Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

धम्की दिनुका साथै बम विस्फोट गराइ फिरौती रकम माग्ने चार पक्राउ

spot_img
spot_img

वीरगंज । बाराका उद्योगी र व्यपारीलाई धम्की दिनुका साथै बम विस्फोट गराइ फिरौती रकम माग्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाराको परवानिपुर गाँउपालिका-४ का ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम, बाराकै जीतपुर सिमरा उपमहानगरपालिका-२० का २० वर्षीय अच्छेलाल गोसाई र बाराकै फेटा गाँउपालिका-३ का ३९ वर्षीय दिपेन्द्रकुमार धानुक रहेका छन् ।

चारै जनाले बाराको परवानिपुर गाउँपालिका-४ एमएस इँट्टा उद्योगका संचालक मनोजप्रसाद साह तेलीसँग ३ महिना पहिले फिरौती बापत १५ लाख रुपैयाँ मागेका थिए । तेलीले रकम दिन अस्वीकार गरेपछि गत कात्तिक ४ गते तेलीको इँट्टा उद्योगमा बम विष्फोट गर्नुका साथै फिरौती रकम नदिए ज्यान मार्ने धम्की दिएका थिए ।

बुधवार इँट्टा उद्योगी तेलीलाई ३ लाख फिरौती लिएर बाराको परवानिपुर-४ चैनपुरमा बोलाएका थिए । त्यहि बेला इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चारै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पक्राउ परेका चारै जनाको गिरोहले बाराकै प्रसौनी गाउँपालिका ४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई पनि मोबाइलबाट धम्की दिइ ५० लाख रुपैयाँ फिरौती मागेका थिए ।

फिरौती रकम नदिएपछि असोज १० गते राती कुम्हालको घर छेउमा सुतली बम विष्फोट गराएका थिए ।

बाराकै परवानिपुर गाउँपालिका ४ स्थित नारायणी आयल रिफाइनरीका सञ्चालकलाई पनि फिरौतीका लागि फोन गरी धम्की दिएका थिए । फिरौती रकम नपाएपछि असोज २ गते उद्योग छेउमा सुतली बम विष्फोट गरी तर्साएर २५ हजार रुपैयाँ लिएका थिए ।

पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेकाे जिल्ला प्रही कार्यालय बाराले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...