Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरिया नपामा प्रमुख प्रशासकिय अधिकृत नहुदा कामकाज प्रभावित

spot_img
spot_img

वीरगंज । पर्साको पोखरीया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा नगरपालिकाकाे सम्मपुर्ण कामकाज प्रभावित भएकाे छ । कार्तिक १७ गते प्रमुख प्रशासकिय अधिकृत शिव रेग्मीले सरुवा गराई काठमाण्डौ गए पछि प्रशासनिक देखी विकासकाे सम्मपुर्ण काम प्रभावित भएकाे हाे ।

प्रमुख प्रशासकिय अधिकृतकाे नहुदा आर्थिक बर्ष ०७५।०७६ मा भएकाे विकास निर्माण कार्यकाे वाकी निकासा पनि हुन सकेकाे छैन् । गत आर्थिक बर्षमा काम गरी अर्काे नयाँ आर्थिक बर्षको ५ महिना पनि जादा भुक्तानी नपाउदा काम गरेका ठेक्दारहरु आक्राेसित भएका छन ।

पोखरीया नगरपालिकाका एक कर्मचारीका अनुसार आर्थिक बर्ष ०७६।०७७ को नगर परिषद नै ढिलो भएका कारण एक चौमासिकको भुक्तानी कार्तिक सम्म नभएका कारण समस्या भएको हो ।

यसै गरी कार्तिक महिनामा नै प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको र अर्काे अधिकृत आज सम्म नआउदा नगरपालिकाकाे सम्मपुर्ण कामकाज प्रभावित भएको बताएका छन । यस बिषयमा पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार संग बुझ्दा प्रमुख प्रशासकिय अधिकृत पठाउन  काठमाडौं पुगी मन्त्रालयलाई आग्रह गर्दा पनि हाल सम्म नपठाएकाे वताए ।

मन्त्रालयकाे आश्वासन अनुसार अब केही दिन मै प्रमुख प्रशासकिय अधिकृत आउने र आए पछि काम शुचारु हुने वताए । प्रमुख प्रशासकिय अधिकृत आए लगतै विकासको काम गति लिनुकाे साथै समस्या समाधान हुने मेयर रौनियारकाे भनाई थियाे ।

यसै गरी पोखरीया नगरपालिकाका १० वटै वडाका महिला स्वयमसेविकाहरुको १५ सयको दरले प्रतिमहिना पाउनु पर्ने महिनाको रकम नपाउदा महिला स्वयम सेविकहरु आक्राेसित भएका छन् । हिन्दुहरुको महान चाडपर्व दिपावली र छठमा पनि नगरपालिका अन्तर्गतका ५५ जना महिला स्वयमसेविकाहरु ४ लाख १२ हजार ५ सय रकम नपाएको वडा नम्बर ९ की महिला स्वयम सेविका बोदरी देवी चमईनले बताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...