Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1056

नेवि संघद्वारा वीरगंजमा मशाल जुलुश प्रदर्शन

वीरगंज, १६ माघ ।
नेपाल विद्यार्थी संघ, पर्साले बुधबार वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेको छ । नेवि संघका नेताहरु दुई समुहमा विभाजन भई वीरगंजको विभिन्न ठाउँबाट मशाल जुलुश निकालेका थिए ।

वीरगंज घण्टाघर स्थित रहेको आँखा अस्पतालको गल्लिबाट नेवि संघ, पर्सा क्षेत्र नं. ४ का सभापति विकास तिवारीको नेतृत्वमा मशाल जुलुश निस्केको थियो ।

जुन जुलुश माईस्थान चौकमा पुगि पुन: घण्टाघरमा पुगि सप्पन्न भएको थियो । जसमा नेवि संघ पर्साका नेता जीवन सापकोटा, केशव घिमिरे, सरोज चौरसिया, चन्दन सहनी अभय कर्ण, अनिल पटेल लगायतकाको सहभागिता रहेको थियो ।

यस्तै अर्को समुहले नेवि संघ, पर्साका नेता बिश्वास द्विवेदिको नेतृत्वमा मशाल जुलुश निकालेको थियो । जुन जुलुशमा नेवि संघका केन्द्रिय सदस्य सुधीर पटेल, बद्रीनाथ तिवारी, नेता रोशन सिंह लगायतकाको सहभागिता रहेको थियो ।

वीरगंजको घण्टाघर, पानमण्डी गलि र महाविर स्थान गलिबाट जुलुश निस्केको थियो भने माईस्थानमा पुगि सम्पन्न भएको थियो । प्रहरी हस्तक्षेपको डरले अनेकन ठाउँबाट मशाल जुलुश निकालिएको थियो ।

नेकपा नेतृत्वको वर्तमान सरकार हत्या, हिंसा, बलात्कार, माफिया र भ्रष्टाचारमा संलग्नहरूको संरक्षक बनेको भन्दै केन्द्रले घोषणा गरेको बिरोधको कार्यक्रम अन्तर्गत वीरगंजमा पनि मशाल जलुश निकालिएको छ ।

विरोध प्रदर्शन कै क्रममा नेवि संघका सह महामन्त्री प्रेमराज जोशी र कुटपिटबाट नेवि संघका नेता विजय महतो घाइते भएको विरोधमा पनि नेवि संघ देश भरी नै आन्दोलित भएको छ ।

वि.पि. उद्यानको जग्गामा महानगरपालिको स्वीकृति विना सहिद पार्कको शिलान्यास, कांग्रेसको विरोध

वीरगंज, १५ माघ ।
वीरगंजको घण्टाघर स्थित रहेको वि.पी. उद्यानको जग्गाको विषयमा विवाद उत्पन्न भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. ९, स्थित १० विगाहा क्षेत्रफलमा रहेको जग्गामा बुधबार शहीद पार्कको शिलान्यास हुने सार्वजनिक भए पछि विवाद उत्पन्न भएको हो । वि.पी. उद्यानको जग्गामा सहिद पार्कको शिलान्यास गर्न लागिएको थाह पाए लगतै नेपाली कांग्रेस, पर्साले पत्रकार सम्मेलन नै गरी त्यसको विरोध गर्दै तत्कालको लागि शिलान्यास कार्यक्रम स्थगित गर्न मांग गरेको छ ।

प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा संयुक्त रुपमा गर्न लागिएको पार्कको शिलान्यास कार्यक्रम स्थगित गरी महानगरपालिकाको निर्णय अनुसार अगाडी बढनु पर्ने धारणा रोखेको हो । पत्रकार सम्मेलनमा वोल्दै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले वि.पि. उद्यानको नाउमा र महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा महानगरपालिका कार्यालय संग कुनै समन्वय नै नगरी सहिद पार्कको शिलान्यास गर्न लागिएकोले हाम्रो विरोध रहेको वताए ।

