Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

दुई देशका नागरिक्ताधारी गिरी परिवार बैंकलाई पनि गुमराह पार्दै

spot_img
spot_img

वीरगन्ज । नेपाल भारत दुबै देशको नागरिक्ता प्राप्त गरि लामो समयदेखि गोरख धन्दा गर्दै आएका गिरी नेपाल बैंकलाई पनि गुमराहमा पारेका छन् ।

पर्सा जिल्लाको साविक सिर्सिया गा.वि.स. वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने रामबाबु गिरी नेपाल भारत दुबै देशको नागरिकता प्राप्त गरि परिवारलाई मात्रै नभएर नेपाल बैंकलाई धोका दिने तम्तयार छन् । गिरीले २०४५ साल जेष्ठ २ गते वंशजको आधारमा नेपाल सरकारबाट नागरिक्ता प्राप्त गरेका छन् भने झुठो विवरण पेश गरि भारत सरकारबाट पनि भारतीय नागरिक्ता प्राप्त गरेका छन् ।

नेपाल भारत दुबै देशका नागरिकता प्राप्त गरेका गिरीको पारिवारिक संगोलमा संचालित व्याग उद्योगलाई आफ्ना श्रीमतीको नाममा दर्ता गराई त्यही उद्योगलाई धितो राखेर नेपाल बैंकबाट २०७२ साल वैशाख १५ गते ३५ लाख ऋण लिएका थिए । श्रीमती रचना गिरीको नाममा संचालित उद्योगलाई धितो राखेर ३५ लाख ऋण प्राप्त गरेका गिरी पैसालाई भारतमा राखी उद्योगलाई धरायसी पारि बैंक ऋण पनि पचाउने दाउमा छन् ।

केही दिनसम्म बैंक ऋण वापतको किस्ता तिरेर उद्योगलाई धरायसी बनाई एक्लै ऋण नतिर्ने भनि उल्टै अदालतसम्म पुगेका छन् । संगोलमा ऋण लिएको कारण दाजुभाई सबै मिली ऋण तिर्नुपर्ने र नतिरे संगोलको चल अचल सम्पत्ति लिलाम हुनुपर्ने भन्दै अदालतसम्म पुगेका छन् । ३५ लाख ऋण प्राप्त गर्दा धितो वापत राखिएको उद्योगको मूल्याँकन गर्दा २० लाख मात्रै पुग्ने भएकोले नेपाल बैंक पनि त्यो सम्पत्तिलाई लिलाम गर्न सकि रहेको छैन । साधारणतया कुनै पनि व्यक्तिले ऋण लिदा बैंकले ऋण भन्दा तीणगुण बढि वापतको धितो राख्ने गरेकोमा गिरीले बैंकका कर्मचारीलाई प्रलोभनमा पारी मूल्याँकन बढि गराई धितो भन्दा बढि ऋण प्राप्त गरेका थिए ।

परिवारलाई धोका दिदै आएका गिरी अहिले नेपाल बैंकको आँखामा पनि धुलो हालेका छन् । भारतको विहार राज्य मोतिहारी स्थित ससुराली रहेका गिरीले झुठो विवरणको आधारमा रक्सौलका राजनीतिकर्मीको मिलोमतोमा भारतीय नागरिक्ता हात पार्न सफल भएका छन् । उनको भारतीय मतदान केन्द्रमा नामावली समेत रहेको छ ।

भारतीय मतदाता सूचनाको आधारमा गिरीको विवरण यस प्रकार रहेको छ । ठेगाना राज्य विहार, विधानसभा निर्वाचन क्षेत्र रक्सौल – १०, संसदीय निर्वाचन क्षेत्र पश्चिम चम्पारण, पहचान पत्र क्रमांक जेड.बि.एच. १२०५८२२, बुवाको नाम हरिशंकर गिरी, भाग संख्या २८, मतदाता क्रमांक ११७७ रहेको छ । उनी नेपालका नागरिक भएपनि दुबै देशका नागरिक्ता बोकी नेपालबाट वैधानिक तथा अवैधानिक रुपमा सम्पत्ति आर्जन गरि भारतमा लगेर जम्मा गर्ने गरेको बताइएको छ । उनले आफुले मात्रै द्वध नागरिक्ता बोकेका छैनन्, आफ्नी श्रीमती रचना गिरीलाई पनि दुई देशका नागरिक्ता बनाउन सफल भएका छन् ।

ससुराली भारतको विहार राज्य स्थित मोतिहारी रहेकोमा विवाह पश्चात श्रीमतीलाई अँगिकृतको आधारमा नेपाली नागरिक्ता प्राप्त गर्न सफल भएका छन् । नेपालको काननु अनुसार पनि भारतीय केटीसँग विवाह गर्दा भारतको नागरिक्ता त्यागी अँगिकृतको आधारमा नेपाली नागरिक्ता प्राप्त गर्ने प्रावधान छ ।

त्यही प्रावधान अनुसार श्रीमतीलाई नेपाली नागरिक्ता दिलाउन सफल भएका त छन्, तर भारतीय नागरिक्ता भने त्यागेका छैनन् । गिरीले आफ्नी श्रीमतीलाई २०६६ साल चैत १२ गते अँगिकृतको आधारमा नेपाली नागरिक्ता दिलाएका छन् तर भारतको नागरिक्ता भने त्यागेका छैनन् । भारतीय मतदान केन्द्रको सूचिमा अहिले उनकी श्रीमती रचना गिरीको नामावली रहेको छे ।

भारतीय मतदान सूचना केन्द्रका आधारमा विवरण यस प्रकार रहेको छ ः राज्य विहार, विधानसभा निर्वाचन क्षेत्र रक्सौल – १०, संसदीय निर्वाचन क्षेत्र पश्चिम चम्पारण, पहचान पत्र क्रमांक जेड.बि.एच. १२०५७९८, पतिको नाम रामबाबु गिरी, भाग संख्या २८, मतदाता क्रमांक १२१२ रहेको छ । यसरी श्रीमान् श्रीमतीद्वय नेपाली र भारतीय दुबै नागरिक्ताको भरपुर फाइदा उठाई रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...