Date
आइत, मंसिर ६, २०८३
Sun, November 22, 2026
Home Blog Page 1057

सागमा पदक जित्ने पर्सेली खेलाडीहरु सम्मानित

0

वीरगंज । पर्सा जिल्ला तेकान्डो संघले आज १३ औं सागमा पदक जित्ने पर्सेली खेलाडीहरुलाइ सम्मान गरेको छ । वीरगंज स्थित दरवार होटलमा आयोजित एक कार्यक्रमका बिच सागमा पदक जित्ने ३ खेलाडिलाई सम्मान गरिएको हो ।

गणेशमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भारोत्तलन तर्फ स्वर्ण पदक जित्न सफल बिकास थापा, कुस्तिबाट कास्य पदक जित्न सफल सुधिर साह र तेक्वान्दो बाट पनि कास्य पदक जित्न सफल निश्चल मान श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जाराको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा पर्सा जिल्ला खेलकुद बिकाश समितीका अध्यक्ष निसान्त लामिछाने, तेक्वान्दो सिनियर गुरु प्रमोद मानन्धर, पर्सा एथ्लेटिक्स संघका अध्यक्ष बिरेन्द्रबहादुर कुर्मी क्षेत्री, नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष दिपक पटेल सहायक प्रशिक्षक महमद सकिल, नाजिर हुसैन अन्सारी, बिशाल मेमोरियल गोल्डकपका अध्यक्ष रोशन गुप्ता लगायतको सहभागिता रहेको थियो ।

यत्रो चिसोमा छिपहरमाईका विद्यार्थी खुल्ला अकाशमुनी भुईमा बसेर परीक्षा दिदै

0

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं.-२ सम्भौता स्थित रहेको श्री नवगावाँ मावि चरगाहाँको विद्यार्थीहरू खुल्ला अकाशमुनी बसेर परिक्षा दिईरहेका छन् । कक्षा कोठाको अभावमा अत्याधिक चिसो मौसममा विद्यार्थीहरु खुल्ला अकाश्मुनी भुईमा बसेर परिक्षा दिन बाध्य भएका हुन् ।

चिसो र शितलहरमा खुल्ला अकाशमा भुईमा परिक्षा दिन विद्यार्थीहरुलाई कष्टकर भईरहेको छ । परिक्षा दिन निकै कठिनाई र कष्टकर भईरहेको विद्यार्थीहरुले वताएका छन् ।

हाल संचालन भइरहेको अध्य बार्षिक परीक्षा दुई शिफ्टमा संचालन भए पनि कक्षा कोठा अभाव कारण यत्रो चिसो मौसममा फिल्डमा बसाएर परीक्षा संचालन गर्नु परेको विद्यालयमाका प्रअ अमिन मियाँले वताए ।

मियाँका अनुसार कक्षा ११ सम्म संचालन हुँदै आएको विद्यालयमा ९ वटा मात्र कक्षा कोठा छ । विद्यार्थी संख्या एक हजार भन्दा बढी छ । विहान १० बजे देखि एक बजे सम्म कक्षा १ देखि ५ सम्म र दोस्रो सिफ्टमा दिउँसो १ देखि ४ बजे सम्म कक्षा ६ देखि १० सम्मको परीक्षा संचालन भईरहेको छ ।

पहिलो सिफ्टमा संचालन हुँदै आएको कक्षा एक देखि ५ सम्म कम विद्यार्थी संख्या भएकोले कक्षा कोठामा परीक्षा संचालन भए पनि दोस्रो सिफ्टमा कक्षा ६ देखि १० सम्म धेरै विद्यार्थी संख्या भएका कारण बाहिर परिक्षा संचालन भईरहेको प्रअ मियाँले वताए ।

उनका अनुसार कक्षा ६ भन्दा माथी एउटा कक्षामा एक सय भन्दा बढी विद्यार्थी छन् । बढदो शितलहर र चिसो मौसमा खुल्ला अकाशमुनी भुईमा विद्यार्थीहरुलाई बसाएर परिक्षा संचालन हुनु प्रती अभिभावकहरु चुन्तित भएका छन् भने सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको वताएका छन् ।

डिजेल र मट्टितेलको मूल्य बढयाे

0
kalikatimes news pic

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो ।

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही बढेर आएले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अब डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रति लिटर रू. ९८ पुगेको छ ।पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य यथावत छ ।

तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउँदा आमाको मृत्यु

0

वीरगन्ज । तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउँदा वीरगन्जमा आमाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । पर्साको वीरगन्ज महानगरपालिका २४ बहुअरीका जगदीश प्रसाद कुर्मीकी श्रीमती राधिका देवीले सोमबार बेलुकी तरकारीमा विष हाली आफू र आफ्नो परिवारका सदस्यलाई खुवाउँदा राधिकाको ज्यान गएको हो ।

विष प्रयोगबाट गम्भीर घाइते भएकी राधिकालाई उपचारको लागि राति नै वीरगन्जको तराई अस्पतालमा ल्याएको थियो । तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी विष प्रयोग गरिएको तरकारी खाँदा राधिकाको तीन वर्षीय छोरा विवेक प्रसाद कुर्मी, जगदीशका जेठी श्रीमतीका तीन छोरा र एक छोरी समेत गम्भीर घाइते भएका छन् ।

घाइते उनीहरुको तराई अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्जको नेशनल मेडिकल कलेजको आईसियू कक्षमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा जेठी श्रीमतीका २० वर्षीय छोरा राकेश कुर्मी, १९ वर्षीय विकास कुर्मी, १७ वर्षीय मानसा पटेल र १६ वर्षीय विशाल पटेल रहेका छन् ।

उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएको छ । गहुँमा किरा मार्न प्रयोग गरिने अल्मुनियम फस्फेट नामक विषादी प्रयोग गरेको चिकित्सकले जनाएको छ ।

मृतक राधिकाको शव परीक्षणको लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको पर्साको प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताए ।

बिहानको खाना कसले पकाउने विषयमा राधिका र सौतेनी पट्टीकी छोरी मानसीबीच झगडा हुँदा घटना निम्तिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

जंगली जनावर बालीनालीमा क्षति पुर्‍याउँदै, किसानहरु चिन्तित

0
kalikatimes news pic

वीरगंज । जंगली जनावरले बालीनालीमा क्षति पुर्‍याउँदा किसानहरु चिन्तित भएका छन । ठोरी, जिराभवानी र पटेर्वा सुगौली गाउपालिकाका जंगलका सिमासंग जोडेका खेतबारीमा लगाएका बालीनाली जंगली जनावरहरु क्षति पुर्याउन थालेका छन ।

तोरी, आलु, राजमा, गहु लगायतका बालीमा पर्सा राष्ट्रिय निकुञ्जका जंगली जनावरहरु खानको साथै नोक्सान गर्न थालेका छन ।  जंगलबाट आएका चितल, बदेल, घोडगदहा, तथा मयूरको समूहहरु बालीमा बालीमा नोक्सानी गर्न थालेका जिराभवानी गाउपालिका वडा नं ५ सखुवनियाका मुक्तिनारायण दासले बताए ।

जनावरहरुले बालीलाई खानभन्दा पनि माडेर नोक्सान गर्ने गरेका दासले बताए । जंगलको सिमाभन्दा झन्डै पाच किलोमिटर टाढा दक्षिणमा रहेका खेतबारीमा लगाएका आलु पनि नोक्सान गरेका जिराभवानी गाउपालिका २ सेढवाका किसान प्रदिप चौधरीले बताए ।

रातभरी खेतमा बसेर जाग्राम बसेर बालीको सुरक्षा गर्न सम्भव नभएका र जंगली जनावरलाई हानी नोक्सानी गर्न पनि नपाइने हुदा अलमलमा परेको किसान चौधरीले बताए । जंगली जनावरहरुका कारण ठोरी गाउपालिका ५ मा पर्ने गडुवालाईन, क्षेत्रीलाई, जिराभवानीको शान्तिनगर, भवानीपुर, सेढवा, काठमाडौंटोल, बसन्तपुर, हरैया, सखुवनिया लगायतका किसानहरु पिडित रहेका छन ।

कालिकामाईमा महिला शशक्तिकरण सम्बन्धी एक दिने तालिम सम्पन

0
kalikatimes news pic

वीरगंज । पर्साको कालिकामाई गाउपालिकाको वडानम्बर १ मुडलीको सहयोगमा र डिजिटल एजुकेशन बिरगंज पर्साको आयोजनामा आज महिला शशक्तिकरण सम्बन्धी एक दिने तालिम श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय टिनडोबियामा सम्पन भएको छ ।

४३ जना महिलाहरुको सहभागीता रहेको तालिममा संचारकर्मी माधुरी महतो र आयोजक संस्थाका अमित गुप्ताले प्रशिक्षण दिएका थिए ।

