Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

जगदम्बा सिमेन्टकाे गैर जिम्मेवारीपन

spot_img
spot_img

बीरगंज । श्री जगदम्बा सिमेन्ट मिल्स प्रालिले वीरगन्ज स्थित घण्टाघर चौकमा शनिबार मोटरसाईकल चालकहरुलाई हेल्मेट बितरण गर्ने क्रममा गैर जिम्मेवारीपन देखाएकाे छ ।

जगदम्बाका निर्देशक राजेश अग्रवाल सहितका कर्मचारीहरुले हेल्मेट वितरण गर्ने क्रममा घण्टाघरमा भएकाे फाेहर जस्ताकाे त्यस्तै छाेडेर हिडेका छन् । नयाँ हेल्मेटबाट निस्केकाे सम्पूर्ण पलास्टिकहरु र पूराना फुटेका हेम्लेटहरु घण्टाघर चाेक मै छाेडेर हिडेका हुन् ।

घण्टाघरमा साे प्लास्टिक र पुराना हेल्मेटका छाेडेर हिडेका कारण घण्टाघर अगाडी फाेहर देखिएकाे छ भने फाेहर सफा नगरेर जगदम्बाले गैरजिम्मेवारीपन देखाएकाे स्थानियहरुले वताएका छन् ।

jagdamaba siment_kalikatimes
हेल्मेट वितरण गर्ने क्रममा भएकाे भिड र सडक अवरुद्ध समेत भएकाे अवस्था । तस्बिर : कालिका टाइम्स

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जगदम्बाले पुराेनाे हेल्मेट लिई जगदम्बा लेखिएकाे नयाँ हेल्मेट प्रचारकाे लागि वितरण गरेको हो । घण्टाघरमा अव्यवस्थित तरिकाले हेल्मेट वितरण गरिएका कारण केही बेर सडक पनि अवरुद्ध भएकाे थियाे ।

जगदम्बाकाे हेल्मेट वितरण कार्यक्रमकाे उदघाटन वीरगन्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले गरेका थिए । साे कार्यक्रममा २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.उ.गोग बहादुर पालकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...