Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर कल्याणकारी काेष अन्तर्गत ८ सय जनाकाे मोतियाविन्दुकाे अपरेशन

spot_img
spot_img

वीरगन्ज । जन्मेको १५ बर्ष पछि मगंलबार संसारलाई देखन पाएकि छिन् पर्सागढी कि चांदनी । माट्रिका आई फाउन्डेशनका बरिष्ट चिकित्सक किशोरराज प्रधानले उनको आँखामा रहेको मोतीयाबिन्दु रोगको सफल अपरेशन गरेपछि उनी यो संसारलाई देखन पाएकि हुन ।

जन्मदेखि दुबै आँखामा मोतीयाबिन्दु रोग भएको कारण उनी १५ बर्ष देखि अध्यारोमै जिवन बिताउदै आएकि थीइन ।आर्थिक अवस्था कमजोर र जानकारीकारीको कमिको कारण चाँदनी खातुनको आँखाको उपचार हुन नसकेको माट्रीका आई फाउन्डेशनका कोअरडिनेटर चिकित्सक महेश सिंह धामीले बताउनु भायो ।

पर्सागढी नगरपालिकाका रघुनाथपुरकी  चांदनी मोदीया विन्दुको कारण जन्मैदेखि अध्यारोमै जिवन बिताउदै आएकि थिइन ।वीरगन्ज महानगरपालिका र माट्रीका आई फाउन्डेशनले संयुक्त रुपमा चलाएको नि:शुल्क अपरेशन शिबिरमा उनको एउटा आँखाको सफल अपरेश गरिएको छ ।

अर्को आँखामा रहेको मोतीयाविन्दु रोगको अपरेशन एक महिना पछि गरिने डाक्टर धामिले बताउनु भयो । मोतीया बिन्दु रोग निर्मूल पर्ने उदेश्यका साथ सुरु गरिएको नि:शुल्क आँखा अपरेशन सिविरको पहिलो चरणको कार्यक्रम शुक्रबार बिहान रोगीहरुलाई विदाइ गरिदै सम्पन्न भएको छ ।

motiya bindko peration_kalikatimes

पहिलो चरणको शिबिरमा लगभग ८ सय पर्सा बासीको मोतीयाविन्दुको फेको प्रविधिद्धारा सफल अपरशेन गरिएको महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो । उहाले लगभग तिन सय व्यक्तिहरुको दुबै आँखामा मोतीया बिन्दु रोग भएको कारण एक महिना भित्र अर्को आँखाको नि:शुल्क अपरेशन गर्ने कार्यक्रम रहेको बताउनु भयाे ।

उहाले यो संसार देखन पाउन सबै जनताको अधिकार हो र आर्थिक अवस्था कमजोर भएकै कारण अध्यारो जिवन कसैले पनि बिताउन नपारोस भन्ने मुख्य उदेश्यका साथ आफु पर्सा बासीको सेवरुपी यो अभियानमा होमिएको बताउनु भयो ।

छिटै नै दोश्रो चरणको पनि कार्यक्रम सुरु गरिने नगर प्रमुखका राजनितिक सलाहकार मुकेश द्विवेदीले वताउनु भयाे । मेयर सरावगीकाे पर्सा जिल्लालाई नै मोतीयाबिन्दु रोगबाट निर्मुल पार्ने मुख्य योजना रहेको द्विवेदीले बताउनु भयो ।

मेयर कल्याणकारी कोषको आर्थिक सहयोग र मातृका आइ फाउण्डेसनको सहकार्यमा जिल्लाको विभिन्न स्थानिय तहमा स्वास्थ्य सिरिवको आयोजना गरी मोतिविन्दू रोगबाट ग्रसित रहेका विरामीको पहिचान गर्दै नि:शुल्क उपचार कार्यक्रमलाई अगाडि बढाइएको हो ।

जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएका स्वास्थ्य सिविरमा पाँँच हजार भन्दा बढी महिला तथा पूरुषको परिक्षण गर्दा एक हजार भन्दा बढी मोतिविन्दू रोगका विरामी फेला परेको थियो । जसमध्ये पहिलो चरणमा एक हजार मोतीयाबिन्दुको अपरेशन गर्ने कार्यक्रम अन्र्तगत एक साता देखि आँखाको अपरेशन तिलगंगाका बरिष्ट चिकित्सकहरुको टोलीले फेको प्रविधिद्धारा अपरेशन गरेका थिए ।

माेतिया विन्दु पहिचान भएका रोगीलाई घरबाट सदरमुकाम वीरगन्जमा रहेका उपचार केन्द्रसम्मा ल्याउने देखी  औषधी उपचार पछि  घर सम्म निशुल्क पुर्‍याउने समेत व्यवस्था मिलाइएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...