मिति २०६०/९/२४ गते नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार वि.पी. उद्यानको नाम रहेको जग्गामा हामी र महानगरपालिका संग कुनै समन्वय र सलाह नै नगरी पार्कको लागि गर्न लागिएको शिलान्यासले मुटभेड निमत्न सकने वताए । जग्गाको लालपुर्जामा प्रष्ट रुपले लेखिएको वि.पि. उद्यान वाहेक अन्य कुनै प्रयोजनाको लागि प्रयोग नहुने देखाउदै उनले भने महानगर कार्यपालिकाको निर्णय बेगर गर्न लागिएको कार्य कुनै हालतमा मान्य नहुने वताए ।

कसैले लेखेर दिए पनि हामीले नमान्ने वताउदै सभापति द्विवेदीले कानुनी उपचार लडनु पर्यो भने हामी लडछौं, राजनितिक लडाई लडनु पर्यो भने लडिने र पछाडि नहटिने वताए । उनले थपे सरकार प्रमुख जस्तो व्यक्तिले नगर प्रमुखलाई समेत वाइपास गर्दै नियमविपरित गर्न लागिएको वताए । आफुने व्यक्तिगत रुपमा मुख्यमन्त्रीलाई फोन गरी बुधबार गर्न लागिएको कार्यक्रम स्थगित गर्न भनेको समेत जानकारी गराए ।

हातारहतारमा शिलान्यास कार्यक्रमको कार्ड वाडिसकिए पछि मात्र सहरी तथा भवन निर्माण कार्यालयलाई समेत पत्र पठाई जानकारी गरिएको वताए । यस बिषयमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी संग बुझदा शिलान्यास कार्यक्रम बारे आफुलाई थाह भए पनि परक्रियाग रुपमा नगरिएको प्रतिक्रिया दिए । यस बिषयमा कार्यपालिकाको बैठक बोलाएर निर्णय लिने वताउदै मेयर सरावगीले महानगरपालिकाले कुनै स्वीकृति नदिएको समेत वताए । निर्माण गर्न लागिएकोमा वीरगंज महानगरपालिका संग कुनै जनकारी पनि नरहेको र सरकार प्रमुख जस्तो मान्छे मै मूख्य मन्त्री फोन गरी पनि कार्यक्रम स्थगित गर्न व्यक्तिगत रुपमा आग्रह समेत गरेको वताए ।

वीरगंजको मुली स्थित रहेको नेपाली कांग्रेस पर्साले आफनै पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, पूर्व मन्त्री दुर्गा देवी, पर्साका सचिव श्याम पटेल, क्षेत्रिय सभापति विजय सरर्फा, अरबिन्द गुप्ता, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहा, उपाध्यक्ष के.सी. लेमिक्षाने लगायतकाको सहभागिता रहेको थियो । प्रेस युनियन, पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

बाेर्डर अाउट पाेस्ट सिर्सिया द्वारा डेढ क्विन्टल मरिच बरामद

वीरगंज, १५  माघ ।

वीरगञ्जबाट सोमबार झण्डै डेढ क्विन्टल कालो मरिच भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ । वीरगञ्जबाट भारततर्फ लगिरहेको अवस्थामा छपकैयाँबाट डेढ क्विन्टल मरिच बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्ल नेतृत्वको टोलीले छपकैयाँबाट ६ बाेरा (झण्डै डेढ क्विन्टल) मरिच बरामद गरेको हो ।

कलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आयात भएको मरिच नेपालबाट पुनः भारततर्फ नै तस्करी हुने गरेको छ । मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा दोब्बर मूल्यमा बिक्री हुने गरेकाले तस्करी बढेको प्रहरीले जनाएको छ । बरामद मरिचको बजार मूल्य झण्डै १ लाख भन्दा बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यस अघि पनि प्रहरीले पटक पटक भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा मरिच बरामद गरेको थियो । यस्तै सीमावर्ती बजार रक्सौलबाट भन्सार छलेर वीरगञ्ज भित्र्याइरहेको झण्डै एक लाख रुपैयाँ मूल्यको कार्पेट पनि बरामद भएको सशस्त्र प्रहरी निरीक्षक मल्लले बताउनुभयो । बरामद मरिच र कार्पेट वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

वीरगंज उद्योग वाणिज्य सङ्घको शपथ ग्रहण, केन्द्र सरकारबाट देश समृद्ध र सुखी हुँदैन –मुख्यमन्त्री राउत

वीरगंज, १५ माघ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले केन्द्र सरकारले वीरगंजका उद्योगी व्यवासायीलाई लुट्ने नीतिमात्र बनाउँदै आएको बताएका छन् । होटल भिस्वामा वीरगंज उद्योग वाणिज्य सङ्घको शपथ ग्रहण कर्याक्रममा मुख्य अतिथिको रूपमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले हालै सरकारले तोकेको मर्यादाक्रम तथा केन्द्रीय प्रहरी परिचालन ऐन अनुसार जिल्लामा प्रहरी परिचालन गर्ने अधिकार सिडिआलाई दिएकोमा आपत्ति जनाउँदै प्रदेशलाई पङ्गु बनाउन केन्द्र सरकार अघि बढदै गएको बताए ।
मुख्यमन्त्री राउतले केन्द्र सरकारले सङ्घीयता अन्तर्गत दिएको अधिकार प्रत्यायोजित नहोस् भन्ने नियतले सङ्घीय सरकारको आचरण र व्यवहार स्पष्ट हुँदै गएको बताए । मुख्यमन्त्री राउतले नेकपाको सङ्घीय सरकारको नारा मात्र ‘समृद्ध नेपाल सुखी नेपाल’ हो र सरकारले वास्तविकतामा देश समृद्ध होस् भन्ने नचाहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशले निर्यात कसरी बढाउन सक्छ भन्नेबारे नीति बनाएर अघि बढ्न जरूरी रहने बताए । उनले निर्यातभन्दा आयतत दिन प्रतिदिन बढदै गएकोले एक दिन औषधी र इन्धन आयात गर्न पनि  नेपालमा डलर उपब्ध नहुने बताए ।
उद्योग वाणिज्य महासङ्घका अर्का उपाध्यक्ष्F किशोरकुमार प्रधानले प्रदेश २ सबैभन्दा सक्षम भएकोले यसलाई दुई नम्बरबाट १ बनाउने दिशामा लाग्न मुख्यमन्त्री र वीरगंज उद्योग वािणज्य सङ्घलाई शुभकामना दिए । उनले प्रदेश २ को वीरगंज औद्योगिक हब भएको र कृषिमा सम्भावना प्रचुर भएकोेले प्रदेश २ को विकास गरी ७ वटै प्रदेशभन्दा उत्कृष्ट प्रदेशको रूपमा विकसित बनाउन सुझाव दिए ।
गोपाल केडियाको अध्यक्षतामा नयाँ नेतृत्व
वीरगंज उद्योग वाणिज्य सङ्घको ४३ औं सधारणसभाबाट नयाँ नेतृत्व आएको छ । नवनिर्वाचित पदाधिकारीहरूले आज शपथ खाँदै जिम्मेवारी लिएपछि सङ्घको नयाँ नेतृत्वले पूर्णता पाएको हो ।
भिस्वा होटल, वीरगंजमा सङ्घका नवनिर्वाचित अध्यक्ष गोपाल केडिया र अन्य पादाधिकारीलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बालमुकुन्द खरेलले शपथ खुवाउँदै पूर्व अध्यक्ष ओमप्रकाश शर्माबाट जिम्मेवारी हस्तान्तरण गराए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतको प्रमुख आतिथ्यमा सम्पन्न शपथग्रहण समारोहमा अध्यक्ष केडियासँगै वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, उपाध्यक्ष अनिल पटवारी, महासचिव माधव राजपाल, उद्योग सचिव अरविन्द अमात्य, वाािण्ज्य सचिव प्रेमचन्द्र गोयल, कोषाध्यक्ष रवीन्द्रकुमार वर्णवाल र सहकोषाध्यक्ष गोविन्दप्रसाद शाह रहेका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि राउतले शुभकामना दिए ।
डस्टी कार्गो भण्डार क्षेत्रमा सिसिटिभी जडान गर्छु
अध्यक्षको रूपमा पहिलो मन्तव्य राख्दै केडियाले औद्योगिक सुरक्षा तथा संवद्र्धनका लागि उद्योग वाणिज्य सङ्घ सदैव तत्पर रहने प्रतिबद्धता जनाउँदै सङ्घ नेतृत्वले गरेको विभिन्न कार्यक्रमबारे जानकारी गराएका थिए । उनले आगामी दुई वर्षे कार्यकालमा वीरगंजमा डस्टी कार्गो भण्डारण, सिमरा विमानस्थलको स्तरोन्नति, औद्योगिक करिडोरलाई केमिकलयुक्त वारुणयन्त्र राख्न पूर्वाधार विकास र पथलैया–वीरगंज  सिसिटिभी जडान गरी सुरक्षा प्रत्याभूति गराउने प्रतिबद्धता गरे ।
सङ्घको निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा शुरू भएको शपथग्रहण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोरकुमार प्रधान, राजनीतिक दलका नेताहरू, सङ्घका पूर्व अध्यक्षहरू लगायतले शुभकामना दिए ।
विद्युत् महसुल घटाउनुपर्छ
नवनिर्वाचित  अध्यक्ष केडियाले माघ १ गतेदेखि नेपाल सरकारले औद्योगिक करिडोरको लागि बढाएको विद्युत् महसुल अव्यावहारिक भन्दै घटाउन आग्रह गरेका थिए । उनले मुख्यमन्त्रीसँग, केन्द्र सरकारसँग पहल गरी विद्युत् महसुल घटाउन आग्रह गरेका थिए । उनले आजको अवस्थामा सरकारले उद्योगी व्यवसायीलाई अनुदान तथा उद्योग व्यवसायमैत्री नीति लागू गर्नुपर्नेमा उल्टै उद्योगहरू बन्द गराउन ६५ प्रतिशत विद्युत् महसुल बढाइएकोले उक्त कदम सशोधन गर्न माग गरे । प्रतिक