एक दिने तालिमको उदघाटन कालिकामाई गाउपालिका नेपाली कांग्रेसका संयोजक राजेन्द्र कुमार पटेलले गर्नु भएको कालिकामाई गाउपालिकाको कार्यपालिका सदस्य रामानन्द ठाकुरले बताउनु भएको छ ।

विद्युत प्राद्यिकरण कलैयाका कर्मचारी सेवाग्राहीलाई धमकाई पैसा असुल्दै

0
bidhut pradhikaran_kalikatimes

कलैया । नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयाका कर्मचारीहरु सेवाग्राहीसँगै जबरजस्ती पैसा असुल्नमा व्यस्त छन् । बरियारपुमा लागेको गढीमाईको मेलामा विद्युत हुकिड्ड गरेको भन्दै पैसा असुल्न पल्केका कर्मचारीहरु अहिले घरघरमा पुगी पैसा असुल्ने कार्यलाई तिब्रता दिएका छन् ।

मिटर रिडिड्ड गर्न खटेका कर्मचारीहरु तपाईको मिटर कम रिडिड्ड गरि रहेको छ, तपाई विद्युत चोरी गर्दै हुनुहुन्छ, यसबाट बचाई दिनका लागि ५ हजार, १० हजार रुपैया दिनुस् भनेर जबरजस्ती सेवाग्राहीलाई डराई धम्काई पैसा असुली गरि रहेका छन् ।

मिटर रिडिड्ड गर्नका लागि नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैया तथा उपशाखा सिम्रौनगढबाट खटेका मिटर रिडरहरु सेवाग्राहीहरुलाई डराई धम्काई पैसा असुली रहेको घटना पटक पटक सार्वजनिक हुँदा पनि विद्युत प्राद्यिकरणका प्रमुख कम्मर ओढेर घ्यू पिउने कार्य गरि रहेका छन् । यस्ता घटना पटक पटक सार्वजनिक हुने गरेको छ तर कार्यालय प्रमुखले भने कारवाही नगरेको कारण यसमा उनको संलग्नता पनि रहेको भनेर आशंका गर्न थालिएको छ ।

भर्खरै सोमबार बारागढी गाउँपालिकामा मिटर रिडिड्ड गर्न गएको विद्युत प्राद्यिकरणका कर्मचारी कृष्णा बैठाले सेवाग्राहीलाई धम्क्याएर पैसा असुल्न प्रयास गरेका थिए तर असफल भए ।

सेवाग्राहीसँग जबरजस्ती पैसा असुल्न खोजेपछि विवाद हुँदा स्थानीयहरु जम्मा भएपछि बैठा त्यहाँबाट फुत्केका थिए । मिटर रिडिड्ड गर्न बारागढी गाउँपालिकाको वडा नं. १ पिपरा बजार स्थित खटेका बैठाले तपाईको मिटर कम रिडिड्ड गरि रहेको छ, तपाई विद्युत हुकिड्ड गर्दै हुनुहुन्छ, यसरी गर्दा तपाईलाई जेल पठाउन सक्छु, १० हजार रुपैया दिनुस् नत्र तपाई जेल पर्न सक्नुहुन्छ भनेर धम्क्याएका थिए ।

त्यस लगत्तै विवाद उत्पन्न भएपछि स्थानीयहरु जम्मा हुँदा बैठा त्यहाँबाट फुत्केका थिए । नेपाल सरकारको नियमानुसार कमिशनको आधारमा मिटर रिडिड्ड गर्न खटाइएका यस्ता कर्मचारीहरु कसरी डराएर धम्काएर पैसा असुल्न सकिन्छ भन्नेतर्पm केन्द्रित भएको सेवाग्राहीहरुको गुनासो छ ।

मिटर कम रिडिड्ड गरि रहेको छ अथवा केही समस्या छ भने त्यसलाई कानूनी प्रक्रिया अनुसार सुल्झाउन सल्लाह दिनुपर्नेमा जबरजस्ती कसरी पैसा असुल्न सकिन्छ भन्नेतर्फ यस्ता कर्मचारीहरु केन्द्रित भएपछि सेवाग्राहीहरु मर्कामा पर्न थालेका छन् ।

खुलेयाम निर्धक्क, निडरका साथ धम्की दिदै सेवाग्राहीहरु डराई पैसा असुल्न हिम्मत राखेका यस्ता कर्मचारीहरु कार्यालय प्रमुखकै संरक्षणमा पैसा असुली रहेको विद्युत प्राद्यिकरण श्रोतले जनाएको छ ।

