Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रेस संगठन पर्साको घोषणा सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा निकट प्रेस संगठन पर्साको घोषणा सभा आज सम्पन्न भएको छ । तत्तकालिन नेकपा एमाले निकट प्रेस चाैतारी र माओवादी केन्द्र निकट प्रेस सेन्टरकाे एकता पछि मिलेर बन्नेकाे प्रेस संगठन पर्साकाे घाेषणा सभा सम्पन्न भएकाे हाे ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे घाेषणा सभामा वाेल्ने वक्ताहरुले श्रमजिवी पत्रकारहरुको हकहितको लागि प्रेस संगठनले काम गर्नुपर्ने धारणा राखे । वक्त्ताहरु देश बिकाश र सरकारको कमीकमजोरीकाे बारे पनि स्वतन्त्रपूर्वक कलम चलाउन आग्रह गरे ।

वक्त्ताहरुले संगठनमा लागेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न बिभिन्न किसिमकाे तालिम गोष्ठीको समेत आयोजना गर्न पनि आग्रह गरे ।

कार्यक्रममा पत्रकार कन्हैया गुप्ता, हेमन्त तमाङ्ग, अकलेश साह, पुनम चौधरीले प्रेस संगठनमा प्रवेश गरे । नव प्रवेशीहरुलाई कार्यक्रमका अतिथीहरुले फुलकाे माला र अविरकाे टिका लगाई संगठन भित्र स्वागत गरेका थिए ।

संगठनका पर्सा संयोजक निरज पिठाकोठेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एंव वीरगंज महानगर ईन्चार्ज दिनेश राई, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, सचिव बिजय महतो, प्रेस संगठन प्रदेश २ का इन्चार्ज लालबाबु शेख, नेकपा वीरगंज महानगर अध्यक्ष रहब अंसारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह, प्रेस संगठन पर्साका सल्लाहकार समितीका अध्यक्ष महेश दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा लगायतकाले मन्तव्य राखेका थिए ।

संगठनका सह संयोजक अनुप तिवारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण संजिव मिश्राले गरेका थिए । कार्यक्रममा प्रेस संगठ पर्साका ३५ सदस्यि कार्य समिति र सलाहकार समितिलाई समेत फुलकाे माला, खादा र अविरकाे टिका लगाई कार्यक्रमका अतिथीहरुले बधाई तथा शुभकामना व्यक्त्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...