Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

निर्माण व्यवसायी संघ पर्साकाे १६ ‌औं सधारण सभा सम्पन्न, अधिबेशन स्थगित

spot_img
spot_img

वीरगंज । नेपाल निर्माण व्यवसायी संघ पर्साकाे १६ ‌औं सधारण सभा आज सम्पन्न भएकाे छ । नगर सभा गृह वीरगंजमा भएकाे सधारण सभाले संघकाे सदस्यता शुल्क रू ५१ हजारबाट घटाएर रु १५ हजार गर्ने निर्णय गरेकाे छ ।

संघकाे १६ औं सधारण सभा तथा ११ औं अधिबेशनकाे शुक्रबार नगर सभा गृहमा उदघाटन भए पनि सधारण सभा मात्र सम्पन्न भएकाे र अधिबेशन अदालतकाे अन्तिम निर्णय सम्मकाे लागि स्थगित भएकाे निर्माण व्यवसायी संघ पर्साका महासचिव सुरेश पटेलले वताए । असन्तुष्ट पक्षले गरेकाे अदालतमा गरेकाे मुद्दाकाे अन्तिम निर्णय नआउन्जेलकाे लागि नयाँ समिति चयनकाे लागि गरिने अधिबेश स्थगित गरिएकाे पटेलले जानकारी गराए ।

संघका पर्सा अध्यक्ष रामाकान्त चौरसियाको अध्यक्षतामा र नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका महासचिव रोशन दहाल, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, प्रदेश सभा सदस्य करिमा बेगम, नेकपा नेता राजकुमार गुप्ता, नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्य, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, निर्माण संघ पर्साका सलाहकार रमेश पाण्डे, ध्रुप प्रसाद कुर्मी, साबिर अन्सारी, सुमित राैनियार लगायतकाे सहभागिता रहेकाे थिए ।

asantust pakxko vela_kalikatimes

यता निर्माण व्यवसायी संघ पर्साका असन्तुष्ट पक्षले शुक्रबार कृषी अनुसन्धान केन्द्र परवानीपुरमा छुटै भेला भएका थिए । संघका प्रथम उपाध्यक्ष दिवाकार पटेल पक्षकाे असन्तुष्ट पक्षले छुटै भेला हुनुकाे साथै भाेजभतेर समेत गरेका हुन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...