Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

युवाहरुकाे सराहनिय कार्य, रातीकाे समयमा असाहयहरुलाई कम्बल सहयाेग गर्दै

spot_img
spot_img

वीरगंज । युवाहरुकाे एक समुहले हाल वीरगंजमा सराहनिय कार्य गरिरहेका छन् । बढ्दाे चिसाे र शितलहरमा रातीकाे समयमा नसुतिकन असाहयहरुलाई न्यानाे कपडा विरण गरिरहदा उनीहरुकाे सराहना समेत हुन थालेकाे छ ।

गए राती चिसोबाट जोगिन पराल भित्र लुकी रात बिताउन बाध्य रहेका हर्दिहरदासपुर निवासी जनक ठाकुर र भवराटार निवासी बासुदेव महतोलाई कम्बल सहयाेग गरेका छन् । मध्य रातीमा असाहय अवस्थामा भेटिए पछि दुबै जनालाई कम्बल सहयाेग गरिएकाे वीरगंजका युवा निघिल बर्णवालले वताए ।

उनले भने  “चिसाे माैसमा अति आवश्यक व्यक्तिहरुलाई कम्बल वितरण गर्ने सोच साथ मध्य राती ११:०० बजे देखी बिरगंजको भन्सार देखी गण्डक चौक, ड्राईपोर्ट, भगवती टोल, राधेमाई, श्रीपुर, रमगढवा हुंदै रानिघाट स्थित मठिया पुग्दा क़रीब १२:४० बजे मन छुने अत्यन्त दुःखित तुल्याउने र अति कष्टकर तरिकाले आफुलाई जाड़ोंबाट जोगाउन निमित दुई जना व्यक्तिहरु पराल भित्र लुकी छिपी सुतेका थिए, हामी संग भएको कम्बल तत्काल राहतका लागी हामीले सहयोग गर्याे तर कतै न कतै अझ पनि सहयोग र साथको खाँचों महसूस भयो ।

दिन्हु कयौ मानिस यसरी नै खुला आकाश मुनी यस्तो चिसोमा सुतन बाध्य छन, यसको बारेमा र यस बिषयमा स्थानीय प्रशासन र जनप्रतिनिधीको चासो हुन आवश्यकता छ र सम्पुर्ण समाजको दायित्व पनि हो । होला घर न बनला तर हाम्रो सानो सहयोगले कसैको रात आराम साथ बित्ने छ ।”

kamabal sahyog nikhil_kalikatimesसमाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य समेत रहेका बर्णवाल सहित साे समुहमा अंकित शर्मा र अकाश चाैहान छन् । तिनै जना तिन दिन देखी रातिकाे समयमा आफु नसुतिकन असाहयहरुलाई सहयाेग गर्दै आएका छन् ।

यस अघि साे समुहले वीरगंजकाे गणडक, भन्सार, रानिघाट, अदालत राेडमा भेटिएका असाहय ३० जनालाई कम्बल सहयाेग गरि सकेका छन् भने अझै सहयाेग गर्ने साेच रहेकाे जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...