यसमा कार्यालय प्रमुखको मिलोमतो छ, नत्र यसरी खुलेयाम धम्की दिएर कसैले पैसा कसरी माग्न सक्छ भन्दै प्राद्यिकरण श्रोतले तल्लो तहमा खटेका करारका कर्मचारीहरु अधिृकत स्तरभन्दा बढि पैसा कमाउने गरेको बताए । यस विषयमा बुझ्नका लागि विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयाका प्रमुख गजेन्द्र प्रसाद चौधरीको मोबाइल नं. ९८५१२२३५९० मा सम्पर्क गर्दा फोन काट्दा उनीसँग सम्पर्क हुन सकेन ।

एक पछि एक भारतिय नागरिकहरु नेपाली नागरिक्ता लिएकाे फेला पर्दै

0
nagrikata_kalikatimes

वीरगन्ज । पर्साकाे  साबिक गा.वि.स. सिर्सिया वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने रामबाबु गिरी नेपाल भारत दुबै देशको नागरिक्ताको भरपुर फाइदा उठाई रहेका छन् । गिरीले २०४५ साल जेष्ठ २ गते वंशजको आधारमा नेपाल सरकारबाट नागरिक्ता प्राप्त गरेका छन् भने झुठो विवरण पेश गरि भारत सरकारबाट पनि भारतीय नागरिक्ता प्राप्त गरेका छन् ।

भारतको विहार राज्य मोतिहारी स्थित ससुराली रहेका गिरीले झुठो विवरणको आधारमा रक्सौलका मेयरसँगको मिलोमतोमा भारतीय नागरिक्ता हात पार्न सफल भएका छन् । उनको भारतीय मतदान केन्द्रमा नामावली समेत रहेको छ । भारतीय मतदाता सूचनाको आधारमा गिरीको विवरण यस प्रकार रहेको छ ।

ठेगाना राज्य विहार, विधानसभा निर्वाचन क्षेत्र रक्सौल – १०, संसदीय निर्वाचन क्षेत्र पश्चिम चम्पारण, पहचान पत्र क्रमांक जेड.बि.एच. १२०५८२२, बुवाको नाम हरिशंकर गिरी, भाग संख्या २८, मतदाता क्रमांक ११७७ रहेको छ । उनी नेपालका नागरिक भएपनि दुबै देशका नागरिक्ता बोकी नेपालमा आर्जन गरेको अकुत सम्पत्तिलाई भारतमा लगेर जम्मा गर्ने गरेको बताइएको छ ।

यसैगरि उनले आफुले मात्रै द्वध नागरिक्ता बोकेका छैनन्, आफ्नी श्रीमती रचना गिरीलाई पनि दुई देशका नागरिक्ता बनाउन सफल भएका छन् । ससुराली भारतको विहार राज्य स्थित मोतिहारी रहेकोमा विवाह पश्चात श्रीमतीलाई अँगिकृतको आधारमा नेपाली नागरिक्ता प्राप्त गर्न सफल भएका छन् ।

नेपालको काननु अनुसार पनि भारतीय केटीसँग विवाह गर्दा भारतको नागरिक्ता त्यागी अँगिकृतको आधारमा नेपाली नागरिक्ता प्राप्त गर्ने प्रावधान छ । त्यही प्रावधान अनुसार श्रीमतीलाई नेपाली नागरिक्ता दिलाउन सफल भएका त छन्, तर भारतीय नागरिक्ता भने त्यागेका छैनन् ।

दुबै श्रीमान् श्रीमती नेपाल र भारतको दुबै देशका नागरिक्ता बोकी नेपाल र भारतमा व्यापार तथा अकुत सम्पत्ति थुपार्ने काम गर्दै आएका छन् । गिरीले आफ्नी श्रीमतीलाई २०६६ साल चैत १२ गते अँगिकृतको आधारमा नेपाली नागरिक्ता दिलाएका छन् तर भारतको नागरिक्ता भने त्यागेका छैनन् । भारतीय मतदान केन्द्रको सूचिमा अहिले उनकी श्रीमती रचना गिरीको नामावली रहेको छे । भारतीय मतदान सूचना केन्द्रका आधारमा विवरण यस प्रकार रहेको छ । राज्य विहार, विधानसभा निर्वाचन क्षेत्र रक्सौल – १०, संसदीय निर्वाचन क्षेत्र पश्चिम चम्पारण, पहचान पत्र क्रमांक जेड.बि.एच. १२०५७९८, पतिको नाम रामबाबु गिरी, भाग संख्या २८, मतदाता क्रमांक १२१२ रहेको छ ।

यसरी श्रीमान् श्रीमतीद्वय नेपाली र भारतीय दुबै नागरिक्ताको भरपुर फाइदा उठाई रहेका छन् । नेपाल सरकारले केही दिन यतादेखि द्वैध नागरिकलाई कारवाही प्रक्रिया अगाडि बढाई रहेकोमा यि श्रीमान् श्रीमतीद्वय दुबै देशको नागरिक्ता बोकी दुबै देशको फाइदा उठाई रहेका छन् । जिल्ला प्रशासन कार्यालयले कारवाही प्रक्रिया अगाडि बढाई रहेको अवस्थामा द्वैध नागरिकहरु धमाधम पक्राउ परि रहेकोमा यि दुबैजना राजनीतिक दलको आडमा जोगिदै आएका छन् ।

यस्ता द्वैध नागरिकलाई कारवाहीको दायरामा ल्याउनु आवश्यक छ । नत्र भोलिका दिनमा नेपालमै बसेर नेपाल सरकारलाई लुट्नेहरु उम्कने हो भने भित्र भित्र नेपाल खुकुलो हुँदै जानेछ । यस घटनाबारे केही दिनमा जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी समेत पर्ने बताइएको छ ।

वीरगंज उद्याेग वाणिजिय संघ अगाडी संघर्ष समितिकाे धर्ना

0

वीरगंज । वीरगंज बिकास युवा संघर्ष समितिले आज वीरगंज उद्याेग वाणिजिय संघ अगाडी एक घण्टा धर्ना दिएको छ । वीरगंजकाे मुख्य सडक २५/२५ मिटर फराकिलाे पार्नका निम्ति  संघर्ष समितिले धर्ना दिनुकाे साथै उद्याेग वाणिजिय संघलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

वीरगंजकाे मुख्य सडक फराकिलाे पार्ने कार्यकाे बाधक नबन्न आग्रह गर्दै उद्याेग वाणिजिय संघलाई ज्ञानप पत्र बुझाइएकाे संघर्ष समिमितका सचिव सन्दिप बिक्रम साहले वताए । वीरगंज उद्याेग वाणिजिय संघका महासचिव माधव राजपाललाई संघर्ष समितिले ज्ञापन पत्र बुझाएकाे हाे ।

संघर्ष समितिका सचिव साहकाे अध्यक्षतामा भएकाे बिराेधकाे कार्यक्रममा संघर्ष समितिका अकलेश साह, रंजित चाैरसिया, राेमि साह, राकेश पटेल, माे. महमुद अन्सारी, बिबेक कुमार साह, समसुल हक, मुना मियाँ तेली, धर्मेन्द्र पटेल र दिपक पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

ग्रामिण नाकाबाट प्रहरी कै मिलाेमताेमा तेल तस्करी

0

वीरगंज । पर्साकाे ग्रामिण नाकाबाट पेट्राेलियम पदार्थकाे तस्करीमा वृद्धि भएकाे छ । नेपाल भन्दा भारतमा डिजल र पेट्राेलकाे मुल्य बढी भएकाेले तस्करीमा वृद्धि भएकाे हाे ।

पर्साकाे ग्रामिण नाका झाैवा, धाेरे, खेसराहा, सबैठवा, भिस्वा, टिहुकी, चेरगांहा लगायतका नाकाबाट डिजल र पेट्राेलकाे तस्करीमा वृद्धि भएकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् । स्थानिय प्रत्यक्षदर्शीका अनुसार साइकल र माेटरसाइकलबाट स्थानिय प्रहरीलाई नजराना बुझाई सिमावर्ती तस्करहरु तस्करी गरिरहेकाे छन् ।

दिनहु जस्साे तस्करहरुले एउटा साइकल र माेटरसाइकलमा एक सय लिटर देखी डेढ सय लिटर सम्म पेट्राेल र डिजल नेपालबाट भारत तर्फ लगि रहेका छन् । सिमा क्षेत्रमा रहेकाे टंकीहरुबाट तस्करहरु पेट्राेल र डिजल खरिद गरी भारत तर्फ तस्करी गरिरहेका हुन् ।

पेट्राेलियम पदार्थ नेपालबाट भारत तस्करीमा सिमा क्षेत्रमा रहेकाे तेल टंकी संचालकहरुकाे समेत मिलाेमताे रहेकाे छ । नेपालकाे मुल्य भन्दा एक र दुई रुपया बढी बढाएर टंकीका संचालकहरुले तस्करहरुलाई पेट्राेलियम पदार्थ बिक्री गर्ने गरेका छन् ।