Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

५ बुंदे घाेषणा पत्र जारी गर्दै बालिका सम्मेलन सम्पन्न

spot_img
spot_img

वीरगंज । बालविवाह तथा दाइजाे अपराध विरुद्ध जिल्ला स्तरिय बालिका सम्मेलन आज वीरगंजमा सम्पन्न भएकाे छ ।  वीरगंज स्थित त्रिजुद्ध माध्यमिक बिद्यालयमा भएकाे बालिका सम्मेलन ५ बुंदे घाेषणा पत्र जारी गर्दै सम्पन्न भएकाे हाे ।

बाल विवाह र दाइजाे कुप्रथा विरुद्ध शुन्य शहनशिलता अपनाउने कहिँ कतै भएकाे पाइएमा त्यसकाे विरुद्धमा अवाज उठाउने छाैँ, बालविवाह तथा दाइजाे कुप्रथा विरुद्ध ऐन, नियम, कानुन, कार्यविधि, निर्देशिका पालना गर्न गराउन, बालविवाह तथा दाइजाे कुप्रथा विरुद्ध पालिका स्तरिय कार्यविधि, याेजना निर्माण तथा अभियान संचालन गर्ने, पालिका स्तरका समुह संजालहरुकाे मजबुतीकरण तथा क्षमता विकासमा जाेड दिने र दाईजाे तथा बाल विवाहलाई दुरुत्साहन गर्ने तत्वहरुकाे निकारण गर्नकाे लागि आपसमा मिलेर समन्वय गर्दै काम गर्ने उल्लेखित ५ बुंदे घाेषणा पत्रमा सम्मेलनका सहभागिहरुले हस्ताक्षर गरी एकवद्धता जनाएका थिए ।

balika samelan 3_kalikatimes
बालिका सम्मेलनमा सहभागि अतिथीहरु र मन्तव्य राख्दै गैसस महासंघ पर्साका अध्यक्ष छठु साह । तस्बिर : कालिका टाईम्स

दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरकाे अध्यक्षता र प्रदेश २ का अर्थ राज्यमन्त्री उषा देवी यादवको प्रमुख आतिथ्यमा भएकाे सम्मेलनमा प्रदेश सांसद भिमा यादव, राघनी बर्णवाल, वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्ष ममता महताे, बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवी, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, संघिय प्रेस पर्साका अध्यक्ष आर.के. पटेल, समाजिक संस्था समन्वय समितिका अध्यक्ष इब्राहिम देवान लगायतकाले मन्तव्य राखेका थिए ।

“विहे गर्न हतार नगराैँ, छाेरीकाे भविस्य बनाऔं” मुल नारा सहित भएकाे सम्मेलनमा कार्यक्रम बारे प्रकाश आयाेजक संस्थाका कार्यकारी निर्देशक रामाकान्त पटेल र स्वागत मन्तव्य कार्यक्रम संयाेजक काेपिला चाैलागाई साहले राखेका थिए । सम्मेलनकाे संचालन पत्रकार माधुरी महताेले गरेकी थिइन भने कार्यपत्र प्रस्तुत सुरेश विडारी गरेका थिए ।

balika samelan 4_kalikatimes
बालिका सम्मेलनकाे उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश राज्यमन्त्री उषा यादव । तस्बिर : कालिका टाईम्स

एक्सनएड, इरिस एडकाे सहयाेगमा र दिव्य युवा क्लव बीरन्चीबर्वाकाे आयाेजनामा संचालित स्थानिय अधिकार कार्यक्रम तथा समुन्नती परियाेजना अन्तर्गत सम्मेलन  भएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...