अनेरास्ववियु पर्साद्वारा चिकित्सा शिक्षा बिधेयकको स्वागत

वीरगंज, १५ माघ ।
सतारुढ दल नेकपा निकट अनेरास्ववियु, पर्साले संघिय संसदद्वारा बहुमतले पारीत चिकित्सा शिक्षा बिधेयकको स्वागत गरेको छ । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजको मुल गेट अगाडि सोमबार सान्झ दिप प्रजवलित गरि अनेरास्ववियुले प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको बिरोधको बाहजुद पनि बहुमतले पारित शिक्षा बिधेयकको स्वागत गरेको हो ।

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहको अगुवाईमा भएको दिपप्रजवलित कार्यक्रममा पुर्व सांसद एंव नेकपाका नेता बिचारी यादव, युवा नेता मनोज कुमार चौधरी, प्रदेश सदस्य तेज प्रकाश निसाद, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य इशक कुमार, पर्सा संयोजक मित्रदेव यादव, ठारब ईकाई अध्यक्ष मेराजुल हवारी, ओबिसी पर्साका अध्यक्ष अकलेश साह लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिपक्षी दल नेपाली काङ्ग्रेस निकट नेवि संघले वीरगंजमा शिक्षा बिधेयकको बिरोधमा प्रधानमन्त्री के.पि. ओलिको पुतला दहन गरेकै दिन नेकपा निकटका अनेरास्ववियुले स्वागत गरेको हो ।

सरस्वतीको मुर्ती बनाउदै एक बालक

बालबालिकामा नकल गर्ने बानी धेरै हुन्छ । त्यस्तै नकल गर्दै  पर्साको पोखरियामा एक बालक । पोखरिया बजारमा सरस्वती माताको मुर्ती बनाई रहेकै ठाउँमा नकल गरि मुर्ती बनाउदै बालक र मुर्ती बनाईरहेको हेर्दै बालबालिका । तस्वीर : कालिका टाईम्स

