ।

सडकमा बिजुलीको पोलमा जडान भएको ११ हजार भोल्टको तारमा छुँदा बसमा करेन्ट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बसमा ४० जनाभन्दा बढी जन्ती सवार थिए । मृतकको शव अहिले पनि बसभित्रै छ भने घटनाको विस्तृत विवराण आउन बाँकी छ ।

भर्खरै घटनास्थलमा प्रहरी पुगेर घाइतेहरुको उद्धार र मृत्यु भएकाहरुको शव निकाल्ने काम भैरहेको छ ।

जन्ती सिन्धुली जिल्लाको कमलाखोजबाट बाल्टिया जाँदै गरेको थियो ।

माझीलाई हृविल चियर सहयोग

वीरगंज , १० माघ ।

पर्साको पर्सागढी नगरपालिकाका एक जना अपांगलाई एक कार्यक्रमका बिच रोटरी क्लब आफ बिरगंज मेटा्रेपोलिसले एक थान हवील चेयर प्रदान गरेको छ । पर्सागढी ५ हर्दिया टोलका हिरा माझीका नाती ८ बर्षीय रोहित माझीलाई क्लबले एक थान हवील चेयर सहयोग गरेको हो ।

बिगत लामो समय देखी हवील चेयरबाट बंचित गरीब अपांग बालकको बारेमा बिभिन्न सामाचर तथा सामाजिक संजालको माध्यमबाट जानकारी पाई क्लबले हवील चेयर सहयोग गरेको कलबका सचिव अनिल जयसवालले बताउनु भएको छ ।

कार्यक्रममा अध्यक्ष शशीरंजन कलवार पुर्ब अध्यक्ष संजय साह लगायतको उपस्थिती थियो । विपन्न माझी मुसहर समुदायका रोहितको घरमै पुगेर विभिन्न राहत सामाग्री हस्तान्तरण गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

अबैध रूपमा भित्र्याएको सामान सशस्त्र प्रहरीले भन्सार बुझाए

पर्सा – सीमावर्ती भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याइएको १ लाख मूल्य बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

ससस्त्र प्रहरीले वीरगञ्जको भकुवा नाका, रजतजयन्ती चोक र छपकैयामा सुरक्षा जाँचका क्रममा उक्त परिमाणको सामान बरामद गरेको हो ।

भन्सार छलेर साइकलमा ल्याउँदै गरेको लत्ताकपडा, मोटर पार्टस, स्टेशनरी सामान बरामद भएको उहाँले बताउनुभयो ।

बरामद गरिएको सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिनुभयो ।