Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Home Blog Page 1055

जगदम्बाकाे जगशक्ति गोल्ड डी टिएमटी फलामे छड सार्वजनिक

वीरगन्ज, १७ माघ ।
जगदम्बा इन्टरप्राइजेज प्रा.लि. को उत्पादन जगशक्ति गोल्ड एफई ५०० डी टिएमटी फलामे छडलाई औपचारिक रुपमा सार्वजनिक गरेका छन ।

जगदम्बाले आयोजना गरेको सार्वजनिक समारोहमा कलाकारद्वय हास्य कलाकार सीताराम कटेल धुर्मुस र कुँजना घिमिरे सुन्तली र उद्योग संचालकले संयुक्तरुपमा जगशक्ति गोल्ड फलामे छड सार्वजनिक गरेका थिए ।

सन २००० मा करिब १ सय करोडको लगानीमा स्थापना भएको जगदम्बा इन्टरप्राइजेजले शुरुवातकालमा स्टील पाईप उत्पादन गर्दै आएपनि पछिल्लो समयमा आएर जगशक्ति गोल्ड फलामे छडको उत्पादन शुरु गरेको हो ।

उत्पादन राजदूत सीताराम कटेल धुर्मुसले जगदम्बाले गुणस्तरीयतालाई विशेष ध्यान दिँदै बजारमा ल्याएको यो उत्पादनले उपभौक्तलाई सुरक्षा र खुशि एकैपटक प्रदान गर्ने विश्वास दिलाए ।

साथै आफ्नो मन्तव्यमा कलाकार कटेलले भविष्यमा चितवनमा निर्माण हुनगईरहेको गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा उपस्थित सबै वर्ग र तप्कालाई सहयोगको लागि आग्रह समेत गरेका थिए ।

उद्योगले कलाकार धुर्मुस र कुँजना घिमिरे सुन्तलीलाई आगामि दिनको लागि उत्पादन राजदुतको रुपमा अनुबन्धित गरेको छ ।

कार्यक्रममा उद्योग संचालक अनिल रुँगटाले वि. स. २०७२ सालमा गएको महाविनाशकारी भूकम्पले पुर्याएको क्षतिलाई ध्यानमा राख्दै गुणस्तरीय फलामे छड उत्पादन शुरु गरेको बताए ।

साथै उनले २ वर्षसम्म प्रति मेट्रिक टन जगशक्ति गोल्डको बिक्रीबाट २० रुपैयाँ रंगशाला निर्माणलाई सहयोग प्रदान गर्ने घोषणा समेत गरेका छन ।

कर्यक्रममा बैंकर्स, निर्माण व्यवसायी तथा निर्माण समग्री बिक्रेताको बाक्लो उपस्थिती रहेको थियो ।

ठोरी गापाको केन्द्र सार्ने निर्णय विरुद्ध सुवर्णपुरमा बिरोध र ताला बन्दी

मेघराज राय/जिराभवानी, १७ माघ ।

गत सोमबार बसेको मन्त्री परिषद बैठकले पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णय गरेको छ । आज सुचना तथा सन्चार प्रविधि मन्त्रालयले प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो।प्रेस बिज्ञप्तिमा ठोरी गाउँपालिकाको सेवा केन्द्र र बोगटाङ गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय भएको जनाइएको छ ।

यसअघि पहिलो गाउँ सभाबाट बहुमत सदस्यको निर्णयको आधारमा गाउँपालिकाको सेवा केन्द्र ठोरी ४ को घ्याङडाडा सार्ने निर्णय भएको थियो।त्यस्का विरुद्ध सुवर्णपुरमा २ महिना ५दिन भन्दा लामो समय आन्दोलन भएको थियो ।

यसैबीच आज सेवा केन्द्र परिवर्तनको निर्णय सार्वजनिक भएलगत्तै सुवर्णपुरबासीहरु पुनः आन्दोलित भएका छन् ।स्वतस्फूर्त सुवर्णपुर चोकमा भेला भएका स्थानीयले बिरोध गरिरहेका छन् ।

गाउँपालिका कार्यालय अघि भेला भएका स्थानीयले निर्णय सच्याउनुपर्ने भन्दै बिरोध प्रदर्शन गरिरहेको बिमल प्रधानले जानकारी दिएका छन् ।उनका अनुसार बिरोधमा उत्रिएका स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

सहिद दिवसको अवसरमा ठोरीमा दुईदिने बिधालय स्तरिय कार्यक्रम सुरू

मेघराज राय/ जिराभवानी, १७ माघ ।

विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने उदेश्यले राष्ट्रिय सहिद दिवसको अवसरमा ठोरी गाउँपालिकाले दुईदिने विद्यालय स्तरीय विविध कार्यक्रमको आयोजना सुरु गरेको छ ।

“ठोरीको अभियान ,प्रतिभाको पहिचान” भन्ने मूख्य नारा तय गरेर शुरु गरेको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य शेखचाँद तारा र ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बिरुवामा पानी हालेर सयुक्त रुपमा गरेका छन् ।

ठोरी गाउँपालिकाको आयोजना तथा श्री विजयवस्ती माविको संयोजनमा जारी कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य शेखचाँद ताराले बिद्यालय स्तरबाटै प्रतिभाको खोजी कार्यक्रमले भोलिका देशका कर्णधारलाई जिम्मेवार बनाउन सघाउने बताए ।

विद्यालयमा पढाई संगसंगै अतिरिक्त क्रियाकलाप नियमित रुपमा संचालन गर्न जरुरी रहेको भन्दै उनले ठोरीले थालेको यो अभियानलाई अन्य स्थानीय तहले पनि अनुशरण गर्नु पर्ने बताए ।

राष्ट्रिय महिला आयोगकी पुर्व अध्यक्ष समेत रहेकी उनले ठोरीको पर्यटन प्रवर्द्धनमा सघाउने आश्वासन समेत दिइन् । गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले प्रतिभावान बालबालिका भित्र रहेको क्षमता अभिवृद्धिमा यो अभियानले सघाउने विश्वास लिएको बताए । आर्थिक अभावका कारण प्रतिभा भएका कोही पनि खुम्चिएर बस्नु नपर्ने उनले बताए ।

ठोरीलाई नमूना गाउँपालिका बनाउनका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने तर्क उनको थियो । कार्यक्रमका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, ठोरी गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङ्, ठोरीका प्रमुख प्रशासकीय अधिकृत नवीन लामा लगायतले सम्बोधन गर्दै विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभाको पहिचान गर्दै विद्यार्थीमा नयाँ सोचको विकास हुने विश्वास व्यक्त गरेका थिए ।

श्री विजयवस्ति माविका प्रधानाध्यापक नारायण लामाले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडाध्यक्ष बईबहादुर पाख्रीन, साविक सुवर्णपुर गाविसका पुर्व अध्यक्ष जरी लामा, शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु,प्रतिनिधि शिक्षकहरु, विद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो।

शैक्षिक उत्सवकै रुपमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिन निबन्ध, कविता र वकतृत्व कला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । दोस्रोदिन शुक्रवार नृत्य , हाजिरी जवाफ र भलिबल प्रतियोगिताको आयोजना गरिने लामाले बताए ।

खानेपानी टयांकी निमार्ण कार्यमा करोडौ रकम बालुवामा पानी हाले जस्तै भए पनि निमार्ण धामाधम हुदै

वीरगन्ज : पर्सामा खानेपानी टयांकी निमार्ण कार्यमा करोडौ रकम बालुवामा पानी हाले जस्तै भए पनि निमार्ण धामाधम हुदै छ । पर्साको पोखरीया नगरपालिका, बिन्दवासनी गाउपालिका, बहुदरमाई नगरपालिका, जिराभवानी गाउपालिका, छिपहरमाई गाउपालिका, सुगौलीपटेर्वा गाउपालिका, कालिकामाई गाउपालिका लगायतका गाउपालिका तथा नगरपालिकाहरुको बिभिन्न वडाहरुमा निमार्ण भएको खानेपानी टयांकी एक दशक भन्दा बढी समय सके पनि आज सम्म संचालन भएको छैन ।

खानेपानी टयांकी निमार्ण भई संचालन नहुदा उपभोग्ताहरु शुद्ध खानेपानीबाट बंचित भएका छन । यता निमार्ण भएका खानेपानी टयांकी संचालन नभए पनि एक पछि अर्को टयांकी निमार्ण गरी सरकारले बजेट बालुवामा पानी खन्याए जस्तै गर्ने गरेको कालिकामाई गाउपालिका वडानम्बर ४ प्रशुरामपुरका वडासदस्य छोटेलाल चौरसियाले बताउनु भएको छ ।

त्यसै गरी ठोरी गाउपालिकाको सुवर्णपुरमा खानेपानी टयांकीको निमार्ण कार्य सम्पन भएको छ भने सरस्वती नगरमा निमार्ण कार्य अहिले हुदै छ । निमार्ण कार्य सक्रियता भए पनि संचालनमा ल्याउन जनप्रतिनिधी र सम्बन्धीत निकायले गर्न सक्दा करौडोको लगानी गरिएको बालुवामा पानी हाले जस्तै पर्सामा भएको छ ।

निमार्ण भएर पनि संचालनमा नआएको खानेपानी टयांकी बिन्दासनी, बहुअर्वाभाटठा, झौवागुठी, पोखरीया, प्रशुरामपुर, भिस्वा, सेढवा, लगायतका ठाउमा रहेको छ । केन्द्रीय निती र योजना असफल एक दशक अगाडी देखी हुदै आउदा पनि एक बर्ष अगाडी स्थानीय सरकार गठन भई संचालनमा हुदा पनि स्थानिय स्तरमा कुन योजना सफल हुन सक्छ भने जनप्रतिनीधीहरुले आट गर्न नसकेको स्थानियवासीहरुको गुनासो छ ।

विधार्थीद्वारा मानव सेवा आश्रममा खाजा नास्ता वितरण

वीरगंज, १७ माघ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरामठमा रहेको नृसिङ प्राविधिक माविका विधार्थीहरुले मानव सेवा आश्रममा खाजा नास्ता वितरण गरेका छन् ।

विद्यालयमा अध्ययनरत कक्षा ९ का प्राविधिकतर्फका विद्यार्थीहरुले आज मानव सेवा आश्रम बिरगंजमा पुगेर त्यहाँका आश्रितहरुलाई पुरी, तरकारी र जेरी तथा फलपूmल लगायतका खानेकुरा वितरण गरेका हुन् ।

कार्यक्रममा शम्भु साह, राजकुमार साह, राजेन्द्र कर्ण, बाबुनन्द पटेल, रजनी कर्ण लगायत विद्यालयका शिक्षक शिक्षिकाहरुको समेतको सहभागीता रहेको थियो ।

शाहिद दिवसको उपलक्ष्यमा निशुल्क आँखा शिविर सम्पन्न

वीरगंज : शाहिद दिवसको उपलक्ष्यमा बिरगंज, १४ बहुवरी पिपरामा बुधबार निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम आन्तर्गत स्टार युथ क्लब बहुवारी पिपरा र माट्रिका आई फाउन्डेसनको संयुक्त आयोजनामा आँखा परीक्षण शिविर सम्पन भएको हो ।

शिविरमा २१३ जनाको आँखा जाँच गरिएकोमा ४२ जनामा मोतियाविन्दु फेला परेको माट्रिका आई फाउन्डेशनका मेडिकल कोअर्डीनेटर महेश सिंह धामीले जानकारी गराए । मोतियाविन्दु फेला परेका विरामीहरुको फाउन्डेशनले निशुल्क शल्यक्रिया समेत गर्ने उनले वताए ।

शिविरमा आएका सामान्य आँखाका विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको पहलका दिलिप राजकार्कीले जानकारी गराए ।

क्लबका अध्यक्ष समसाद अलीको अध्यक्षतामा र वड़ा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लको प्रमुख आतिथ्य भएको कार्यक्रममा सामाजिक अभियन्ता समाज सेवी अबुलेश अंसारी लगायतको उपस्थिति रहेको थिय। कार्यक्रमका प्रमुख अतिथी प्र.नि. चक्रमल्लको आँखा चेक जांच गरी शिविर सुरु भएको थियो ।

उचित मुआब्जा र बसोबासको व्यवस्था गरेर मात्रै जग्गा अधिग्रहण गर्न माग

वीरगन्ज, १७ माघ ।
वीरगञ्ज श्रीसिया खाल्वाटोलका बासिन्दाले उचित मुआब्जा र बसोबासको व्यवस्था गरेर मात्रै जग्गा अधिग्रहण गर्न माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत मुख्यमन्त्री र प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् ।

सरकारले सुख्खा बन्दरगाह (आईसीडी) र एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बीचमा रहेको ६२ विघा जग्गा अधिग्रहण प्रक्रिया शुरु गरिसकेको छ । बस्तीको पूर्व र पश्चिमतर्फ रहेको खेतीयोग्य जग्गा र केही घर घडेरी तथा उत्तरतर्फ पदमरोडको दायाँबायाँको जग्गा र घर आईसीडी र आईसीपी परियोजनाका लागि अधिग्रहण गरिएको छ ।

ती जग्गाको मुआब्जा आफूहरुसँग सल्लाह नै नगरी निर्धारण गर्न लागिएको स्थानीयको गुनासो छ । दुईवटै राष्ट्रिय गौरवका आयोजनाहरुका कारण वरपरीको जग्गा महंगिएका कारण अहिलेको ठाउँ छाडेर नयाँ जग्गा खरिद गर्न नसक्ने भन्दै स्थानीयले आफूहरुको विचल्ली हुने बताएका छन् ।

उनीहरुले उचित मुआब्जासहित आफ्नै वडाभित्र पुनर्बासको व्यवस्था गर्न माग गरेका छन् । सिर्सिया सुख्खा बन्दरगाह र एकीकृत सुरक्षाजाँच चौकीको बीचमा २ सय ९७ जग्गाधनीका नाममा ६२ विघा जग्गा छ ।

सल्लाह गरेरै मुआब्जा तोक्छौं : प्रजिअ भट्टराई 
ज्ञापनपत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थानीय वासिन्दासँग सल्लाह गरेर मूल्य निर्धारण गर्ने बताए । ‘ऐन परिमार्जन गर्ने र नेपाल सरकारले विशेष निर्णय गर्नुपर्ने विषयमा त केही गर्न सकिन्न, जिल्लाबाट बैज्ञानिक तरिकाले निर्धारण गर्ने र सबैको कुरा सुन्न तयार छौं’ प्रजिअ भट्टराईले भने ।

जिल्ला मुआब्जा निर्धारण समितिले गत कात्तिक १८ गते सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको संयोजकत्वमा सुझाव उपसमिति गठन गरेको थियो । सुझाव उपसमितिले मालपोत, नेपाल राष्ट्र बैंक र वीरगञ्ज महानगरपालिकामा चलनचल्तीको मुल्यको आधारामा जग्गालाई ५ किसिममा वर्गीकरण गरर औसत मुल्य निर्धारण गरेको जिल्ला प्रशासन स्रोतले जनाएको छ । तर उक्त मूल्य सार्वजनिक गरिएको छैन ।

करिब ५ सयको संख्यामा रहेको स्थानियहरु जिल्ला प्रशासन कार्यालय ज्ञापन पत्र बुझाउन पुगेका थिए । ज्ञापन पत्र बुझाउन पुगेको समुहमा नेपाली काङ्ग्रेस, पर्साका सभापति अजय द्विवेदी, नेता राजेन्द्र बहादुर आमात्य लगायतकाको पनि सहभागिता रहेको थियो ।

काङ्ग्रेसको विरोध र महानगरपालिकाको स्वीकृति विना सहिद पार्कको शिलान्यास

वीरगंज, १६ माघ ।
वीरगंजमा प्रदेश सरकारबाट गर्न लागिएको सहिद पार्क शिलान्यासको विरोध भए पनि शिलान्यास कार्यक्रम समपन्न भएको छ । प्रदेश नं. २ सरकारबाट वीरगंजको घण्टाघर स्थित रहेको १० विघा जग्गामा सहिद पार्कको शिलान्यास भएको हो । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा पार्कको बुधबार शिलान्यास गरेका छन ।

पार्कको शिलान्यास गर्दै मुख्यमन्त्री गद्दीले शहिदहरुको सपना सकार गर्न पार्कको निर्माण गर्न लागिएको वताए । शहीदको कुनै जात, धर्म, समुदाय नभएकोले सबैलाई पार्क निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले भने शहिदको सम्मानको लागि पार्क निर्माण गर्न लागिएको छं, सहिदको कुनै जात, धर्म हुदैन त्यही भएर सबैले सहयोग गरिदिनुस ।

उनले थपे मधेश आन्दोल कै उपलब्धी संघियता, समावेशिता आएकाले मधेश आन्दोलनको केन्द्र भएको ठाउँमा प्रदेश सरकारले पार्क निर्माण गर्न लागरेको छ । प्रतिनिधि सभा सदस्य प्रदिप यादवले वीरगंजमा मात्र राजा, रजवटाहरुको शालिक रहेकोले सहिद पार्क निर्माण गर्न लागिएको वताए । पार्क शिलान्यासको विरोध गरेको नेपाली कांग्रेस प्रति लक्ष्ति गर्दै उनले हाती चल्ले बजार कुकुर भोके हजार भन्दै प्रदेश सरकारलाई काम अगाडी बढाउनु पर्नेमा जोड दिए ।

उनले भने आफुहरु आन्दोलन गर्नको लागि नै जन्मेको र लास भएर गुजरेका छौं आउनुस पूर्ण तयारीका साथ आउनुस हामी तयार छौं । भौतिक पूर्वधार विकास मन्त्री प्रदेश नं. २ अन्तर्गत रहेका शहरी विकास तथा भवन कार्यालय, वीरगंज पर्साले शिलान्यास कार्यक्रमको आयोजना गरेको थियो ।

विपी उद्यानको नाउमा रहेको जग्गामा प्रदेश सरकारले सहिद पार्क निर्माणको लागि ७५ लाख रकम छुट्याएको छ भने पहिलो चरणमा पार्कको वाउन्डरी वाल निर्माण गरिने शहरी विकास तथा भवन कार्यालय, पर्साका प्रमुख सरोज गोइतले वताए । शिलान्यास कार्याक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी सहभागि थिएन ।

उनि निकट एक व्यक्तिका अनुसार प्रदेश सरकारले स्थानिय सरकारलाई वाईपास गर्दै मनपरी गरेका कारण कार्यक्रममा मेयर सरावगी सहभागि भएका थिएन । महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा प्रदेश सरकारले पार्कको शिलान्यास गर्नु र सो कार्यक्रममा नगर प्रमुख सहभागि नहुनु राम्रो नभएको कार्यक्रम स्थल मै चर्चा चलेको थियो ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख सरावगी सहित, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक लगायत विभिन्न कार्यालयका प्रमुख र सुरक्षा प्रमुखहरुको पनि सहभागिता थिएन भने उपस्थिती पनि न्यून थियो । यता मंगलबार नेपाली कांग्रेसले पत्रकार सम्मेलन नै गरी पार्कको शिलान्यास कार्यक्रम स्थगित गर्न मांग गरेको थियो ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद रमेश प्रहलाद गिरि, राजपाका महा सचिव शिव पटेल लगायतकाले मन्तब्य राखेका थिए भने शिलान्यास कार्यक्रममा सहिदहरूकाे फोटोमा माल्यार्पण समेत गरिएको थियो ।

सहिद दिवसकाे सार्वजनिक विदा नभए पनि विधालयहरु वन्द

पर्सा, १६ माघ ।
शहिद दिवसको सार्वजनिक विदा नभए पनि पर्साका धेरै जसो विद्यालयहरु बुधबार वन्द भएका छन । पर्साको पोखरिया नगरपालिका र पटेर्वा सुगौली गाउँपालिकाको सम्पूर्ण विद्यालयहरु बन्द थियो भने अरु गाउँपालिका र नगरपालिका केही बिद्यालयहरु संचालन र केही वन्द रह्यो ।

संघ र प्रदेश सरकारले सार्वजनिक विदा शहिद दिवसको नदिए पनि विद्यालयका प्रअहरु मनपरी गरी विद्यालय वन्द गरेका छन । पोखरीया नगरपालिकाको श्री जिल्ला उच्यांगल, रामदेव कलवार माध्यमिक बिधालय पोखरीया सहित सम्पुर्ण बिधालयहरु बन्द रहेका थिए भने सुगौली पटेवर्वा गाउपालिकाको श्री लक्ष्मण साह, चन्द्रज्योती माध्यमिक बिधालय रंगपुर, श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय गादी ६ रंगपुर बिश्रामटोल लगायतका बिधालयहरु बन्द रहेका थिए ।

यता बहुदरमाई नगरपालिका वडानम्बर ८ रामनगरीका देवनन्दन देवराज माध्यमिक बिधालय रामनगरी, सखुवाप्रसौनी गाउपालिकाका रामसुरत महतो आधारभुत बिधालय श्रीपुर पांचगावा, श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय जगदिशपुर जमुनिया लगायतका बिधालयहरु बन्द रहेको थियो । आज पर्साको अधिकांश बिधालयहरुमा जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालय पर्साबाट सोही कार्यालयका निमित कार्यालय प्रमुखको नेतृत्वमा निस्केको अनुगमन टोलीले अनुगमन गर्न जादा धेरै बिधालयहरु संचालनमा रहेको पाएको छ भने अधिकांश बिधालयहरु बन्द रहेको प्रमुख हरि राउत कुर्मीले बताउनु भएको छ ।

प्रमुख कुर्मीका अनुसार हामा्रे प्रदेश सरकारले पनि बिदाको बारेमा नबोलेको र यो बिदालाई मिलान पनि गरिएकोले बिधालय बन्द नगर्नु पर्ने थियो । जसजसले बिधालय बन्द गरेका छन । सो गाउपालिकाका प्रमुख र बिधालयका प्रध्यानाध्यापकलाई कार्यालयबाट पत्र काटी जानकारी लिने र सो कुरामा छानबिन गरी अगाडी बढने बताउनु भयो ।

सुन्दर शान्त नेपाल कार्यक्रम अन्तर्गत संघियता सम्बन्धि अभिमुखिकरण

वीरगंज, १६ माघ ।
संघियता सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । जनजागरण युवा क्लब, बाराद्वारा संचालित सुन्दर शान्त नेपाल कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नागरिक संवाद मंच, पर्साका संयोजक ओमप्रकाश सरार्फले विकासको मुद्दामा सबै एक भएर संघियता महसुस हुने वताए । संघीयतामा सुशासन, पारदर्शिता र जवाफदेहिता हुनु पर्नेमा त्यसो नभएको वताए । त्यसको लागि हामिले निरन्तर खबरदारी गर्नु पर्ने बताउदै युवा नेता समेत रहेका सरार्फले तल्लो स्तरबाट नै खबरदारी जरुरी रहेको धारणा राखे ।

बाल कल्याण समिती पर्साको सभा हलमा भएको कार्यक्रमको सहजीकरण सहारा युवा क्लब, बाराकी निमा चौधरी र दलित महिला अधिकार संघ, बाराकी निला रामले गरेकी थिइन ।

कार्यक्रममा सुन्दर शान्त नेपाल कार्यक्रमकि जिल्ला संयोजक सोभा धमला, नेपालि काङ्ग्रेस महाधिबेशन समिती सदस्य किरण सरकार, राजपाकी केन्द्रिय सदस्य राम्भा मिश्रा, नेत्री उषा श्रिवास्तव, अखिल क्रान्तिकारीका केन्द्री सदस्य इशक कुमार लगायत विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।