Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

‘मिस्टर लेले’मा वरुणसँग कियारा र भूमी

spot_img
spot_img

केही समयदेखि मिडियामा नायक वरुण धवनले नायिकाद्धय कियारा आडवाणी र भूमी पेडनेकरसँग चलचित्रमा काम गर्न लागेको चर्चा चलिरहेको छ । यो चलचित्रलाई शशांक खेतानले निर्माण गर्दैछन् । वरुणले शशांकसँग चलचित्र ‘बद्रीनाथ कि दुल्हनिया, हप्टी शर्मा की दुल्हनिया’ लगायतका चलचित्रमा काम गरिसकेका छन् ।

यी दुइ चलचित्रको बक्स अफिसमा राम्रो व्यापारसँगै शशांक फेरि एकपटक वरुणसँग काम गर्न अगाडि सरेका छन् । अब, मेकरले यो चलचित्रको नाम पनि फाइनल गरेका छन् । भारतीय पत्रिका मुम्बई मिररका अनुसार यो चलचित्रको नाम ‘मिस्टर लेले’ राखिएको छ ।

धेरै नाममा विचार गरेपछि निर्माताले यो नाम फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ । यो चलचित्रको छायांकन आउँदो वर्षको मार्च महिनाबाट सुरु गर्ने योजना निर्माणपक्षको छ ।

पछिल्लो समयमा नायिकाद्धय कियारा र भूमीलाई दर्शकले निकै रुचाइरहेका छन् । वरुणको पनि आफ्नो क्रेज छ । यसैले, यी तिन कलाकारको उपस्थितीले चलचित्रलाई बलियो बनाउने विश्वास निर्माणपक्षको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...