Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरिया नपामा प्रमुख प्रशासकिय अधिकृत नहुदा कामकाज प्रभावित

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा नगरपालिकाकाे सम्मपुर्ण कामकाज प्रभावित भएकाे छ । कार्तिक १७ गते प्रमुख प्रशासकिय अधिकृत शिव रेग्मीले सरुवा गराई काठमाण्डौ गए पछि प्रशासनिक देखी विकासकाे सम्मपुर्ण काम प्रभावित भएकाे हाे ।

प्रमुख प्रशासकिय अधिकृतकाे नहुदा आर्थिक बर्ष ०७५।०७६ मा भएकाे विकास निर्माण कार्यकाे वाकी निकासा पनि हुन सकेकाे छैन् । गत आर्थिक बर्षमा काम गरी अर्काे नयाँ आर्थिक बर्षको ५ महिना पनि जादा भुक्तानी नपाउदा काम गरेका ठेक्दारहरु आक्राेसित भएका छन ।

पोखरीया नगरपालिकाका एक कर्मचारीका अनुसार आर्थिक बर्ष ०७६।०७७ को नगर परिषद नै ढिलो भएका कारण एक चौमासिकको भुक्तानी कार्तिक सम्म नभएका कारण समस्या भएको हो ।

यसै गरी कार्तिक महिनामा नै प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको र अर्काे अधिकृत आज सम्म नआउदा नगरपालिकाकाे सम्मपुर्ण कामकाज प्रभावित भएको बताएका छन । यस बिषयमा पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार संग बुझ्दा प्रमुख प्रशासकिय अधिकृत पठाउन  काठमाडौं पुगी मन्त्रालयलाई आग्रह गर्दा पनि हाल सम्म नपठाएकाे वताए ।

मन्त्रालयकाे आश्वासन अनुसार अब केही दिन मै प्रमुख प्रशासकिय अधिकृत आउने र आए पछि काम शुचारु हुने वताए । प्रमुख प्रशासकिय अधिकृत आए लगतै विकासको काम गति लिनुकाे साथै समस्या समाधान हुने मेयर रौनियारकाे भनाई थियाे ।

यसै गरी पोखरीया नगरपालिकाका १० वटै वडाका महिला स्वयमसेविकाहरुको १५ सयको दरले प्रतिमहिना पाउनु पर्ने महिनाको रकम नपाउदा महिला स्वयम सेविकहरु आक्राेसित भएका छन् । हिन्दुहरुको महान चाडपर्व दिपावली र छठमा पनि नगरपालिका अन्तर्गतका ५५ जना महिला स्वयमसेविकाहरु ४ लाख १२ हजार ५ सय रकम नपाएको वडा नम्बर ९ की महिला स्वयम सेविका बोदरी देवी चमईनले बताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...