नेपाललाई एतिहासिक एकदिवसिय सिरिज

काठमाडौ /
नेपालले पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलोपटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो ।
तीन खेलको सिरिजमा पहिलो खेल गुमाएपनि नेपालले दोस्रो र तेस्रो खेल जित्दै सिरिजमाथि कब्जा जमाएको हो । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एक दिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज २–१ ले जितेको हो ।
आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले यस अघि गत असारमा नेदरल्यान्डसँग डेब्यु एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
कप्तान पारस खडकाले शतकीय इनिङ खेलेपछि युएईले दिएको २५५ रनको लक्ष्य नेपालले छ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कप्तान पारसले १०९ बलको सामना गर्दै ११५ रन जोडे । ओडिआईमा पहिलो शतक बनाउने नेपालीसमेत बनेका पारसको इनिङमा १५ चौका र १ छक्का सामेल थियो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । त्यस्तै सोमपाल कामीले अविजित २६ तथा आरिफ शेखले अविजित २१ रन बनाए ।
त्यस्तै विनोद भण्डारीले नौ, रोहितकुमार पौडेलले १६ र दिपेन्द्रसिंह ऐरीले छ रन बनाएका थिए । युएईका इमरान हैदर र अशफाक अहमदले दुई/दुई विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै छ विकेट गुमाएर २५४ रन जोडेको थियो । खराब शुरूआत गरेको युएईका मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।
पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले दुई रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवर र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङ खेलेका अनवर ८७ रनमा आउट भए । रिजवान ४५ रन जोडेर आउट भए ।
नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।
नेपालका कप्तान पारस र करण केसीले दुई/दुई विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।
सिरिजमा नेपालका कप्तान पारस प्लेयर अफ दि सिरिज बनेका छन् । कप्तान पारस प्लेयर अफ दि म्याचसमेत चुनिएका थिए । नेपालले अब यूएइसँग तीन टि–२० सिरिज खेल्नेछ ।

अवैध मदिरा भट्टि नष्ट, बहुबिबाह मुद्दाका फरार अभियुक्त पक्राउ

वीरगंज, १५ माघ ।
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलिले सोमबार अवैध रुपमा संचालन गरिएको मदिरा भठी नष्ट गरेको छ ।
सो प्रहरी टोलिले जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.१ मा अवैध रुपमा संचालन गरिएको भट्टी १ वटा, मदिरा बनाउने कच्चा पदार्थ २ हजार लिटर र तयारी मदिरा १ सय लिटर नष्ट गरेको हो ।
त्यसैगरि बहुविवाह मुद्दामा फरार रहेका कैदीलाई तालुक संघिय प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिहोर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको छ ।

बारा जिल्ला अदालतको मिति २०७१।०६।०६ गतेको फैसाला अनुसार बहुविवाह मुद्दामा १ वर्ष कैद र रू.५ हजार जरिवाना लागी फरार रहेका जिल्ला बारा करैयामाई गा.पा.वडा नं.६ बस्ने अकलु चौधरीको छोरा बर्ष ३२ को अमर चौधरीलाई सोमबार तालुक संघिय प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय सिहोर्वा बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।

पक्राउ परेका चौधरीलाई सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरि अदालतको आदेश अनुसार निज चौधरीलाई कैद भुक्तानको लागी वीरगंज कारागार कार्यालय पर्सामा पठाईएको प्रहरीले जनाएको छ ।

सुन्दर सावित्री स्मृति संस्थाद्वारा पत्रकार शाह पुरस्कृत

वीरगन्ज : सुन्दर सावित्री स्मृति संस्था काठमाडौँले पत्रकार  क्रान्ति शाहलाई पुरस्कृत गरेको छ । वीरगन्जमा सोमबार तेश्रो वार्षिक भगवान् बुद्ध पूजाको अवसरमा आयोजित कार्यक्रममा संस्थाले नारायणी एफएम र अन्नपूर्ण पोस्ट्ममा कार्यरत साहलाई  सम्मान पत्रसहित नगद १५ हजार रुपैयाँको पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणज्य संघका अध्यक्ष गोपाल केडिया र संस्थाकी अध्यक्ष रत्नेश्वर कुमारी गोर्खाली श्रेष्ठले शाहलाइ सम्मान पत्र र पुरस्कार प्रदान गरेका हुन् ।

