Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

लैङ्गिक समानता प्रवर्धनका लागि छलफल कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । लैङ्गिक समानता प्रवर्धनका लागि सामुदायिक अङ्कपत्र विषयक छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल युवा संस्था सन्जाल (आयोन) को आयोजनामा वीरगंज स्थित होटल कुमु प्यालेसमा भएकाे कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका ८, १५ र १६ नम्बर वडालाई समावेश गरी तिन वडाका सरोकारवला, मुख्य सहजकर्ता र युवाहरु विच छलफल गरीएको हो । युवाहरुले आफ्नो वडामा भएका लैङ्गिक समस्याको विषयमा छलफल गरी कसरी समाधान हुने विषयमा चर्चा गरेका थिए ।

समस्याका विषयमा पहिला आफु बसेका समाज भित्र महिला र किशोरीहरु विरुद्ध हुने सबै प्रकारका भेदभाव, सार्वजनिक स्थानमा महिला र किशोरी माथि हुने यौन शोषण, मानव वेचविखन तथा हिंसा अन्त्य कसरी गर्नेमा छलफल गरेका थिए ।

सामाधानमा समाज पहिला शिक्षा जरुरी रहेको, कानुनको कार्यन्वयन गर्नु पर्ने, महिलालाई आत्मानिर्भर बनाउनु पर्ने, महिलालाई रोजगारीको अवसर, ठेकेदारी प्रथाको अन्त्य, युवा तथा किशोरहरुमा रोजगारीको अवसर, खुल्ला स्थानमा मादक, लागु औषध, गुटखा जस्ता पदार्थको विक्री वितरण बन्द गर्ने र जनचेतनाको विकास हुनु पर्ने प्रस्तुत गरेका थिए ।

भिस्ओको सहयोगमा भएको कार्यक्रममा नेपाल युवा संस्था सन्जाल(आयोन)का केन्द्रीय कार्य समिति सदस्य चन्दन साहको उपस्थती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...