Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

प्रेस संगठन पर्साको कमिटी बिस्तार, संयाेजकमा पिठाकाेठे र सह संयाेजकमा तिवारी

spot_img
spot_img

वीरगंज । प्रेस संगठन नेपाल पर्साको जिल्ला कमिटी आज बिस्तार भएको छ । निरज पिठाकोठे संयोजक र अनुप तिवारी सहसंयोजक रहने गरी ४१ सदस्यि कमिटी गठन गरिएको हो ।

नव गठित कमिटीको सदस्यहरुमा जितेन्द्र साह, संजिव मिश्र, पुष्प तिमिल्सिना, सफल खतिवडा, राकेश साह, जियालाल साह, आनन्द पटेल, मनोज पटेल, प्रमोद यादव, संतोष पटेल, राजेन्द्र सिंह नेपाली, लक्ष्मी खरेल, निरञ्न मिश्र, बिनोद परियार, रुस्तम अलि, ग्यासु मियाँ देवान, अजय चौरसिया, धनन्जय मिश्र, तिवारी यादव, बिकाश साह, धर्मेन्द्र चौरसिया, मुनेशलायो मगर, सुवास राम, सन्नी मण्डल, सुवास आले, कृष्ण मोहन साह, दिपेन्द्र कुमार साह, बिदुर गौतम, समिना रंजितकार, राम मण्डल, अजित भुजेल लगायत ३५ जना रहेका छन । थप ६ जना सदस्यहरु पछि समावेश गरिने प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवानले बताउनु भयाे ।

त्यसैगरी आजै महेश दासको आध्यक्षतामा १५ सदस्यि सल्लाहकार समिती समेत गठन भएको छ । नवगठित कमिटीको सदस्यहरुमा शत्रुघन नेपाल, गोविबन्द देवकोटा, किरणराज पाण्डे, महेशचन्द्र गौतम, दिपक गौतम, युवराज खडका, जगत राई, सुष्मा शर्मा, बिजय भण्डारी, आशिक अंसारी, रसना ढकाल लगायत रहेका छन ।

बैठकमा प्रेस संगठन नेपाल प्रदेश २ का इन्जार्ज लालबाबु शेख, केन्द्रिय सदस्य पासवान, राघव साह, लेखा समिति सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बंजारा, नेकपा पर्सा जिल्ला संयोजक प्रभु हजरा, सचिव बिजय महतो थारु लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...