लामो समय देखि पत्रकारितामा कृयाशील रहेर योगदान गरेकाले पत्रकार शाहलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरिएको सुन्दर सावित्री स्मृति संस्थाकी अध्यक्ष रत्नेश्वरी कुमार गोर्खाली श्रेष्ठले बताइन् ।

संस्थाले यसअघि वीरगन्जका पकारद्वय ध्रुब अधिकारी र विजय कुशवाहलाई उक्त पुरस्कार दिइएको । सोमबार नै आयोजित कार्यक्रममा सुन्दर सावित्री स्मृति संस्थाले वीरगन्ज–१५ भिस्वास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्रालाई ७५ थान स्वीटर वितरण गरेको छ ।

वीरगन्जको भिस्वा डाँडामा सुन्दर सावित्री स्मृति संस्थाकी अध्यक्ष रत्नेश्वर कुमारी गोर्खाली श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद तथा कांग्रेस पर्साका पुर्व सभापति राजेन्द्रबहादुर अमात्य, वीरगन्ज उपमहानगरपालिकाकी उपमेयर शान्ति कार्की, संस्थाका सल्लाहकार भुवनेश्वर कुमार प्रधान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा र समाजसेवी वीरहर्ष शाक्य लगायतले बोलेका थिए ।

शिक्षक महासंघ कालिकामाईको शपथ ग्रहण तथा पदास्थापन सम्पन्न

वीरगंज, १४ माघ ।
नेपाल शिक्षक महासंघ कालिकामाई, पर्साका पदाधिकारीहरुको आज सपथ ग्रहण तथा पदास्थापन कार्यक्रम सम्पन्न भएको छ । श्री ने.रा. अधारभुत विद्यालय कट्टी बलुवामा भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद सिंघासन साह कलवारले नव गठित महासंघका पदाधिकारीहरुको सपथ ग्रहण गराएका छन ।

सपथ ग्रहण गारउदै प्रदेश सांसद कलवारले शिक्षक इमान्दार भए देश भविष्य उजवल हुने वताए । शिक्षकहरुले इमन्दारी साथ काम गरे सधै सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाए । इन्द्राशन कुर्मीको अध्यक्षतामा गठित १९ सदस्यि शिक्षक महासंघ कालिकामाई गाउँपालिका, पर्सा गठन भएको छ ।

जुन महासंघको सह अध्यक्ष रामनरेश प्रसाद कुशवाहा, महिला उपाध्यक्ष विन्दु कुमारी, उपाध्यक्ष विरोज कुमार चौहान, सचिव सुभलाल साह, सह सचिव रामजी प्रसाद चौनियार, महिला सह सचिव निर्मला कुशवाहा, सह सचिव अर्थ रमेश चौरसिया रहेका छन ।

यस्तै सदस्यहरुमा सोनालाल साह, धुरेन्द्र चौरसिया, राजकुमार गुप्ता, सोनालाल राउत, सुमिन्त्रा देवी, धमेन्द्र चौरसिया, लालबाबु साह, सुदरशन प्रसाद कुर्मी, रामप्रबेश प्रसाद, रामनिवास प्रसाद, शम्भु प्रसाद रहेका छन ।

सपथ ग्रहण तथा पदास्थापन कार्यक्रममा शिक्षक महासंघका केन्द्रिय सदस्य चन्देश चौहान, बृजमोहन तिवारी, पर्साका अध्यक्ष तिर्थ राज यादव, वीरगंज महानगरका अध्यक्ष विनोद मेहता, नेपाल शिक्षक संघका पर्साका प्रदिप जैसवाल, विनोद गिरी लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।